विश्वकप क्रिकेटमा वेस्ट इन्डिज, दक्षिण अफ्रिका, अष्ट्रेलिया र बंगलादेश विजयी
नेपाल । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत आइतबार बिहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराएको छ ।
टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।
त्यसैगरी आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्समाथि कठिन जित निकालेको छ । दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो ।
१ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८दशलमव ५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो ।
यसैबीच, अष्ट्रेलियाले आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह बी को खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ ।
प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले ३६ रनको जित दर्ता गर्यो...





