बार्सिलोनाद्वारा रियल मड्रिड ४-३ गोलले पराजीत
            नेपाल । बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ ।
आइतबार राति भएको खेलमा ४–३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी सातमा पुर्याएको हो ।
शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अंक छ । रियलको भने समान खेलबाट ७५ अंक छ । अब लिगका तीन खेल मात्र बाँकी छन् । तीमध्ये एक खेलमा जित या सबैमा बराबरी नतिजा निकाले पनि बार्सिलोना च्याम्पियन बन्नेछ ।
यस सिजन चारवटै क्लासिकोमा बार्सिलोनाले जित निकाल्न सफल भएको हो । जसमध्ये पछिल्लो जित कोपा डेल रे फाइनलमा निस्किएको थियो ।
ह्यान्सी फ्लिकको पहिलो सिजनमै क्लासिकोमा चारमा चार अपराजित कीर्तिमान राख्न सक्नु आफ्नै ठूलो उपलब्धि हो ।
खेलको सुरुआतमा फ्रेन्च स्टार किलियन एमबाप्पेले पाँचौं र १४औं मिनेटमा दुई गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए । तर, घरेलु मैदान मुन्टजुइक रंगशालामा बार्सिलोनाले उल्ले...        
       
    




