नेपाल । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछाडेको दावी गरेका छन्।
आइतवार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । उनले कतिपयले कांग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै कांग्रेसले समाजवाद नबिर्सिएको बताए।
उनले कसैले बोलेको भए त्यसलाई मतलब नगर्न आग्रह गरे । उनले कहिलेकाहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए ।
सांसद कोइरालाले सामाजिक सुरक्षालाई नेपाली कांग्रेसले बढाइराखेको पनि बताए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्