४ चैत्र २०८२, बुधबार

खेलकुद

एसीसी वुमन्स एशिया कप क्रिकेटमा नेपालद्वारा यूएई ६ विकेटले पराजीत

एसीसी वुमन्स एशिया कप क्रिकेटमा नेपालद्वारा यूएई ६ विकेटले पराजीत

नेपाल । एसीसी वुमन्स एशिया कप क्रिकेटअन्तर्गत शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ । नेपालले ३ ओभर ५ बल खेल्न बाँकी रहँदै ४ विकेटको क्षतिमा ११८ रन बनाएर खेल जित्यो । नेपालका लागि सम्झना खड्काले उत्कृष्ठ ब्याटिङ गर्दै अर्धशतक बनाइन् । उनले ३५ बलमा अविजित ७२ रन बनाइन्। उनले ११ चौका प्रहार गरिन् । यूएईले ८ बलरलाई बलिङ गराए पनि २ जनाले मात्र विकेट लिन सफल भए । पहिले ब्याटिङ गरेर यूएईले नेपालसामु जितका लागि ११६ रनको लक्ष्य दिएको थियो । प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ।...
महिला एसिया कप क्रिकेट प्रतियोगिता श्रीलंकामा शुरु हुँदै

महिला एसिया कप क्रिकेट प्रतियोगिता श्रीलंकामा शुरु हुँदै

नेपाल । महिला एसिया कप क्रिकेट शुक्रबारदेखि शुरु हुँदैछ । श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा ८ देशले भाग लिँदैछन् । नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, यूएई, मलेसिया र थाइल्याण्डसहित आठ राष्ट्र खेलमा सहभागी छन् । एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुग्ने नेपालसहित यूएई, मलेसिया र थाइल्याण्डले एसिया कप खेल्न लागेका हुन् । एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र यूएईसँगै समुह ए मा रहेको हो भने समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन शक्रुबार यूएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजेदेखि शुरु हुँदैछ । त्यस्तै अर्को खेल भारत र पाकिस्तानबीच बेलुकी ७ः१५ बजेदेखि शुरु हुँदैछ ।...
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, अतिरिक्त समयमा कोलम्बिया १-० ले पराजीत

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, अतिरिक्त समयमा कोलम्बिया १-० ले पराजीत

अमेरिका । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । सोमबार बिहान भएको खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रो उपाधि हात पारेको हो । अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले १ सय १२ मिनेटमा गरेको गोल नै पर्याप्त बन्यो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । कोपामा पहिलो पटक थप ३० मिनेट थपिएको थियो। यस अघिका खेलमा यो नियम हटाइएको थियो । जितसँगै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । कोलम्बिया २३ वर्षपछि फाइनलमा पुगे पनि उपाधि जित्न असफल भयो । ...
स्पेनले चौथो पटक जित्यो युरो कपको उपाधि

स्पेनले चौथो पटक जित्यो युरो कपको उपाधि

अमेरका । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २–१ हराएको हो । स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए । इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए ।​ योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ भने इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ । स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो भने अघिल्लो संस्करणमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो ।...
युरो कपको उपाधिका लागि स्पेन र इङ्ल्याण्ड भिड्दै

युरो कपको उपाधिका लागि स्पेन र इङ्ल्याण्ड भिड्दै

अमेरिका । जर्मनीमा जारी युरो कप २०२४ को उपाधिका लागि स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने भएको छ । १७औं संस्करणको फाइनल खेल आइतबार राति पौने १ बजे बर्लिनमा हुनेछ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इङ्ल्याण्डले स्पेनसँगको भेट पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा फ्रान्सलाई हराउँदै स्पेनले फाइनलमा स्थान बनाएको थियो । उपाधिका लागि ३ पटकको विजेता स्पेन र साबिक उपविजेता इङ्ल्याण्डबीच खेल हुन लागेको हो ।...
कोपा अमेरिका कपको फाइनलमा कोलम्बियाले अर्जेन्टिनाको सामना गर्दै

कोपा अमेरिका कपको फाइनलमा कोलम्बियाले अर्जेन्टिनाको सामना गर्दै

अमेरिका । उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा कोलम्बियाले १५ पटकको च्याम्पियन उरुग्वेलाई १–० गोलले हराएको हो । पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई उपाधि नजिक पुर्‍याउन पर्याप्त बन्यो । पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न सकेन । कोलम्बियाले उपाधिका लागि १५ पटकको विजेता अर्जेन्टिनाको सामना गर्नेछ ।...
क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अमेरिका । १५ पटकको च्याम्पियन अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा क्यानडालाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना १६औँ उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाका लागि पहिलो हाफको २२औँ मिनेटमा जुनियल अल्भारेजले गोल गर्दै अग्रता लिए । पहिलो हाफमा १–० को अग्रता लिएको अर्जेन्टिनाका लागि दोस्रो गोल ५१औँ मिनेटमा लियोनल मेस्सीले गरे । जारी कोपा अमेरिकामा मेस्सीको यो पहिलो गोल हो । उपाधिका लागि अर्जेन्टिनाले बिहीबार हुने कोलम्बिया र उरुग्वेको विजेतासँग खेल्नेछ । ...
नेदरल्याण्ड्सलाई २-१ पराजीत गर्दै इङ्ल्यान्ड यूरो कपको फाइनलमा प्रवेश

नेदरल्याण्ड्सलाई २-१ पराजीत गर्दै इङ्ल्यान्ड यूरो कपको फाइनलमा प्रवेश

अमेरिका । जर्मनीमा जारी यूरो कपमा इङ्ल्यान्ड लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डर्टमुण्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २–१ पराजीत गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गरेको हो । जाभी सिमोन्सले सातौं मिनेटमा नै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । इङ्ल्यान्डले १८औं मिनेटमा पेनाल्टी मार्फत खेलमा बराबरी गर्‍यो । डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि डी बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरेका थिए । खेलको अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गर्‍यो । ८१औं मिनेटमा मैदान प्रवेश गरेका दुई खेलाडीले गोलमा महत्वपूर्ण भूमिका खेले । कोल पालमरको पासमा ओली वाटकिन्सले उत्कृष्ट फिनिश गर्दै इङ्ल्यान्डलाई जित दिलाए । इङ्ल्यान्डले अब उपाधिका लागि स्पेन विरुद्ध खेल्नेछ । स्पेनले मंगलबार सम्पन्न पहिलो सेमीफाइनलमा फ्र...
फ्रान्सलाई २-१ ले पराजित गर्दै स्पेन यूरो कपको फाइनलमा

फ्रान्सलाई २-१ ले पराजित गर्दै स्पेन यूरो कपको फाइनलमा

अमेरिका । जर्मनमा जारी यूरो कप अन्तरगत मंगलबार रातिको खेलमा स्पेनले फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लामिन यामाल र डानी ओल्मोको गोलले स्पेनलाई बर्लिनमा हुने फाइनलमा आफ्नो स्थान सुरक्षित गराएको हो । शुरुमा गोल गर्दै फ्रान्सले अग्रता लिए पनि त्यो अग्रतालाई जोगाई राख्न सकेन । यामालले स्पेनको लागि खेलको २१औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाटगोल गरे, जुन गोलपोस्टमा ठोक्किएर जालमा प्रवेश गर्यो, जसले १६ वर्षका यामाललाई यूरोकप प्रतियोगिताको सबैभन्दा कान्छो गोलकर्ता बनायो । स्पेनले चार मिनेट पछि निरन्तर दबाबको अवधिपछि अग्रता लियो जब ओल्मोले पेनाल्टी क्षेत्र भित्रबाटै प्रहार गरी गोल गरे । दोस्रो हाफमा फ्रान्सले स्पेनलाई दबाबमा राख्यो र केही अवसरहरू सिर्जना गर्‍यो तर पुनः लयमा फर्कन सकेन । स्पेनले इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको विजेतासँग फाइनलमा सामना गर्नेछ ।...
कोपा अमेरिका कपमा बुधबार अर्जेन्टिना र क्यानडाबीच फाइनल प्रवेशका लागि भिडन्त हुँदै

कोपा अमेरिका कपमा बुधबार अर्जेन्टिना र क्यानडाबीच फाइनल प्रवेशका लागि भिडन्त हुँदै

अमेरिका । कोपा अमेरिका कपमा बुधबार बिहान अर्जेन्टिना र क्यानडाबीच पहिलो सेमिफाइनल खेल हुँदैछ । उक्त खेल बुधबार बिहान पौने ६ बजे मेटलाइफ स्टेडियममा हुनेछ । पहिलो पटक कोपा अमेरिका खेलेको क्यानडा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । कतार विश्वकपको च्याम्पियन अर्जेन्टिनाले पनि इक्वेडरलाई पेनाल्टीमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । समूह चरण अन्तरगत उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको थियो । यी दुई टोलीको विजेताले उपाधिका लागि उरुग्वे र कोलम्बियाको विजेतासँग सोमबार बिहान खेल्नेछ । उरुग्वे र कोलम्बियाबीचको दोस्रो सेमिफाइनल खेल भने बिहीबार बिहान हुनेछ ।...