१६ कार्तिक २०८२, आईतवार

खेलकुद

कोलकाता नाइट राइडर्सद्वारा रोयल च्यालेन्जर्स ७ विकेटले पराजीत

कोलकाता नाइट राइडर्सद्वारा रोयल च्यालेन्जर्स ७ विकेटले पराजीत

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हराएको छ । एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा बैंग्लोर घरेलु मैदानमै कोलकातासँग पराजित भएको हो । बैंग्लोरले प्रस्तुत गरेको १८३ रनको लक्ष्य कोलकाताले ३ विकेटको क्षतिमा १९ बल अगावै भेट्टाएको थियो ।...
टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित

टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित

नेपाल । टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा आयरल्यान्ड ‘ए’ ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २०१ रनमा समेटिएको हो । नेपालका लागि लोकेश बमले आक्रामक शतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन । उनले ५६ बलमा १०६ रन बनाएर आउट भए । लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए । कप्तान विनोद भण्डारीले १७ जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको थियो । यो जितसँगै आयरल्यान्ड ‘ए’ ले तीन खेलको टी-२० सिरिजमा १–० ले अग्रता लिएको छ ।...
आईपीएलमा सनराइज हैदरावादद्वारा मुम्बई इन्डियन्स ३१ रनले पराजित

आईपीएलमा सनराइज हैदरावादद्वारा मुम्बई इन्डियन्स ३१ रनले पराजित

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को बुधबार राति सम्म खेलमा सनराइज हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको छ । जितको लागि २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रनमात्रै बनाउन सक्यो । त्यसअघि राजीव गान्धी इन्टरनेसनल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । ...
आईपीएलमा चेन्नई सुपर किंग्सद्वारा गुजरात टाइटन्स ६३ रनले पराजित

आईपीएलमा चेन्नई सुपर किंग्सद्वारा गुजरात टाइटन्स ६३ रनले पराजित

नेपाल । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको चेन्नइले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको थियो । जितपछि चेन्नई अंक तालिकामा शीर्ष स्थानमा छ । चेन्नईले २ खेलमा जित निकाल्दै ४ अंक बटुलेको छ । प्रतियोगिता अन्तरगत बुधबार राति सनराइजर्स हैदरबाल र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।...
फिफा विश्वकप छनोट खेलमा नेपाल फेरि बहराइनसँग ३-० ले पराजित

फिफा विश्वकप छनोट खेलमा नेपाल फेरि बहराइनसँग ३-० ले पराजित

नेपाल । मंगलबार राति रिफास्थित बहराइन नेशनल स्टेडियमा सम्पन्न फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमै नेपाल ३ गोले पछि परेको थियो । यसअघि गत बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहीन रहँदा छनोट हुने सम्भावना सकिएको छ । ...
नेपालले आयरल्यान्ड ‘ए’सँगको दोस्रो टी-२० खेलमा ७१ रनले विजयी

नेपालले आयरल्यान्ड ‘ए’सँगको दोस्रो टी-२० खेलमा ७१ रनले विजयी

नेपाल । नेपालले आयरल्यान्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी–२० खेलमा ७१ रनले विजयी भएको छ । नेपालले पहिलो खेल ६ विकेटले जितेको थियो । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले आइरिस टोलीमाथि शानदार जीत हात पार्‍यो । आयरल्यान्ड ‘ए’ले निर्धारित १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्रै जो्ड्न सक्यो । नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोडेको थियो ।...
सोमबार भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेट हरायो

सोमबार भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेट हरायो

नेपाल । सोमबार भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएको छ । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीममाथि नेपालले ६ विकेटको सहज जित निकालेको हो । आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा जोडेको थियो । टी–२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड ‘ए’ टीमसँगको दोस्रो खेल मंगलबार खेल्नेछ ।...
आईपीएलमा आइतबारको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स विजयी

आईपीएलमा आइतबारको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स विजयी

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आइतबार सम्पन्न खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स विजयी भएका छन् । यसैक्रममा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई २० रनले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १९४ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनमात्रै बनाउन सकेको थियो । त्यस्तै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनमात्रे बनाउन सक्यो । ...
आईपीएलको शनिबार सम्पन्न खेलमा पञ्जाव किंग्स र कोलकाता नाइटराइडर्स विजयी

आईपीएलको शनिबार सम्पन्न खेलमा पञ्जाव किंग्स र कोलकाता नाइटराइडर्स विजयी

नेपाल । इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार सम्पन्न दुई खेलमा पञ्जाव किंग्स र कोलकाता नाइटराइडर्स विजयी भएका छन् । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १७५ रनको लक्ष्य पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै भेटायो । खेलमा पञ्जाव किंग्स ४ विकेटले विजयी भएको हो । त्यस्तै कोलकाता नाइटराइडर्सले शनिबार आईपीएल २०२४ मा सनराइजर्स हैदराबादमाथि रोमाञ्चक चार रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको क्षतिमा २०८ रन बनाएका थियो । जवाफमा हैदराबादले सात विकेट गुमाउँदै २०४ रन मात्रै बनाउन सक्यो ।...
एनआरएनए युएईको आयोजनामा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने

एनआरएनए युएईको आयोजनामा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने

युएई । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ एनआरएनए एनसीसी युएईको आयोजनामा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने भएको छ । युएईमा पहिलो पटक सर्वाधिक राशी सहितको तेस्रो एनआरएनए भलिबल कप प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यही अप्रिल १४ तारिखका दिन युएईको दुवई सहर स्थित अल वासल स्पोर्ट्स क्लब, जद्दाफमा हुने भएको छ । खेलकुदका माध्यमबाट आपसी भाईचारा, सामाजिक सदभाव, नेपालीपन तथा मेलमिलापको भावना विकास होस् भन्ने उद्देश्यका साथ नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईले हरेक वर्ष झैं यसवर्ष पनि बार्षिक कार्यतालिका अनुसार भलिबल प्रतियोगिता आयोजना गर्न लागेको नेपाल एसोसिएसन(एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाहीले जानकारी दिनुभयो । अध्यक्ष शाहीले युएईमा स्थापित सम्पुर्ण संघसंस्थाहरू तथा युएईमा रहेका नेपाली भलिबल क्लबहरुलाई आफ्नो टिम दर्ता गर्न अपिल पनि गर्नुभयो । उहाँले यो प्रतियो...