२९ मंसिर २०८२, सोमबार

खेलकुद

सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश, शुक्रबार लुम्बिनी र जनकपुर खेल्दै

सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश, शुक्रबार लुम्बिनी र जनकपुर खेल्दै

नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गरेको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराएको हो । छ खेलमा अपराजित सुदूरपश्चिम १२ अंकसहित क्विालिफायर प्रवेश गरेको हो । चितवनको भने प्लेअफको सम्भावना कठिन बनेको छ । ६ खेल खेल्दा चितवनले चार अंक मात्र जोडेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि क्रिस लिनले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ७५ रनमा रिटायर्ड हर्ट हुनुभयो । उहाँले ५६ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । उहाँ प्लेयर अफ द म्याच बन्नुभयो । यस्तै ओपनर विनोद भण्डारीले २३ र पुनित मेहराले १३ रन बनाउनुभ...
विराटनगर किंग्समाथि लुम्बिनीको शानदार जित, बिहीबार २ खेल हुँदै

विराटनगर किंग्समाथि लुम्बिनीको शानदार जित, बिहीबार २ खेल हुँदै

नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किंग्समाथि लुम्बिनीले शानदार जित निकालेको छ । टस जितेर सुरुमा बलिङ गरेको लुम्बिनी लायन्सले विराटनगर किङ्सले जितका लागि दिएको एक सय ४५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो विराटनगरका लागि लोकेश बमले ३५ रन बनाउनुभयो । उहाँले ४२ बलमा दुई चौका र दुई छक्का हान्नुभयो । यस्तै बसिर अहमदले २८, साम हिजलेटले २७, प्रतिश जिसीले ११ र मर्सेन्ट डे लन्जले १० रन बनाउनुभयो । अन्तिममा एक बल खेल्नुभएका सन्दीप लामिछानेले एउटा छक्का हान्नुभयो । आजै पहिलो खेल खेल्नुभएका फाफ डुप्लेसी १२ रनमा आउट हुनुभयो । ओपनिङमा खेल्नुभएका डुप्लेसी खासै चल्न सक्नु...
बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुँदै

बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुँदै

नेपाल । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । खेल अपराह्न ४ः०० बजे शुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट ८ अङ्क जोडेको छ। रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा २ अंकमात्र बनाएको छ। प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई बुधबारको खेल जित्नुपर्ने दबाब छ।...
एनपीएलमा मंगलबार पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको जित

एनपीएलमा मंगलबार पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको जित

नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरको समाप्तिमा १६७ रन बनाउँदा अलआउट भएको हो। कर्णालीका लागि मार्क वाटले अर्धशतक बनाउनुभयो। ३४ बलको सामना गर्दा पाँच छक्का र चार चौका प्रहार गर्नुहुँदै ५९ रन बनाउनुभयो। नजिबुल्लाह जद्रान २४, पवन सरार्फ १९, प्रियाङ्क पञ्चाल १६, कप्तान सोमपाल कामी १३ र गुल्सन झा १० रनमा आउट हुनुभयो। अन्य कुनै पनि ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। कर्णालीलाई सस्तैमा समेट्न पोखराका लागि धनन्जय लक्षन र ऋषि धवनले तीनतीन विकेट हात पार्दा किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले एकएक विकेट हात पार्नुभयो। टस जितेर कर्णालीले सुरुमा फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा २०१ रन बनाएको थिय...
एनपीएलमा मंगलबार दुई खेल हुँदै

एनपीएलमा मंगलबार दुई खेल हुँदै

नेपाल । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबार दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ ।...
एसिसी यु-१९ प्रिमियर कपमा युएईसँग नेपाल पराजित

एसिसी यु-१९ प्रिमियर कपमा युएईसँग नेपाल पराजित

नेपाल । संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो । सोमबार फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५–२५ रनको योगदान गरे पनि जिताउन सक्नुभएन । बलिङमा युएईका युग जै शर्मा र अली असगर शम्सले तीन–तीन विकेट लिनुभयो । यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५ दशमलव पाँच ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन बनाउनुभयो । बलिङमा नेपालका दयानन्द मण्डलले ६ विकेट लिनुभयो । अपराजित पौडलले दुई तथा कप्तान अशोक धामी र नितेसकुमार पटेलले एक एक विकेट लिनुभयो । यसैबीच नेपाल र युएई एसिया कप खेल्नका ला...
काठमान्डु गोर्खाजको चौथो जित, प्लेअफ पुग्ने सम्भावना बलियो

काठमान्डु गोर्खाजको चौथो जित, प्लेअफ पुग्ने सम्भावना बलियो

नेपाल । जेराल्ड इरसमस र जोन सिम्पसन चम्किएपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार साँझ भएको खेलमा काठमान्डु कर्णाली याक्सलाई पाँच विकेटले हराउँदै प्लेअफ उन्मुख बनेको हो । जितसँगै लिगमा ६ खेल सकेको काठमान्डुको आठ अङ्क पुगेको छ । पराजित कर्णालीको प्लेअफ सम्भावना कमजोर बन्दै गएको छ । पाँच खेलमा चौथो हार खेपेको कर्णालीको दुई अङ्क छ । यस्तै दुई खेल अगावै प्लेअफमा स्थान बनाएको अपराजित सुदूरपश्चिम रोयल्स पाँच खेलबाट १० अङ्क जोड्दै शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको विराटनगर किङ्सको पाँच खेलबाट आठ अङ्क छ । जितका लागि एक सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको काठमान्डुले १८ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५५ रन जोड्दै लक्ष्य पूरा गरेको हो । काठमान्डुका लागि जेराल्ड इरसमसले अविजित ४३ रन बनाउनुभ...
एनपीएलमा आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दै

एनपीएलमा आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दै

नेपाल । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ । यता सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो । त्यसैगरी शनिबार नै लुम्बिनी लायन्...
शनिबार एनपिएलमा लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

शनिबार एनपिएलमा लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

नेपाल । राजधानी काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार पनि दुई खेल हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक खेल नै जितेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ । यस्तै अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ । तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते प्लेअफ दौडबाट बाहिरि...
एनपीएलमा पोखरा र सुदूरपश्चिमको जीत, शुक्रबार चार टोलीबीच प्रतिष्पर्धा

एनपीएलमा पोखरा र सुदूरपश्चिमको जीत, शुक्रबार चार टोलीबीच प्रतिष्पर्धा

नेपाल । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार साँझ भएको खेला पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हरायो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो । यता, साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित यात्रा जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोलीसमेत बनेको छ । जितका लागि एक सय ४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ओभरमा तीन विकेटको क्षतिमा एक सय ४५ रन जोड्दै लक्ष्य पूरा गरेको हो । एनपिएलअन्तर्गत शुक्रबार चितवन राइनोज र काठ...