४ चैत्र २०८२, बुधबार

खेलकुद

कोपा अमेरिका कपमा बुधबार अर्जेन्टिना र क्यानडाबीच फाइनल प्रवेशका लागि भिडन्त हुँदै

कोपा अमेरिका कपमा बुधबार अर्जेन्टिना र क्यानडाबीच फाइनल प्रवेशका लागि भिडन्त हुँदै

अमेरिका । कोपा अमेरिका कपमा बुधबार बिहान अर्जेन्टिना र क्यानडाबीच पहिलो सेमिफाइनल खेल हुँदैछ । उक्त खेल बुधबार बिहान पौने ६ बजे मेटलाइफ स्टेडियममा हुनेछ । पहिलो पटक कोपा अमेरिका खेलेको क्यानडा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । कतार विश्वकपको च्याम्पियन अर्जेन्टिनाले पनि इक्वेडरलाई पेनाल्टीमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । समूह चरण अन्तरगत उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको थियो । यी दुई टोलीको विजेताले उपाधिका लागि उरुग्वे र कोलम्बियाको विजेतासँग सोमबार बिहान खेल्नेछ । उरुग्वे र कोलम्बियाबीचको दोस्रो सेमिफाइनल खेल भने बिहीबार बिहान हुनेछ ।...
यूरो कपको फाइनलमा प्रवेशका लागि स्पेन र फ्रान्सबीच खेल हुँदै

यूरो कपको फाइनलमा प्रवेशका लागि स्पेन र फ्रान्सबीच खेल हुँदै

अमेरिका । यूरो कप २०२४ अन्तरगतको पहिलो सेमिफाइनलमा मंगलबार राति स्पेन र फ्रान्सले भिड्दै छन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे जर्मनीमा सुरु हुनेछ । फ्रान्स र स्पेनबीच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ । जसमध्ये स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् । यद्यपि पछिल्ला आठ खेलमा फ्रान्सले पाँचमा जित हात पारेको छ । स्पेन र फ्रान्सबीचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने छन् ।...
अर्जेन्टिना र क्यानडा तथा उरुग्वे र कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

अर्जेन्टिना र क्यानडा तथा उरुग्वे र कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

नेपाल । कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न जारी कोपा अमेरिकाको क्वाटरफाइनल खेलमा पनमालाई ५-० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक-एक गोल गरेका थिए । यता, ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । यस खेलको ७४औं मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा समेटिएको थियो । यो जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएक...
वुमन्स एसिया कप खेल्न नेपाली टिम श्रीलंका प्रस्थान

वुमन्स एसिया कप खेल्न नेपाली टिम श्रीलंका प्रस्थान

नेपाल । एसीसी वुमन्स एसिया कप खेल्न नेपाली राष्ट्रिय महिला टिम आइतबार श्रीलंका प्रस्थान गरेको छ । नेपाली टिमको कप्टानमा इन्दु बर्मा छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार राष्ट्रिय महिला क्रिकेट टिमलाई बिदाइ गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरेका हुन् । महिला एसिया कप १९ जुलाइबाट सुरु हुनेछ ।नेपालले समूह चरणमा युएई, पाकिस्तान र भारतसँग खेल्नेछ ।...
क्यानद्वारा नेपाल प्रिमियर लिग आयोजना गर्ने निर्णय

क्यानद्वारा नेपाल प्रिमियर लिग आयोजना गर्ने निर्णय

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग आयोजना गर्ने भएको छ । क्यानको केन्द्रीय कार्यसमिति बैठकले आगामी नोभेम्बर–डिसेम्बरमा नेपाल प्रिमियर लिग आयोजना गर्ने निर्णय गरेको हो । बैठकले टीयु क्रिकेट मैदानको पिचको पुनः निर्माण गरी स्तरोन्नति गर्ने, हाल सञ्चालनमा रहेको जिम हललाई विस्तार गरी जिम हलमा प्रयोग हुने आवश्यक उपकरण थप गर्ने तथा उक्त खेल मैदानलाई विस्तार एवं व्यवस्थित गर्न ढलको व्यवस्थापन गर्ने निर्णय गरेको क्यानका सचिव पारख खड्काले जानकारी दिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट बजेट प्राप्त भएपछि सातै प्रदेशमा इन्डोर ट्रेनिङ सेन्टर निर्माण गर्ने निर्णयसमेत भएको खड्काले जानकारी दिए ।...
क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा

क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा

नेपाल । कोपा अमेरिका कपमा भेनेजुएलालाई पराजित गर्दै क्यानडा सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलको निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलमा क्यानाडाले १४औं मिनेटमा ज्याकोब साफेलबर्गको गोल मार्फत अग्रता लिएको थियो । भेनेजुएला दोस्रो हाफमा खेलमा फर्कन सफल रह्यो र उसका लागि सालोमन रोन्डोनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि कुनै गोल नहुँदा खेलको नतिजा सडन डेथबाट निस्कियो । पाचौं पेनाल्टीसम्म ३–३ को अवस्थामा पुगेपछि भेनेजुएलाका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुके तर इस्माएल कोनेल क्यानाडाका तर्फबाट निर्णायक गोल गर्दै खेल ४–३ ले जिताए । अब सेमिफाइनलमा क्यानडाको भेट अर्जेन्टिनासँग हुनेछ ।...
युरो कपमा इङ्ल्यान्ड र नेदरल्याण्ड्स तथा फ्रान्स र स्पेनबीच सेमिफाइनल भिडन्त हुने

युरो कपमा इङ्ल्यान्ड र नेदरल्याण्ड्स तथा फ्रान्स र स्पेनबीच सेमिफाइनल भिडन्त हुने

अमेरिका । जर्मनीमा जारी युरो कपमा इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५–४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको हो । निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । यता ८०औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । यसैबीच, टर्कीविरुद्ध पुनरागमन जित निकाल नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २–१ को जित दर्ता गरेको हो । टर्कीले खेलको ३५औं मिनेटमा खेलमा अग्रता लिएको थियो । आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ६...
फ्रान्स र स्पेन यूरो कपको सेमिफाइनलमा प्रवेश

फ्रान्स र स्पेन यूरो कपको सेमिफाइनलमा प्रवेश

अमेरिका । जर्मनीमा जारी यूरो कप २०२४ मा पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले पेनाल्टी सुटआउटमा पोर्चुगललाई ५–३ गोलले पराजित गरेको हो । यता आयोजक जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । मिकेल मेरिनोले अतिरिक्त समयमाको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन । अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले अतिरिक्त समयमा आयोजक जर्मनीलाई पाखा लगाउँदै अन्तिम चारमा पुगेको हो । मंगलबार हुने सेमिफाइनल खेल म्युनिखमा खेलाइनेछ । फ्रान्स युरोकपको दुई पटकको विजेता हो भने स्पेनले यसअघि ३ वटक यूरो कप जिति सकेको छ । ...
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको ए ग्रेडमा, मासिक १ लाख तलब पाउने

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको ए ग्रेडमा, मासिक १ लाख तलब पाउने

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको ए ग्रेडमा समावेश गरेको छ । क्यान केन्द्रीय कार्यसमितिको बैठकले उनलाई ए ग्रेडमा राख्ने निर्णय गरेको हो । क्यानका अनुसार उनको केन्द्रीय सम्झौता जुलाई १ देखि डिसेम्बर ३१ सम्म कायम रहने छ । लामिछानेसँगै अब ए ग्रेडमा समेटिने राष्ट्रिय खेलाडीको संख्या ७ पुगेको छ । यसअघि ए ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आशिफ शेफ र कुशल भुर्तेल समावेश भइसकेका छन् । अब सन्दीपले पनि अन्य ए ग्रेडका खेलाडीहरु सरह १ लाख रुपैयाँ मासिक तलब पाउनेछन् । बैठकले क्यानको प्रवक्तामा केन्द्रीय सदस्य छुम्बी लामालाई नियुक्त गरेको छ । बलात्कारको मुद्दा लागेपछि केही वर्ष यता लामिछाने ए ग्रेडमा थिएनन् । उक्त मुद्दामा सफाई पाएसँगै क्यानले यस्तो निर्णय लिएको हो ।...
अर्जेन्टिना कोपा अमेरिका कपको सेमीफाइनलमा

अर्जेन्टिना कोपा अमेरिका कपको सेमीफाइनलमा

अमेरिका । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एनआरजी स्टेडियममा शुक्रबार बिहान भएको खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो । खेलको ३५औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो । खेलको ६४औँ मिनेटमा पेनाल्टी मिस गर्दा खेल बराबरीमा ल्याउन चुकेको इक्वेडरले खेलको अन्तिम समयमा गोल गर्‍यो । इक्वेडरका केल्भिन रोड्रिगोले ९१औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । ​ त्यसपछि भएको पेनाल्टीको पहिलो गोल नै मेस्सीले मिस गर्न पुगे । त्यसपछि अर्जेन्टिनाका चार खेलाडीले गोल गर्दै सेमिफाइनलमा पुर्‍याए ।...