चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल पराजीत
            नेपाल । हङकङमा जारी चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो ।
नेपालका लागि शानदार ब्याटिङ गर्नुभएका बसिर अहमदले ४३ बलमा ८० रन बनाउनुभयो । १९ औं ओभरमा एउटा नो बलमा छक्का प्रहार गरेर दुई डट बल खेल्नुभएका अहमद तेस्रो बलमा आउट हुनुभएको हो । बसिरको विकेट लिएसँगै कुवेतले नेपाललाई १९.३ ओभरमा अलआउट गरेको हो। नेपालका लागि नन्दन यादवले १४ बलमा ३७ रन बनाउनुभयो भने आशिफ शेखले ११ बलमा २१ रन जोड्नुभयो। अन्य ब्याट्सम्यानले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
नेपालको ब्याटिङ लाइनविरुद्ध कुवेतका अनुदीप चेन्थमाराले तीन विकेट हात पार्दा यासिन पटेल र नवीनराज राजेन्द्रनले दुई दुई विकेट हात पार्नुभयो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो...        
       
    






