३० भाद्र २०८२, सोमबार

खेलकुद

आईपीएलमा लखनऊद्वारा पञ्जाब किंग २१ रनले पराजित

आईपीएलमा लखनऊद्वारा पञ्जाब किंग २१ रनले पराजित

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपीएल) को शनिबार राति सम्पन्न खेलमा लखनऊ सुपर जाएन्ट्सले पञ्जाब किंगलाई २१ रनले पराजित गरेको छ। २०० रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनाएको थियो । लखनऊको यो दोस्रो खेलमा पहिलो जित हो । पञ्जाब भने ३ खेलमा १ जित निकाल्न सफल रहेको छ । आइपीएलमा आज दुई खेल हुँदै छन् । पौने ४ बजे बजे हुने खेलमा गुजरात टाईटन्स र सनराईजर्स हैदराबाद भिड्ने छन् भने साँझ पौने आठमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स आमने सामने हुनेछन् ।...
टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग ४० रनले पराजित

टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग ४० रनले पराजित

नेपाल । टी–२० शृंखलाअन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग ४० रनले पराजित भएको छ । आयरल्यान्ड ‘ए’ ले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ ओभर ५ बलमा १८४ रनमा समेटियो । यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । पहिलो टी–२० खेलमा नेपाल आयरल्यान्डसँग २१ रनमा पराजित भएको थियो । यो जितसँगै तीन खेलको टी–२० सिरिज आयरल्यान्ड ‘ए’ ले आफ्नो पक्षमा पारेको छ ।...
कोलकाता नाइट राइडर्सद्वारा रोयल च्यालेन्जर्स ७ विकेटले पराजीत

कोलकाता नाइट राइडर्सद्वारा रोयल च्यालेन्जर्स ७ विकेटले पराजीत

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हराएको छ । एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा बैंग्लोर घरेलु मैदानमै कोलकातासँग पराजित भएको हो । बैंग्लोरले प्रस्तुत गरेको १८३ रनको लक्ष्य कोलकाताले ३ विकेटको क्षतिमा १९ बल अगावै भेट्टाएको थियो ।...
टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित

टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित

नेपाल । टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा आयरल्यान्ड ‘ए’ ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २०१ रनमा समेटिएको हो । नेपालका लागि लोकेश बमले आक्रामक शतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन । उनले ५६ बलमा १०६ रन बनाएर आउट भए । लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए । कप्तान विनोद भण्डारीले १७ जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको थियो । यो जितसँगै आयरल्यान्ड ‘ए’ ले तीन खेलको टी-२० सिरिजमा १–० ले अग्रता लिएको छ ।...
आईपीएलमा सनराइज हैदरावादद्वारा मुम्बई इन्डियन्स ३१ रनले पराजित

आईपीएलमा सनराइज हैदरावादद्वारा मुम्बई इन्डियन्स ३१ रनले पराजित

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को बुधबार राति सम्म खेलमा सनराइज हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको छ । जितको लागि २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रनमात्रै बनाउन सक्यो । त्यसअघि राजीव गान्धी इन्टरनेसनल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । ...
आईपीएलमा चेन्नई सुपर किंग्सद्वारा गुजरात टाइटन्स ६३ रनले पराजित

आईपीएलमा चेन्नई सुपर किंग्सद्वारा गुजरात टाइटन्स ६३ रनले पराजित

नेपाल । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको चेन्नइले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको थियो । जितपछि चेन्नई अंक तालिकामा शीर्ष स्थानमा छ । चेन्नईले २ खेलमा जित निकाल्दै ४ अंक बटुलेको छ । प्रतियोगिता अन्तरगत बुधबार राति सनराइजर्स हैदरबाल र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।...
फिफा विश्वकप छनोट खेलमा नेपाल फेरि बहराइनसँग ३-० ले पराजित

फिफा विश्वकप छनोट खेलमा नेपाल फेरि बहराइनसँग ३-० ले पराजित

नेपाल । मंगलबार राति रिफास्थित बहराइन नेशनल स्टेडियमा सम्पन्न फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमै नेपाल ३ गोले पछि परेको थियो । यसअघि गत बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहीन रहँदा छनोट हुने सम्भावना सकिएको छ । ...
नेपालले आयरल्यान्ड ‘ए’सँगको दोस्रो टी-२० खेलमा ७१ रनले विजयी

नेपालले आयरल्यान्ड ‘ए’सँगको दोस्रो टी-२० खेलमा ७१ रनले विजयी

नेपाल । नेपालले आयरल्यान्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी–२० खेलमा ७१ रनले विजयी भएको छ । नेपालले पहिलो खेल ६ विकेटले जितेको थियो । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले आइरिस टोलीमाथि शानदार जीत हात पार्‍यो । आयरल्यान्ड ‘ए’ले निर्धारित १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्रै जो्ड्न सक्यो । नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोडेको थियो ।...
सोमबार भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेट हरायो

सोमबार भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेट हरायो

नेपाल । सोमबार भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएको छ । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीममाथि नेपालले ६ विकेटको सहज जित निकालेको हो । आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा जोडेको थियो । टी–२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड ‘ए’ टीमसँगको दोस्रो खेल मंगलबार खेल्नेछ ।...
आईपीएलमा आइतबारको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स विजयी

आईपीएलमा आइतबारको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स विजयी

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आइतबार सम्पन्न खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स विजयी भएका छन् । यसैक्रममा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई २० रनले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १९४ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनमात्रै बनाउन सकेको थियो । त्यस्तै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनमात्रे बनाउन सक्यो । ...