५ चैत्र २०८२, बिहीबार

खेलकुद

नेपाली क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको लिग खेल्दै

नेपाली क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको लिग खेल्दै

नेपाल । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी-२० लिग खेल्नुहुने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज रेड लायन्साले लिगका लागि अनुबन्ध गरेको हो । सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रिसाइन’ मार्फत अनुबन्ध गरेको उल्लेख गरेको छ । सन्दीपको अनुबन्ध रकम भने खुलाईएको छैन । इयू टी-२० लिग आगामी मे ३० देखि जुन ७ तारिखसम्म आयोजना हुनेछ । लिगमा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सकासहित ६ टोलीको सहभागीता रहनेछ ।...
आन्दोलनमा उत्रिएका क्लबहरूले मङ्गलबार पनि एन्फा मुख्यालयमा धर्ना जारी राखे

आन्दोलनमा उत्रिएका क्लबहरूले मङ्गलबार पनि एन्फा मुख्यालयमा धर्ना जारी राखे

नेपाल । सहमतिबिनै अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले चैत ३० गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि आन्दोलनमा उत्रिएका क्लबहरूले मङ्गलबार पनि एन्फा मुख्यालय गेटमा धर्ना जारी राखेका छन् । ‘ए’ डिभिजन क्लबले सोमबार विभिन्न सात बुँदे माग राख्दै एन्फा मुख्यालय सातदोवाटोमा धर्ना र विरोध कार्यक्रम सुरु गरेका थिए । एन्फाले लिग आयोजनाको नाममा एकलौटी निर्णय गरेको र यसअघि क्लबहरूसँग गरेको सम्झौता पालना नगरेको क्लबहरुको आरोप छ । यसअघि सोमबार क्लबका पदाधिकारी र एन्फा नेतृत्वबिच वार्ताभए पनि सहमति हुन नसकेपछि क्लबहरुले आन्दोलन जारी राखेका हुन् । एन्फाले क्लबहरूको माग पूरा नगरेसम्म धर्ना र आन्दोलन जारी रहने क्लबका पदाधिकारीले जनाएका छन् । यसअघि नेपाली फुटबल खेलाडी सङ्घले नियमित फुटबल गतिविधि नगरी एन्फा नेतृत्व अर्ली निर्वाचनको नाममा पुनस् चुनावको तयारीमा रहेको भन्दै आन्दोलनमा उत्रिए...
एन्फा बिरुद्ध आन्दोलनमा उत्रिए ‘ए’ डिभिजन क्लब

एन्फा बिरुद्ध आन्दोलनमा उत्रिए ‘ए’ डिभिजन क्लब

नेपाल । सहमतिबिनै अखिल नेपािल फुटबल संघ (एन्फा) ले चैत ३० गते देखि शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि क्लबहरू आन्दोलनमा उत्रिएका छन् । ‘ए’ डिभिजन क्लबका पदाधिकारीले सोमबार विभिन्न सात बुँदे माग राख्दै एन्फा मुख्यालयमा धर्ना समेत दिएका छन् । एन्फाले लिग आयोजनाको नाममा एकलौटी निर्णय गरेको र यसअघि क्लबहरूसँग गरेको सम्झौता पालना नगरेको हिमालयन शेर्पा क्लबका अध्यक्ष एवं एन्फाकै पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनुभयो । शेर्पाले नेपाली फुटबल आइसियूमा पुगेकोले बचाउनका लागि आफुहरू सडकमा आएको बताउनुभयो ।उहाँले एन्फाले क्लबहरूको माग पूरा नगरेसम्म धर्ना र आन्दोलन जारी रहने पनि बताउनुभयो । यसअघि नेपाली फुटबल खेलाडी सङ्घले नियमित फुटबल गतिविधि नगरी एन्फा नेतृत्व अर्ली निर्वाचनको नाममा पुनस् चुनावको तयारीमा रहेको भन्दै आन्दोलनमा उत्रिएको थियो । खेलाडीको आन्दोलनपछि एन्फाले हतारम...
नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा स्वीट्जरल्यान्डका एरेना नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा स्वीट्जरल्यान्डका एरेना नियुक्त

नेपाल । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षकमा स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार एरेनालाई प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाले प्रशिक्षक एरेनालाई एक वर्षको जिम्बेवारी दिएको बताईएको छ । इटालीकासमेत नागरिक ५२ वर्षीय एरेनाले यसअघि लाओस र मोरक्कोको क्लब एमएएस फेस सम्हाल्नुभएको थियो ।...
युद्धमा होमिएको इरानले सन् २०२६ को फिफा विश्वकप नखेल्ने

युद्धमा होमिएको इरानले सन् २०२६ को फिफा विश्वकप नखेल्ने

नेपाल । अमेरिका र इजरायलको आक्रमणपछि युद्धमा होमिएको इरानले सन् २०२६ को फिफा विश्वकप नखेल्ने भएको छ । इरानका खेलकुद मन्त्री अहमद डोन्यामालीले देशको वर्तमान अवस्थाका कारण विश्वकपमा सहभागिता जनाउने अवस्था नरहेको बताउनुभएको छ । आगामी जुन ११ तारिख देखि सुरु हुने विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैैछन् । इरानले एसियाली छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएको थियो । विश्वकपमा इरान समूह ‘जी’ मा छ । यस समूहमा इरानले न्युजिल्यान्डसँग जुन १५ तारिख, बेल्जियमसँग जुन २१ तारिख ९दुवै खेल लस एन्जलसमा० र इजिप्टसँग जुन २६ तारिख सियाटलमा खेल्ने तालिका छ । अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेइको मृत्यु भएसँगै अहिले इरान अस्थिर बनेको छ । यसअघि फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान फुटबल टोलीलाई विश्वकप...
‘ए’ डिभिजन लिग फुटबल चैत ३० गतेदेखि आयोजना गर्ने सहमति

‘ए’ डिभिजन लिग फुटबल चैत ३० गतेदेखि आयोजना गर्ने सहमति

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल चैत ३० गतेदेखि आयोजना गर्ने सहमति जुटेपछि खेलाडी सङ्घले एन्फामा लगाएको ताला खुलेको छ । यसअघि खेलाडी सङ्घले आइतबार विभिन्न तीन बुँदे माग राख्दै एन्फा मुख्यालयमा तालाबन्दी गरेका थिए । खेलाडीले तीन वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग निश्चित गरिनुपर्ने, खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गरिनु पर्ने र विगत नौ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्ने माग राखेर तालाबन्दी गरेका थिए । एन्फाले खेलाडीसँगको सहमतिसँगै तालाबन्दी खुलेको र लिग गर्न एन्फा तयार रहेको जनाएको छ । ‘ए’ डिभिजन लिग पछिल्लो पटक २०७९ मा भएको थियो । लिग नियमिति नहुँदा चर्चित खेलाडीहरु विदेशिएका छन् ।...
फुटबल खेलाडीद्वारा एन्फा मुख्यालयमा तालाबन्दी

फुटबल खेलाडीद्वारा एन्फा मुख्यालयमा तालाबन्दी

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) को पटक पटक रोकिएको निर्वाचनका लागि चैत १३ गते नयाँ मिति तय गरिएको छ । एन्फाको निर्वाचनको मिति नजिकिँदै गर्दा फुटबल खेलाडी भने आन्दोलनमा उत्रिएका छन् । एन्फा नेतृत्व निर्वाचनमा मात्र केन्द्रित बनेको र फुटबल गतिविधिबाट टाढा रहेको भन्दै खेलाडीले यसअघि पनि आन्दोलन गर्दै आएका थिए । नेपाल फुटबल खेलाडी संघले आइतबार विभिन्न तीन वुँदे माग राख्दै ललितपुरको सातदोवाटोस्थित एन्फा मुख्यालयमा तालाबन्दी गरेका हुन् । खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाको नेतृत्वमा एन्फा पुगेको टोलीले तीन वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग निश्चित गरिनुपर्ने, खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गरिनु पर्ने र विगत नौ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन् । खेलाडी एन्फा मुख्यालय पुगेपनि एन्फा अध्यक्षलगायत पदाधिकारी भने उपस्थित थिएन...
न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो टि-२० विश्वकपको उपाधि

न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो टि-२० विश्वकपको उपाधि

नेपाल । न्युजिल्याण्डलाई हराउँदै भारत तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ । आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता भारतले न्युजिल्याण्डमाथि ९६ रनको जित हासिल गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो । भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९ ओभरमा अल आउट हुदै १५९ रनमा समेटियो । न्युजिल्याण्डका लागि ओपनर टिम साइफर्ट सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । २६ बलको सामना गरेका उनले २ चौका तथा ५ छक्का प्रहार गरेका थिए। कप्तान मिचेल स्यान्टेनरले ३५ बलमा ४३ रन जोडे। भारतका लागि जसप्रित बुमराहले ४ तथा अक्षर पटेलले ३ विकेट लिए। त्यसअघि भारतको नरेन्द्र मोदी क्रिकेट रंगशालामा न्युजिल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल तयार गरेको थियो। ...
स्पेनिस ला लिगाको उपाधितर्फ बार्सिलोना

स्पेनिस ला लिगाको उपाधितर्फ बार्सिलोना

नेपाल । बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ लम्किएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको क्लबलाई उसैको मैदानमा १–० गोलले हरायो । बार्सिलोनाको जितमा लामिन यमलले निर्णायक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा यमलले ६८औँ मिनेटमा गर्नुभएको गोल टोलीको जितमा प्रयाप्त बन्यो । उहाँले पेड्रीको पास गोल गर्नुभयो । यस जितसँगै बार्सिलोनाले शीर्षस्थानमा चार अङ्कको अग्रता बनाएको छ । बार्सिलोनाको २७ खेलबाट ६७ अङ्क पुगेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ६३ अङ्क छ । पराजित एथ्लेटिको ३५ अङ्कसहित नवौँ स्थानमा छ ।...
भारत टी-२० विश्वकपको फाइनलमा, उपाधिका लागि न्यूजील्याण्डसँग भिड्ने

भारत टी-२० विश्वकपको फाइनलमा, उपाधिका लागि न्यूजील्याण्डसँग भिड्ने

नेपाल । इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी– २० विश्वकपको फाइनलमा स्थान बनाएको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित हासिल गर्दै भारतले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। सन् २०२४ मा भएको विश्वकपमा समेत भारतले फाइनलमा स्थान बनाउँनुको साथै उपाधि पनि जितेको थियो। योसँगै भारत चौथो पटक फाइनल पुगेको हो। भारत यसअघि २ पटक च्याम्पियन भइसकेको छ। भारतको जितमा सञ्जु स्यामसनले ४२ बलमा ८९ रन बनाउँदा हार्दिक पाण्ड्याले महत्वपुर्ण २ विकेट लिएका थिए। भारतले दिएको २५४ रनको विशाल लक्ष्यको नजिक पुगे पनि इङ्ल्याण्डले जित हासिल गर्न सकेन। इङ्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउँन सक्यो। इङ्ल्याण्डका जेकोब बेथहेलले शतक बनाएपनि हार टार्न सकेनन् । उनले ४८ बलमा ८ चौका र ७ छक्काको सहयोगमा १०५ रनको सर्वाधिक योगदान दिए। विल ज्याक्स २० बलमा ३५, साम करन १४ ब...