२६ भाद्र २०८२, बिहीबार

कविताः गणतान्त्रिक संसद

कोलोराडोखबर संवाददाता , February 1st, 2025

–सर्वज्ञ वाग्ले–

एउटा सम्भ्रान्त समूह
पजेरोमा हुईंकिन्छ

अर्को शौखिन समूह
अनेकौं सुविधा भोग्छ

तेस्रो बहुलट्ठी समूह
तिनीहरूलाई खेलाउँछ

तलबाट जनता सोध्छन्–
‘यो तेस्रो शक्तिको क्याप्टेन को हो ?’

अवाक छ गणतान्त्रिक संसद !

–अमेरिका ।

प्रतिक्रिया दिनुहोस्