१९ कार्तिक २०८२, बुधबार

खेलकुद

यू-१९ एसिया कपको उपाधि बंगलादेशले जित्यो

यू-१९ एसिया कपको उपाधि बंगलादेशले जित्यो

अमेरिका । बंगलादेशले लगातार दोस्रो पटक यू-१९ एसियाकपको उपाधि जितेको छ । आइतबार दुबइमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । यो प्रतियोगितामा नेपाली युवा टिम भने समूहचरणबाटै बाहिरिंदै घर फर्किएको थियो । नेपालकै समूहमा रहेको बंगलादेशले उपाधि उचालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा १ सय ९८ रन बनाएको थियो । १ सय ९९ रनको लक्ष्य पछ्याएको भारत कमजोर ब्याटिङको सिकार भयो ।...
एनपीएलमा जनकपुरको चौथो जित, सुदूरपश्चिम रोयल्स व्यहोर्यो पहिलो हार

एनपीएलमा जनकपुरको चौथो जित, सुदूरपश्चिम रोयल्स व्यहोर्यो पहिलो हार

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ । आइतबार जनकपुरले लगातार चौथो जित निकालेको हो । जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुग्यो । लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडपनि जित दिलाउन सकेनन् । लुम्निीको यो लगातार चौथो हार हो । राम्रो सुरुआत गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न सकेन । यो हारसँगै लुम्बिनीको प्लेअफमा पुग्ने संभावना कमजोर बनेको छ । बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए । यता, सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ । आफ्नो चौथो खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष...
एनपीएलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सको जित

एनपीएलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सको जित

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक ४० रन जोडे । लोकेश बम १९ र दीपक बोहरा १८ रनमा आउट भए । बलिङमा कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । विपीन खत्रीले २, कप्तान सोमपाल कामी, युनिस ठकुरी र विलियम बोसिस्टाले एक–एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो । यसैगरी लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो । सुदूरपश्चिमले भने एनपिएलमा लगातार तेस्रो जित निकालेको छ...
एनपीएलमा अमेरिकी व्याट्सम्यान आन्द्रेस गौसद्वारा पहिलो शतक प्रहार

एनपीएलमा अमेरिकी व्याट्सम्यान आन्द्रेस गौसद्वारा पहिलो शतक प्रहार

काठमाडौं । अमेरिकी व्याट्सम्यान आन्द्रेस गौसले नेपालमा तहल्का मच्चाएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबार लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौसले एनपिएलकै पहिलो शतक प्रहार गरेका हुन् । लुम्बिनी लायन्सविरुद्ध गौसले ५४ बलमा शतक पूरा गरे । गौसको उत्कृष्ट प्रदर्शनसँगै पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गराएको छ । टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो । पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपीएलकै पहिलो शतक प्रहार गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो । शुक्रबार एनपीएलमा कर्णाली याक्सले पहिलो जीत दर्त...
एनपीएलमा जनकपुरको तेस्रो जित, सुदूरपश्चिमले काठमाडौंलाई हरायो

एनपीएलमा जनकपुरको तेस्रो जित, सुदूरपश्चिमले काठमाडौंलाई हरायो

नेपाल । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत जनकपुर बोल्ट्सले लगातार तेस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको बिहीबारको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । जनकपुरको जितमा लाहिरु मालिन्थाले ४५ र जेम्स नीशामले ४० रन बनाए । यस्तै, आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ बनाए । बलिङतर्फ पोखराका विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १–१ विकेट लिए । यो पोखराको दोस्रो हार हो । पहिले खेलमा पोखरा चितवन राइनोजसँग पराजित भएको थियो । यता, सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ । सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो । युवा स्पिनर नरेन साउदले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि काठमाडौंले ७३ रनको फराकिलो हार स्वीकार्यो । प्रतियोगितामा पाँच विकेट लिने नरेन दोस्रो बलर हुन् । यसअघि चितवन राइनोजका पाकिस्तानी फास्ट बलर सोहल तनवी...
एनपीएलमा काठमाडौं गुर्खाज र विराटनगर किङ्स विजयी

एनपीएलमा काठमाडौं गुर्खाज र विराटनगर किङ्स विजयी

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १५० रनको लक्ष्य ३ बल बाँकी छ्दा भेट्टायो । काठमाडौंका कप्तान करण केसीले आक्रमक ब्याटिङ गर्दै टीमलाई जित दिलाए । १० बलमा २८ रन प्रहार गरे । सुमित महर्जन ४० रनमा अविजित रहे । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । कर्णालीका शिखर धवनले ५१ बलमा अविजित ७२ रन बनाए । यता, विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हराएको हो । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा हासिल गरेको हो ।...
एनपीएलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सको जीत

एनपीएलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सको जीत

नेपाल । नेपाल प्रिमियर लिग अन्तरगत मंगलबारको खेलमा पोखरा एभेन्जर्सको लज्जास्पद हार भएको छ । चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवन राइनोजले ७ विकेटको क्षतिमा १६१ रन जोड्यो ।​ सोहेल तनविर, रिजन ढकाल र लुक बेन्केन्सटेइनले ३–३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो । यता, कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको छ । १८३ रनको लक्ष्य भेट्टाउने क्रममा विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि बसिर अहमतले सर्वाधिक २४ रन बनाए। त्यसैगरी राजेश पुलामी १५ र अनिल पुलामीले १० रनाउनुबाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको...
दुई खेल हारेको नेपालद्वारा अफगानिस्तानमाथि सान्त्वना जित

दुई खेल हारेको नेपालद्वारा अफगानिस्तानमाथि सान्त्वना जित

नेपाल । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा मङ्गलबार अफगानिस्तानलाई एक विकेटले हरायो । संयुक्त अरब इमिरेट्स (युएई) स्थित शारजाह क्रिकेट स्टेडियममा जितका लागि अफगानिस्तानले दिएको एक सय २४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि नरेन साउदले २६ रन बनाउनुभयो । कप्तान हेमन्त धामीले अविति २२, अर्जुन कुमालले २१ र अभिषेक तिवारीले १३ रन बनाउनुभयो । बलिङमा अफगानिस्तानका खातिर खान स्तानिकजाई र अल्लाह गजन्फरले तीन तीन विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३५।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । अफगानिस्तानका लागि फैसल सिनोजादाले ५२ र खातिर स्टानिकजाईले १५ रन बनाउनुभयो । बलिङमा नेपालका सन्तोष यादव र यूनिस ठकुरीले ती...
इङ्लिस प्रिमियर लिगमा लिभरपुलद्वारा म्यान्चेस्टर सिटि पराजित

इङ्लिस प्रिमियर लिगमा लिभरपुलद्वारा म्यान्चेस्टर सिटि पराजित

अमेरिका । इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिग लिडर लिभरपुलले डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटिलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २० को जित निकालेको हो । यो सिजन पछिल्लो चार खेलमा पराजित भएको सिटिको लागि उपाधी रक्षा अभियान कठिन बनेको छ । खेलको १२ औं मिनेटमा गाक्पोको गोल मार्फत सिटिले पहिलो अग्रता लिएको थियो । त्यसयता दुबै टिमले गोल गर्ने केहि महत्वपूर्ण अवसर खेर फाल्दा पहिलो हाफ १–० मा सकिएको थियो । तर दोश्रो हाफमा लिभरपुल स्टार महोमद सलाहाले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई २–० को सहज जित दिलाए । जितपछि लिभरपुलको १३ खेलबाट ३४ अंकसहित पहिलो स्थानको अग्रतालाई थप फराकिलो बनाएको छ । यता हारपछि सिटि पाँचौ स्थानमा झरेको छ । उस्को १३ खेलबाट २३ अंक छ ।...
मकवानपुरको बकैयामा खेलग्रामको उद्घाटन

मकवानपुरको बकैयामा खेलग्रामको उद्घाटन

नेपाल (हेटौंडा) । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिका वडा नम्वर–५ कर्मचुलीस्थित बकैया खेलग्रामको उद्घाटन गरेका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा जन एकता क्लबको समन्वयमा निर्माण गरिएको खेलग्रामको सोमबार एक समारोहका बीच उद्घाटन गरिएको हो । सो अवसरमा मन्त्री महर्जनले बागमती प्रदेश सरकार खेलकुदमैत्री रहेको दावी गर्दै आफू पनि खेलकुद क्षेत्रबाटै यहाँसम्म आएको जानकारी गराए । ‘म १२ वर्षको उमेरदेखि खेलकुदमा लागेको मान्छे हुँ, मैले मेरो जीवन खेलकुदमै बिताएकोले म यसको सम्भावना, समस्या र चुनौतीको बारेमा जानकार छु’, मन्त्री महर्जनले भने, ‘मैले रोजेरै खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको हुँ । बागमती प्रदेशको खेल क्षेत्रको विकासमा योजनाबद्ध कार्य गर्नेछु ।’ उनले प्रदेशका माननीय ईन्द्रबहादुर बानियाँ र बकैया गाउँपालिका...