३१ भाद्र २०८२, मंगलवार

खेलकुद

रियल मड्रिडले जित्यो अन्तर महादेशीय कप फुटबलको उपाधि

रियल मड्रिडले जित्यो अन्तर महादेशीय कप फुटबलको उपाधि

अमेरिका । अन्तर महादेशीय कप फुटबल २०२४ को उपाधि स्पेनिस टोली रियल मड्रिडले जितेको छ । बुधबार राति सम्पन्न खेलमा मेक्सिकोको पाचुकालाई ३–० ले हराउँदै रियल च्याम्पियन बनेको हो। रियललाई उपाधि दिलाउन केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले १–१ गोल गरे । कतारको लुसेल स्टेडियममा रियलले पूरै खेलभर प्रभुत्वशाली प्रदर्शन गरेको थियो । पाचुकाले काउन्टर– अट्याकमा केही मुभ बनाए पनि गोल गर्न सकेन । ...
सुदूरपश्चिम एनपीएलको फाइलनमा प्रवेश, कर्णाली दोस्रो क्वालिफायरमा

सुदूरपश्चिम एनपीएलको फाइलनमा प्रवेश, कर्णाली दोस्रो क्वालिफायरमा

नेपाल । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ । बुधबार टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो । जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्यो । यता, इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । कर्णालीले अब फाइलन प्रवेशका लागि जनकपुर टोलीसँग खेल्नेछ ।...
एनपीएलका विजेताले कति पाउँछन् पुरस्कार ?, पुस ६ मा फाइनल खेल

एनपीएलका विजेताले कति पाउँछन् पुरस्कार ?, पुस ६ मा फाइनल खेल

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले हाल जारी नेपाल प्रिमियर लिगमा उत्कृष्ट हुने टीमहरूले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरेको छ । क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिअनुसार विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ दिइने जनाएको छ । यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् । एनपीएलको प्लेअफमा सुदुरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले स्थान बनाएका छन् । लिग गत मंसिर १५ गतेदेखि कीर्तिपुर क्रिकेट मैदानमा जारी छ । खेल पुस ६ गते सकिँदैछ। ...
एनपीएलको प्लेअफ समीकरणः सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णाली प्लेअफमा

एनपीएलको प्लेअफ समीकरणः सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णाली प्लेअफमा

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि कर्णाली याक्स रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको हो । सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा, ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो, ४ जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो । शीर्ष स्थानमा रहने दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन् । क्वालिफायर र एलिमिनेटर खेल बुधबार हुनेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र एलिमिनेटरमा विजयी भएको टोलीले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल पुस ६ गते हुनेछ ।...
एनपीएलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्लेअफमा प्रवेश

एनपीएलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्लेअफमा प्रवेश

नेपाल । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । आइतबारको खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखराले १४८ रनमा समेटियो । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । यता, काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ । विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभर ५ बलमा ११७ रनमा समेटिएको थियो । एनपीएलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई झिनो अन्तरले पराजित गरेसँगै चितवन राइनोजले प्लेअफमा स्थान बनाएको छ । समान ८ अंक रहेको चितवन रनरेटका आधार...
एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो हार, लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले हरायो

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो हार, लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले हरायो

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ । लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो । सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर एक बलमा ५१ रनमा समेटिएको हो । यता, लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले १८ रनले पराजित गरेको छ । टस जितेर सुरूमा ब्याटिङमा उत्रिएको काठमाडौंले सबै विकेट गुमाएर १०३ रन बनायो । १०४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनीले सबै विकेट गुमाएर ८५ रन बनायो ।...
एनपीएलमा मंगलबारको खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सको जित

एनपीएलमा मंगलबारको खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सको जित

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सले जित हासिल गरेका छन् । यसैक्रममा पोखरा एभेन्जर्सले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका गुल्सन झाले सर्वाधिक अविजित ४९ रन जोडे । ३७ बलमा गुल्सनले ३ चौका र ४ छक्का प्रहार गरे । चाडविक वाल्टनले ४२ रन बनाए बलिङमा बिपिन खत्री, सागर ढकाल र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिए । त्यसअघि टीयु क्रीकेट मैदानमा कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १६।३ ओभरमा १०३ रनमा रोकिएको हो । पोखराका दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । आन्द्रेस गौसले २५, रायमोन रेइफरले २० रनको योगदान दिए । बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेका विलियमले २८ रन खर्चेर ६ विकेट लिए । ५ खेल खेलेको कर्णाली ३ खेलमा जितसहित ६ अंक जोडेर चौथो स्थानमा छ ।...
यू-१९ एसिया कपको उपाधि बंगलादेशले जित्यो

यू-१९ एसिया कपको उपाधि बंगलादेशले जित्यो

अमेरिका । बंगलादेशले लगातार दोस्रो पटक यू-१९ एसियाकपको उपाधि जितेको छ । आइतबार दुबइमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । यो प्रतियोगितामा नेपाली युवा टिम भने समूहचरणबाटै बाहिरिंदै घर फर्किएको थियो । नेपालकै समूहमा रहेको बंगलादेशले उपाधि उचालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा १ सय ९८ रन बनाएको थियो । १ सय ९९ रनको लक्ष्य पछ्याएको भारत कमजोर ब्याटिङको सिकार भयो ।...
एनपीएलमा जनकपुरको चौथो जित, सुदूरपश्चिम रोयल्स व्यहोर्यो पहिलो हार

एनपीएलमा जनकपुरको चौथो जित, सुदूरपश्चिम रोयल्स व्यहोर्यो पहिलो हार

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ । आइतबार जनकपुरले लगातार चौथो जित निकालेको हो । जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुग्यो । लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडपनि जित दिलाउन सकेनन् । लुम्निीको यो लगातार चौथो हार हो । राम्रो सुरुआत गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न सकेन । यो हारसँगै लुम्बिनीको प्लेअफमा पुग्ने संभावना कमजोर बनेको छ । बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए । यता, सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ । आफ्नो चौथो खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष...
एनपीएलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सको जित

एनपीएलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सको जित

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक ४० रन जोडे । लोकेश बम १९ र दीपक बोहरा १८ रनमा आउट भए । बलिङमा कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । विपीन खत्रीले २, कप्तान सोमपाल कामी, युनिस ठकुरी र विलियम बोसिस्टाले एक–एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो । यसैगरी लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो । सुदूरपश्चिमले भने एनपिएलमा लगातार तेस्रो जित निकालेको छ...