१ चैत्र २०८२, आईतवार

खेलकुद

‘साम्बा’को उपचारका लागि उठ्यो पर्याप्त सहयोग रकम

‘साम्बा’को उपचारका लागि उठ्यो पर्याप्त सहयोग रकम

नेपाल । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवं सर्वाधिक गोल कर्ता सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको उपचारका लागि लाग्ने खर्च २४ घन्टा नपुग्दै जुटेको छ । नेपाली कांग्रेस पार्टीसहित विभिन्न सङ्घ संस्था र व्यक्तिबाट सहयोग एक करोड ५० लाख रुपियाँ भन्दाबढी रकम उठिसकेको छ । ‘साम्बा’ले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै आफु उपचारका लागि भौतारिएको भन्दै आर्थिक सहयोगका लागि समर्थक र फुटबल प्रेमीमा अपिल गर्नुभएको थियो । उहाँले उपलब्ध गराउनुभएको व्यक्तिगत खाता नम्बर र क्युआर कोडमा देश तथा विदेशबाट सहयोग रकम जुटेको हो । ‘साम्बा’ ले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा पुनः स्टाटस लेख्दै आफ्ना लागि उपचार रकम प्रयाप्त उठेको र खाता समेत बन्द रहेकोले अब सहयोग नगर्न आग्रह समेत गर्नुभएको छ ।...
साम्बाले घुँडाको उपचारका लागि मागिन् आर्थिक सहयोग

साम्बाले घुँडाको उपचारका लागि मागिन् आर्थिक सहयोग

नेपाल । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले हाल घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने शल्यक्रियाको लागि सहयोग आवश्यक भएको जानकारी दिएकी छन् । साम्बाले घुँडाको एसीएलमा भएको पहिलाको शल्यक्रियाको ग्राफ्ट र एमसिएल दुवै भागमा जटिल चोट लागेको कारण पुनः उच्च स्तरको उपचार आवश्यक रहेको बताइन् । उनी आफ्नो उपचार कतारस्थित अस्पेटार अस्पतालमा गराउने योजना बनाएकी छन्, जहाँ अघिल्लो पटक उनले उपचार गराएकी थिइन् । एन्फा (एन्फाअस्ट्रेलियाली ए लिगको वेलिङ्टन फिनिक्स) बाट खेल्दै आएकी साम्बा डेढ महिनाअघि खेलका क्रममा घुँडाको गम्भीर चोटमा परेकी थिइन् । ब्रिसबेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको थियो ।...
आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा वेस्ट इन्डिजद्वारा जिम्बावे पराजित

आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा वेस्ट इन्डिजद्वारा जिम्बावे पराजित

नेपाल । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा वेस्ट इन्डिजले जिम्बावेलाई १ सय ७ रनले पराजित गरेको छ। भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा हिजो वेस्ट इन्डिजले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमायो। जिम्बावेका ब्राड इभान्सले ४३ रन बनाए। वेस्ट इन्डिजका गुडाकेश मोतीले ४ विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनायो। वेस्ट इन्डिजका शिम्रोन हेटमायरले ८५ रन बनाए। जिम्बावेका रिचार्ड नागाराभा र ब्लेसिङ मुजरबानीले २–२ विकेट लिए । टी–२० विश्वकपमा यो दोस्रो ठूलो योगफल हो । यसअघि सन् २००७ मा श्रीलङ्काले केन्यासँगको खेलमा २ सय ६० रन बनाएको थियो। यो जीतसँगै वेस्ट इन्डिज ‘सुपर–एट’ को समूह १ मा शीर्ष स्थानमा उक्लिएको छ। जिम्बावे पुछारमा छ । ...
विश्वकप क्रिकेट अन्तरगत सुपर आठमा इङ्ग्ल्यान्डको विजयी सुरुवात

विश्वकप क्रिकेट अन्तरगत सुपर आठमा इङ्ग्ल्यान्डको विजयी सुरुवात

नेपाल । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा दुई पटकको विजेता इङ्ग्ल्यान्डले विजयी सुरुवात गरेको छ । फिल साल्ट मात्र ब्याटिङमा चम्किएको खेलमा इङ्ग्ल्यान्डले सहआयोजक श्रीलङ्कालाई ५१ रनले सजिलै पराजित गर्यो । टी–२० मा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई लगातार १२ खेलमा हराएको हो । पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले नौ विकेटको क्षतिमा १४९ रनको सामान्य स्कोर तयार पारेको थियो । प्रारम्भिक ब्याट्सम्यान साल्टले ४० बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ६२ रन बनाउनुभयो । विल ज्याक्सले अन्तिम ओभरतिर तेज गतिमा २१ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । आफ्ना तीन प्रमुख बलरबिना खेलिरहेको श्रीलङ्काले नियमित रूपमा इङ्ग्ल्यान्डको विकेट लिएको थियो । स्पिनर डुनिथ वेलालागेले जोस बट्लर ९७ रन० र कप्तान ह्यारी बु्रक ९१४ रन० लाई आउट गरेपछि इङ्ग्ल्यान्डको पालि आधा बाटोमा चार विकेटको ...
आईसीसी टी-२० विश्वकपः वेस्ट इन्डिज र जिम्बावे बने समूह विजेता

आईसीसी टी-२० विश्वकपः वेस्ट इन्डिज र जिम्बावे बने समूह विजेता

नेपाल । आईसीसी टी–२० विश्वकपको समूह ‘सी’मा रहेको वेस्ट इन्डिज समूह विजेता बनेको छ । टी–२० विश्वकप २०२६ को समूह सीको अन्तिम खेलमा बिहीबार वेस्ट इन्डिजले इटालीलाई ४२ रनले हराएको हो । भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा १६६ रनको लक्ष्य पछ्याएको इटाली १८ औं ओभरमा १२३ रन बनाउँदा अलआउट भएको हो । एक खेल अगाडि नै विश्वकपको सुपर एट पुगिसकेको वेस्ट इन्डिजका लागि समर जोसेफले चार विकेट हात पार्नुभयो । इटालीका लागि बेन मनेटीले सर्वाधिक २६ रन बनाउनुभयो । सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान साइ होपले ४६ बलमा ७५ रन बनाउनुभएको थियो । यो जितसँगै वेस्ट इन्डिजले चार खेलबाट आठ अङ्क जोडेर समूह विजेता बनेको हो । यो समूहबाट इंग्ल्यान्ड र वेस्ट इन्डिज सुपर एट पुग्दा नेपाल, स्कटल्यान्ड र इटाली दुईदुई अंक जोड्दै बाहिरिएका छन् । यता, आईसीसी टी–२० विश्वकपको समूह ‘बी’मा रहेको जिम्बावे समूह वि...
आईसीसी टी-२० विश्वकपमा ३ खेल हारेको नेपाल चौथो खेलमा विजयी

आईसीसी टी-२० विश्वकपमा ३ खेल हारेको नेपाल चौथो खेलमा विजयी

नेपाल । आईसीसी टी–२० विश्वकप अन्तरगत मंगलबारको खेलमामा नेपालले सान्त्वना जित हात पारेको छ । लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । यो खेलअगावै दुवै टिम समूह चरणबाट बाहिरिसकेका थिए । यसअघि इंग्ल्यान्ड‚ इटली र वेस्ट इन्डिजसँग नेपाल पराजित भएको थियो । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रन बनायो। बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए । त्यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एकरएक विकेट झारे । नेपालले ४ बल बाँकी छँदै स्कटल्यान्डले दिएको लक्ष्य पूरा गरेको हो । आसिफ सेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । भुर्तेलले ४३ र आसिफले ३३ रन जोडे । दीपेन्द्रसिंह ऐरीले आक...
दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर आठमा प्रवेश

दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर आठमा प्रवेश

नेपाल । दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर आठमा प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गत सोमबार भएको खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएपछि दक्षिण अफ्रिकाले सुपर आठमा स्थान बनाएको हो । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा अफगानिस्तानले युएईलाई पाँच विकेटले हरायो । जितका लागि युएईले दिएको एक सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । यस समूहमा लगातार तीन जित निकालेको दक्षिण अफ्रिका ६ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको न्युजिल्यान्डको चार अङ्क छ । अफगानिस्तान र युएईले दुई दुई अङ्क बनाएको छ । दुई खेलमा अङ्कबिहीन क्यानडा अन्तिममा छ ।...
टी-२० विश्वकपः लगातार हारेसँगै नेपाल समूह चरणबाटै बाहिरियो

टी-२० विश्वकपः लगातार हारेसँगै नेपाल समूह चरणबाटै बाहिरियो

नेपाल । नेपाल आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको छ । समूह ‘सी’अन्तर्गत मुम्बईस्थित वनखेडे मैदानमा आइतबार भएको खेलमा नेपाल टेस्ट टोली वेस्ट इन्डिजसँग नौ विकेटले स्तब्ध बन्यो । समूहमा लगातार तेस्रो हार खेपेसँगै नेपाल बाहिरिएको हो । नेपाललाई हराएसँगै लगातार तेस्रो जित निकालेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरेको छ । समूहमा ६ अङ्क बनाएको वेस्ट इन्डिज शीर्षस्थानमा छ । समान खेलबाट चार अङ्क बनाएको इङ्ल्यान्ड दोस्रो स्थानमा छ । स्कटल्यान्ड र इटालीले दुई दुई अङ्क बनाएको छ । समूहमा अङ्कको खाता खोल्न नसक्ने टोली नेपाल मात्र हो । नेपाल यसअघि पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै जित नजिक पुगेपनि चार रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेको नेपालले विश्वकप डेब्यू टोली इटालीलाई १० विकेटको लज्जासपद नतिजा सुम्पिएको थियो । जितका ला...
टी-२० विश्वकपमा इटालीसँग नेपालको लज्जासपद हार

टी-२० विश्वकपमा इटालीसँग नेपालको लज्जासपद हार

नेपाल । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो । लगातार दोस्रो हार खेपेसँगै नेपालको सुपर आठ सम्भावना कमजोर बनेको छ । यसअघि पहिलो खेलमा नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै चार रनको हार खेपेको थियो । जितका लागि एक सय २४ रनको मध्यम लक्ष्य पछ्याएको इटालीले १२.४ ओभरमा विना विकेटको क्षति लक्ष्य पूरा गरेको हो । इटालीका लागि ओपनर दाजुभाईद्वय जस्टिन मोस्का र एन्थोनी मोस्काले एक सय २४ रनकै साझेदारी गर्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाउनुभयो । उहाँले २४ बलमा तीन चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै कप्तान र...
टी-२० विश्वकपः युएईमाथि न्युजिल्यान्डको सानदार जित

टी-२० विश्वकपः युएईमाथि न्युजिल्यान्डको सानदार जित

नेपाल । न्युजिल्यान्डले आइसिसी टी–२० विश्वकप क्रिकेटमा संयुक्त अरब इमिरेट्स ९युएई० माथि सानदार जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत चेन्नाईमा मङ्गलबार भएको खेलमा न्युजिल्यान्डले युएईलाई १० विकेटले हरायो । न्युजिल्यान्डको यो लगातार दोस्रो जित हो । जितसँगै न्युजिल्यान्ड चार अङ्क जोडेदै शीर्षस्थानमा छ । पहिलो खेल खेलेको युएईले हारबाट विश्वकपको सुरुवात गरेको छ । यस समूहमा पहिलो खेल जितेको दक्षिण अफ्रिकाले दुई अङ्क बनाएको छ । जितका लागि एक सय ७४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५।२ ओभरमा विना विकेटको क्षतिमा एक सय ७५ रन जोड्दै लक्ष्य पूरा गरेको हो । न्युजिल्यान्डका लागि टिम सेफर्टले अविजित ८९ र फिन अलेनले ८४ रन बनाउनुभयो । टिम र फिनको यो टी–२० विश्वकपकै ऐतिहासिक एक सय ७५ रनको कीर्तिमानी साझेदारी समेत हो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक...