भारत र अष्ट्रेलिया विश्वकपको सुपर ८ मा, अमेरिकाको सम्भावना कति ?
अमेरिका । आईसीसी टी–२० विश्वकप २०२४ मा घरेलु टोली अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर–८ मा प्रवेश गरेको छ । लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो ।
बुधबार रातिको खेलमा १११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो ।
समूह ए मा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिकाले १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ । उक्त खेलमा अमेरिका विजयी भएमा वा वर्षाको कारण रद्द भएमा पनि सुपर–८ मा पुग्नेछ ।
यता, आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत अष्ट्रेलियाले नामिबियामाथि ९ विकेटको जित निकालेको छ । ७३ रनको लक्ष्य अष्ट्रेलियाले ५ दशमलव ४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
यस...




