नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा १० जनालाई मनोनित
नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा १० जनालाई मनोनित गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा देउवाले १० जनालाई मनोनित गरेका हुन् ।
मनोनयन भएका सदस्यहरूमा ललितपुरकी गीता सत्याल, बाँकेकी उमा थापा, महोत्तरीका विनोद यादव, मोरङका रविन राई, चितवनका डा हेमराज लामिछाने, काभ्रेका पुरुषोत्तम नेपाल, गोखराका राजु गुरूङ, धादिङका बाबुकृष्ण सापकोटा, जुम्लाका गोरखबहादुर सुनार र कैलालीका निर्प खड्का रहेका छन् ।...









