नेपाल । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको छ ।
बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि उनलाई निलम्बन गरिएको हो ।
यसअघि नै बलात्कार सम्बन्धी मुद्दामा दोषी ठहर भएका उनलाई जिल्ला अदालत काठमाडौंले बुधबार आठ वर्षको जेल सजाय सुनाएको थियो ।
नेपाल । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष सजाय तोकेको छ ।
अदालतले बुधबार लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।
यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ ।
फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने बुझिएको छ ।...
नेपाल (रौतहट) । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महेन्द्र माध्यमिक रैयाटोलमा अध्ययनरत बालबालिकाहरुलाई खेल मार्फत शसक्त बनाउन तथा अनुशासित बनाउनका लागि एन्फा र रौतहट फुटबल संघको सहयोग तथा महेन्द्र माबि रैयाटोलका प्रअ कमला थापा र अध्यक्ष संजिब कुश्वारको पहल र हात्तीदमार युवा क्लबको समन्वयमा भएको एक हप्ते प्रशिक्षण बुधबार समापन भएको छ ।
यस क्षेत्रका बालबालिकालाई फुटवलको खेलको माध्यमबाट अगाडि बढाउने उद्देश्यले शुरु गरिएको प्रशिक्षणले निरन्तरता पाउने पनि निश्चित भएको छ । नगर प्रमुख संजय काफ्लेले यस क्षेत्रको महिला फुटवललाई अगाडि बढाउनका लागि नगरपालिका सदैव तयार रहेको बताएका हुन् । उनले नगरपालिकाले खेलकुदमा गरेको लगानीले भविष्यमा नगरपालिकाको सान बढ्ने भएको महिला फुटवलका लागि नगरपालिका सदैव अगाडि बढ्ने बताए ।
साथै रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले समेत सो अवसरमा प्रतिबद्...
नेपाल (रौतहट) । रौतहटमा अति विपन्न बालबालिकाहरुको लागि एन्फा फुटवल क्लिनिकको चन्द्रपुर नगरपालिका वडा नं २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ ।
बालबालिकाकहरुलाई खेल मार्फत शसक्त बनाउनका लागि एएफसी ड्रिम एसिया फाउन्डेसन र एएफसी सिएसआर समितिको कार्यक्रम अन्तर्गत बालबालिकाको क्षमता वृद्धि र कल्याणका लागि एन्फाले यस क्षेत्रमा समेत फुटवलमा लगानीको वातावरण श्रृजना गरेको छ ।
कार्यक्रमको अध्यक्षता रौतहट फुुटवल संघका अध्यक्ष भगवान दर्लामीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल फुुटवल संघका केन्द्रिय अध्यक्ष दावा लामा रहनु भएको थियो ।
त्यस्तै भने विशिष्ट अतिथि मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्की, हेड अफ ग्रासरुट पंकज शाही, रौतहट फुटवल संघका कोषाध्यक्ष सुवोध गिरी, विद्यालयका प्रधानँध्यापक कमला थापा, विद्यालय व्यवस्थापन समित...
नेपाल । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि शुक्रबार साँझ दोषी ठहर गरेको हो ।
तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् ।
कार्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।...
नेपाल । पोर्चुगलका लागि सनिल नेपाल राजदुत नियुक्त हुने पक्का भएको छ । प्रस्तावित राजदूत नेपालको नाम संघीय संसदको संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो ।
संसदीय सुनवाइका क्रममा नेपालले चार वर्षे कार्यकालमा गर्ने आफ्नो योजना सुनाएका थिए । सरकारले पहिलो पटक पोर्चुगलमा दूतावास स्थापना गर्न लागेको हो ।
त्यहाँ २१ हजार नेपाली रहेको औपचारिक तथ्यांक छ । नेपालले पोर्चुगलमा रहेका नेपालीहरुको ज्ञान, सीप र क्षमतालाई नेपाल फर्काउन पहल गर्ने, पोर्चुगलबाट नेपालमा आउने पर्यटकको संख्या बढाउन पहल गर्ने, खेलाडीहरुको भ्रमणका लागि पहल गर्ने, नेपालमा लगानी बढाउन पहल गर्ने बताए ।
साथै उनले चर्चित फुटबल खेलाडी रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिवद्धता जनाए ।...
नेपाल । नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत शनिबारको खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् ।
त्यस्तै झापा एफसीले पोखरा थन्डर्सलाई पराजीत गर्दै १ अंक हासिल गरेको छ । इन्जुरी समयको आठौं मिनेटमा झापाको तर्फबाट गोल एकमात्र गोल भएको थियो ।
गोलरहित बराबरीसँगै धनगढी र ललितपुरले भने दुआफ्नो अपराजित यात्रा भने कायम राखेका हुन् । धनगढीको तीन खेलमा सात अंक रहँदा ललितपुरको समान तीन खेलमा पाँच अंक रहेको छ ।
पोखरा जितपछि ३ खेलमा ५ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । झापाको भने यो पहिलो अंक हो ।...
नेपाल । राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका हुन् । खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले एक–एक अंक बाँडेका छन् ।
त्यस्तै दुवै टोलीले यसअघि भएको पहिलो खेलमा जित हात पारेका थिए । यस खेलसँगै दुवै टोलीको समान दुई खेलमा समान चार–चार अङ्क जोडेका छन् ।
उक्त प्रतियोगिताअन्तर्गत बिहीबार धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।...
काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समूह ‘ए’ अन्तर्गत मंगलबार भएको खेलमा नेपाल यमनसँग ०–२ गोलअन्तरले पराजित भएको हो । यमनको जीतमा ओमर अब्दुल अल दाहीले र मोहम्मद अब्दुल्लाह अल दाहीले समान एक एक गोल गरे । ओमरले खेलको ७२औँ मिनेटमा गोल गर्दै यमनलाई पहिलो अग्रता दिलाए ।
त्यस्तै खेलको ९०औँ मिनेटमा मोहम्मदले एक गोल थप्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो ।
यसजीतसँगै यमनले शीर्ष तीन अङ्क जोडेको छ । नेपालको भने यो लगातार दोस्रो हार हो । यसअघि छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट् ९युएई० सँग ०–४ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै यमन बहराइनसँग ०–२ गोलअन्तरले पराजित भएको ...
एजेन्सीहरु । भारतलाई ६ विकेटले पराजीत गर्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ ।
आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा अस्ट्रेलिया च्याम्पियन बनेको हो ।
भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गरेको हो ।
यो अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भएको छ । भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन ।...