२० फाल्गुन २०८२, बुधबार

कांग्रेसले देशको अर्थतन्त्रलाई बलियो बनाउन चाहेको छः गगन

कोलोराडोखबर संवाददाता , February 28th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश र नागरिकको समृद्धि भएमात्र विकास निर्माणले द्रूत गति लिने दाबी गरेका छन् ।

नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले पूँजीवादी अर्थव्यवस्थाबाट नै मुलुक समृद्ध हुने स्पष्ट पारे । नेपाली कांग्रेसले देशको अर्थतन्त्रलाई बलियो बनाउन चाहेको भन्दै महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर अघि बढ्न सक्यो भने मात्र देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्ने बताए ।

अर्थतन्त्र बलियो नभएसम्म सरकारले कुनै पनि विकास निर्माणका कार्यलाई गति दिन नसक्ने भनाइ उनको छ ।

प्रतिक्रिया दिनुहोस्