४ चैत्र २०८२, बुधबार

खेलकुद

कोपा अमेरिका कपमा उरुग्वेद्वारा बोलिभियालाई ५-० ले पराजीत

कोपा अमेरिका कपमा उरुग्वेद्वारा बोलिभियालाई ५-० ले पराजीत

अमेरिका । कोपा अमेरिका फुटबलमा उरुग्वेले बोलिभियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा शुक्रबार विहान भएको खेलमा उरुग्वेले बोलिभियालाई ५–० गोल अन्तरले हराएको हो । उरुग्वेको जितमा फाकुन्डो पेलेस्ट्री, डार्विन नुनेज, म्याक्सिमिलनो आराउजो, फर्डिको भेल्भर्डे र रोड्रिगो बेन्टाकौरले गोल गरे । बोलिभियालाई अधिकांश समय दबाबमा राखेको उरुग्वेले खेलको ८औँ मिनेटमा अग्रता लिएको थियो । त्यसपछि २१औँ, ७७औँ, ८१ र ८९ मिनेटमा गोल गर्‍यो । ग्रुप सीमा रहेको उरुग्वे जितपछि ६ अंकका साथ तालिकाको शीर्षमा कायमै छ र क्वार्टरफाइनलमा प्रवेश गरेको छ। ...
शनिबार भारत र दक्षिण अफ्रिकाबीच टी-२० विश्वकपको उपाधिका लागि भिडन्त हुँदै

शनिबार भारत र दक्षिण अफ्रिकाबीच टी-२० विश्वकपको उपाधिका लागि भिडन्त हुँदै

अमेरिका । शनिबार राति भारत र दक्षिण अफ्रिकाबीच आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भिडन्त हुँदैछ । वेष्ट इण्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ८ बजे फाइनल खेल हुनेछ । दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो । सन् २००७ मा टी–२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि इतिहास रच्ने सुनौलो मौका पनि छ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको सेमिफाइनल खेलेको अफगानिस्तानलाई हराउँदै फाइनले यात्रा तय गरेको हो । सन् २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डसंग भोगेको हारको बदला लिँदै भारत फाईनलमा पुगेको हो ।...
कोपा अमेरिका कपमा अमेरिका पानमासँग पराजित

कोपा अमेरिका कपमा अमेरिका पानमासँग पराजित

अमेरिका । कोपा अमेरिका कपमा आयोजक अमेरिका पानमासँग पराजित भएको छ । शुक्रबार बिहान भएको तनावपूर्ण खेलमा अमेरिका पनमासँग २–१ ले पराजित भएको हो । खेलको १७औँ मिनेटमा पनामाका खेलाडीलाई मैदानै हातले हानेका अमेरिकाका टीम वेह रेडकार्ड खाँदै बाहिरिए पछि अमेरिका १० खेलाडीमा सीमित बन्यो । त्यसको ५ मिनेटमा अमेरिकाले गोल गर्दै अग्रता बनायो । तर ३ मिनेटमै पनामाले बराबरी गोल फर्कायो । खेलको ८२ औँ मिनेटमा पनामाका जोसे फाजार्डोले गोल गर्दै पनामालाई जित दिलाए । ८८औँ मिनेटमा पनामाका अलबर्ट्रो रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा पनामा पनि १० खेलाडीमा सिमित बन्यो । तनाव पूर्ण खेलमा पाँच पहेलो र २ रेड कार्ड दिइएको थियो । हारपछि अमेरिकाको २ खेलमा ३ अंक भएको छ । क्वार्टरफाइनलमा प्रवेशका लागि अमेरिकाले उरुग्वेलाई पराजित गर्नु पर्ने हुन्छ ।...
टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका शनिबार भिड्ने

टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका शनिबार भिड्ने

अमेरिका । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् । बिहीबार राति भएको सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले हरायो । १७२ रनको लक्ष्य पाएको इङ्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अलआउट भएको थियो । भारतका अक्सर पटेल र कुलदीप यादवले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए । इङ्ल्यान्डका लागि ह्यारि ब्रुकले २५, जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए । फिल साल्टले ५, मोइन अलीले ८ र साम करनले २ रन बनाए भने जोनी बेयरस्टले खाता खोल्न सकेनन् । लायम लिभिङ्स्टनले पनि १ रन मात्र जोड्न सके । पहिलो सेमिफाइनलमा बिहीबार बिहान अफगानिस्तानलाई ९ विकेटले हराएर दक्षिण अफ्रिकाले फाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो भने भारत सन् २००७ मा आयोजित पहिलो संस्करणको विजेता हो । भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवे...
दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश

दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश

अमेरिका । दक्षिण अफ्रिका आईसीसी टी-ट्वेन्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो । ५७ रनको सामान्य लक्ष्य पाएको दक्षिण अफ्रिकाले आठौं ओभरमा लक्ष्य पूरा गर्यो । त्यसअघि वेस्ट इन्डिजको ट्रिनिडाडमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलब ५ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनाएको थियो । दोस्रो सेमिफाइनलमा बिहीबारनै भारत र इङ्ल्याण्डबीच हुँदैछ । उपाधिका लागि शनिबार भिडन्त हुनेछ ।...
कोपा अमेरिका कपमा इक्वेडरद्वारा जमैका पराजीत, भेनेजुएला अन्तिम आठमा

कोपा अमेरिका कपमा इक्वेडरद्वारा जमैका पराजीत, भेनेजुएला अन्तिम आठमा

अमेरिका । अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा इक्वेडरले पहिलो जित हात पारेको छ । समूह बी अन्तर्गत लस भेगासको एलेनायन्ट स्टेडियममा बिहीबार बिहान भएको खेलमा इक्वेडरले जमैकालाई ३–१ ले पराजित गरेको हो । पहिलो खेलमा इक्वेडर भेनुजुएलासँग पराजित भएको थियो । पहिलो जितपछि इक्वेडरले दुई खेलबाट ३ अंक जोडेको छ । इक्वेडरलाई जित दिलाउन रे पाएज र एलान मिन्डाले एक–एक गोल गरे । जमैकाका कासे पाल्मरले एक आत्मघाती गोल उपहार दिएका थिए । मिचेल एन्टोनिओले जमैकाका लागि सान्त्वना गोल गरे । जमैकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा जमैका मेक्सिकोसँग पराजित भएको थियो । यता, भेनेजुएला कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सोफि स्टेडियममा बिहीबार बिहान भएको खेलमा मेक्सिकोलाई १–० ले हराउँदै भेनेजुएला अन्तिम आठमा प्रवेश गरेको हो । भेनेजुएलाको जितमा साल्मोन रोन्डोनले ५७औँ मिनेटमा पेन...
यूरो कपबाट ८ टोली बाहिरिए, अर्को चरणमा कुन कुन पुगे ? 

यूरो कपबाट ८ टोली बाहिरिए, अर्को चरणमा कुन कुन पुगे ? 

अमेरिका ।  यूरोकप २०२४ अन्तरगतको नकआउट समीकरण पूरा भएको छ । बुधबार राति समूह चरणका सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो । यसैबीच पहिलो पटक युरो खेलिरहेको जर्जियाले सानदार प्रदर्शन गर्दै पोर्चुगललाई २-० ले पराजित गरेको छ । यता, बुधबार रातिनै भएको समूह ई को दुवै खेल बराबरीमा सकिएको छ । स्टुटगार्डमा बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा फ्रांकफर्टमा रोमानिया र स्लोभाकियाले पनि १–१ को बराबरी खेले । समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगललाई स्तब्ध पारेपछि जर्जियाले युरो २०२४ मा पहिलो जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । सहभागी २४ टोलीमध्ये ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेक रिपब्ल्कि समूह चरणबाटै बाहिरिए । अन्तिम १६ मा स्पेन...
कोपा अमेरिका कपमा क्यानडा र अर्जेन्टिना बिजयी

कोपा अमेरिका कपमा क्यानडा र अर्जेन्टिना बिजयी

अमेरिका । कोपा अमेरिका फुटबलमा क्यानडाले पेरुलाई १-० ले पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा क्यानडाले पेरुलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा रह्यो । खेलको ५९औँ मिनेटमा पेरुका मेरुयल अग्युरोले रेडकार्ड पाएपछि १० पेरु खेलाडीमा झरेको थियो । त्यसको फाइदा उठाउँदै क्यानडाले खेलको ७४औँ मिनेटमा जोनाथन डेभिडले गरेको गोल निर्णायक बन्यो । यसैबीच साविक विजेता अर्जेन्टिना कोपा अमेरका २०२४ को नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । लाउटारो मार्टिनेजको निर्णायक गोलमा बुधबार भएको खेलमा चिलीलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । समूह ए मा लगातार दुई खेल जित्दै ६ अंक जोडेको अर्जेन्टिनाले एक खेल अगावै नकबउट चरणमा स्थान पक्का गर्‍यो । न्यु जर्सीस्थित मेट लाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लाउटारोले ८८औं मिनेटमा गोल गरेका थिए । यसअघि अर्जेन...
इंग्ल्यान्ड, डेनमर्क, स्लोभेनिया, अष्ट्रिया यूरो कपको अन्तिम १६ मा

इंग्ल्यान्ड, डेनमर्क, स्लोभेनिया, अष्ट्रिया यूरो कपको अन्तिम १६ मा

अमेरिका । युरो कप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएको छ । जर्मनीको कोल्नमा इंग्ल्यान्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन । यससँगै इंग्ल्यान्ड ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ पुगेको छ । डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान ३–३ अंक भएपनि कम पहेंलो कार्डका आधारमा डेनमार्क समूह उपविजेता बन्यो । स्लोभेनिया पनि अन्तिम १६ मा पुग्दा २ अंक जोडेको सर्बिया भने बाहिरिएको छ । यता, युरो कप २०२४ को समूह चरणको अन्तिम खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । पोल्याण्ड विरुद्ध १–१ को बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ । गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो । उसमान डेम्बेले माथि ...
आईसीसी विश्वकपको सेमिफाइनलमा भारत र इङ्ल्याण्ड तथा अफ्रिकासँग अफगानिस्तान भिड्ने

आईसीसी विश्वकपको सेमिफाइनलमा भारत र इङ्ल्याण्ड तथा अफ्रिकासँग अफगानिस्तान भिड्ने

अमेरिका । आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । पानी परेर रोकिँदै सुरु हुँदै रहेको खेल एक ओभर कम गरिएको थियो । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा अफगानिस्तान ८ रनले विजयी भएको हो। अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्यमएको बंगलादेशले ओभरमा अल आउट हुदै १०५ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। भारतले इङ्ल्याण्ड प्रतिद्वन्द्वी पाउँदा दक्षिण अफ्रिकासँग अफगानिस्तान भिड्ने छ । ...