१९ फाल्गुन २०८२, मंगलवार

राजनीति/समाज

फागुन २१ गते सबै मतदातालाई निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

फागुन २१ गते सबै मतदातालाई निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर निर्णय लिन आह्वान गर्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभएको छ, “भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो ।” यही फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दै भन्नुभएको छ, “निर्वाचनको सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु, शान्ति नै नेपालको असली पहिचान हो ।” प्रधानमन्त्री कार्कीले एउटा विशेष घडीमा आफूले मनका केही कुरा ...
खाडी तथा मध्यपूर्वका विभिन्न मुलुकमा १७ लाख २९ हजार नेपाली

खाडी तथा मध्यपूर्वका विभिन्न मुलुकमा १७ लाख २९ हजार नेपाली

नेपाल । परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वका विभिन्न मुलुकमा गरी १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेको जानकारी दिएको छ । मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क सार्वजनिक भएको हो । मन्त्रालयका अनुसार खाडी र मध्यपूर्व क्षेत्र नेपाली श्रमिकका प्रमुख श्रमगन्तव्य भएकाले त्यहाँ ठूलो सङ्ख्यामा नेपाली नागरिक कार्यरत छन् । पछिल्लो समय क्षेत्रीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सरकारले सम्बन्धित देशमा रहेका कूटनीतिक नियोग मार्फत अवस्था अनुगमन गरिरहेको जनाएको छ। नेपालीको विवरण : इजरायल : ६ हजार ५ सय, इजिप्ट : ५ सय, ओमन : २५ हजार, कतार : ३ लाख ५७ हजार ९१३, कुवेत : १ लाख ७५ हजार, बहराइन : २८ हजार, साउदी अरेबिया : ३ लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्स : करिब ७ लाख, लेबनान : १ हजार ५ सय, इराक : ३० हजार, साइप्रस : १७ हजार, इरान : ६ जना...
मंगलबार चन्द्रग्रहण लाग्ने

मंगलबार चन्द्रग्रहण लाग्ने

नेपाल । मंगलबार चन्द्रग्रहण लाग्ने भएको छ । ग्रस्तोदित खण्डग्रास अर्थात उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने चन्द्रग्रहण लाग्ने भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले दिउँसो ३ बजेर ३४ मिनेटमा चन्द्रमालाई स्पर्श गर्नेछ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने छ। बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ । नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिने समितिले जनाएको छ । मौसमले साथ दिएका खण्डमा देशका सबै भागबाट उक्त खण्डग्रास चन्द्रग्रहण प्रष्ट देख्न सकिने खगोलको क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरणको आवश्यकता पर्दैन । य...
रङहरूको पर्व होली मङ्गलबार तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै

रङहरूको पर्व होली मङ्गलबार तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै

नेपाल । रङहरूको पर्व होली मङ्गलबार तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार मंगलबार यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ । मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समा...
एकापसमा रङ्ग र लोला खेली फागुपूर्णिमा अर्थात् होली पर्व मनाईंदै

एकापसमा रङ्ग र लोला खेली फागुपूर्णिमा अर्थात् होली पर्व मनाईंदै

नेपाल । फागुपूर्णिमा अर्थात् होली पर्व सोमबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ्ग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) ...
प्रचण्डकै अगाडि झक्कु सुदेवीले वर्षमानलाई प्रधानमन्त्री प्रस्ताव गरे

प्रचण्डकै अगाडि झक्कु सुदेवीले वर्षमानलाई प्रधानमन्त्री प्रस्ताव गरे

नेपाल । रोल्पा सदरमुकाम लिबाङमा शनिबार नेपाली कम्युनिष्ट पार्टी रोल्पाले चुनावी सभा आयोजना गर्यो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन, नेता झक्कु सुवेदी लगायतले सम्बोधन गरे । प्रचण्ड र वर्षमानअघि बोलेका नेता सुवेदीले वर्षमान रोल्पाको मात्र नभई समग्र पार्टी र मुलुककै नेतृत्व लिन सक्षम रहेको बताए ।‘’ ‘हाम्रो पार्टीका उम्मेदवार कमरेड वर्षमान पुन अनन्तलाई देश कसरी चलाउने भन्ने राम्रोसँग थाहा छ । त्यति मात्र होइन, हिजो हाम्रो महान जनयुद्धका क्रममा उहाँले एउटा कुशल जनमुक्ति सेनाको कमाण्डर भएर काम गर्नुभएको छ । पार्टीको नेता भएर काम गर्नुभएको छ । हाम्रो पार्टीका संयोजक कमरेड प्रचण्डले पश्चिम पठाउँदा वर्षमान कमरेड पश्चिम जानुभएको छ । पूर्व पठाउँदा पूर्व जानुभएको छ । उपत्यकामा पठाउँदा उपत्यकामा जानुभएको छ र त्यहाँ गएर कुशलतापूर्वक कमाण्डिङ गर्...
हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन, अतिवाद संस्थागत हुन दिंदैनौंः महामन्त्री पौडेल

हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन, अतिवाद संस्थागत हुन दिंदैनौंः महामन्त्री पौडेल

नेपाल । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरुको प्रतिस्पर्धा नभएको बताएका छन् । सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अतिवाद संस्थागन हुन नदिने बताए । अहिले अतिवाद संस्थागत हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको भन्दै उनले कांग्रेस हरेक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको र जेनजी आन्दोलनमा नागरिकले गरेको खबरदारीबाट पनि सच्चिएको पार्टी भएको बताए । ’कांग्रेस अधिकारका लागि लामो समयदेखि बलिदान गरेको पार्टी हो,’ उनले भने,‘को पहिले जन्मियो त्यस आधारमा पुरानो हुँदैन । कांग्रेसलाई पहिले जन्मिएर नयाँ ढंगबाट नागरिकको विश्वास जितेर अघि बढेको रुपान्तरित पार्टीका रुपमा बुझ्नुपर्छ ।’ सभामा बोल्दै महामन्त्री पौडेलले देशमा देखिएका समस्यासँग आफूहरुको लडाईं रहेको बताए । ‘हामी अर्कालाई आलोचना गर्न होइन गरिबी, बेरोजगारी, भ्रष्टाचार कुशासन परास्त गर्न चाहन्छौं,’ ...
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएका दुर्गा प्रसाईं फेरि पक्राउ

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएका दुर्गा प्रसाईं फेरि पक्राउ

नेपाल । निर्वाचन बिथोल्ने गरी आइतबारदेखि आम हड्तालको आह्वान गरेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । उनलाई बिहान पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो । पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ ।प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए ।...
बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने सभापति गगन थापाको दाबी

बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने सभापति गगन थापाको दाबी

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी नेपाली कांग्रेसले लिने र उक्त अवधिमा बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने दाबी गरेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार आयोजित सर्लाही क्षेत्र नं. १ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले अब बन्ने कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको १ गते देशवासीलाई सरकारले गरेका कामको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिने जानकारी दिए । यसले सरकारको कामप्रति पारदर्शिता बढ्नुका साथै जनतालाई प्रत्यक्ष जानकारी पुग्ने र कामको गतिसमेत तीव्र हुने उनको विश्वास छ । थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउने दाबीसमेत गरे । ...
देशलाई संकटबाट पार लगाउन सबै शक्तिहरू सहकार्य गरेर अघि बढ्नु पर्छः प्रचण्ड

देशलाई संकटबाट पार लगाउन सबै शक्तिहरू सहकार्य गरेर अघि बढ्नु पर्छः प्रचण्ड

नेपाल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशीविदेशी प्रतिक्रियावादीविरुद्ध अभियान छेड्ने चेतावनी दिएका छन् । शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले उक्त चेतावनी दिएका हुन् । प्रचण्ड’ले मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रासहित समाजवादतिर अघि बढ्न फेरि एकचोटी देशीविदेशी प्रतिक्रियावादी शक्तिविरुद्ध अभियान छेडनुपर्ने अवस्था आएको बताए । उनले आसन्न निर्वाचनमार्फत आफूहरुले मुलुकको स्वाधीनता र आत्मसम्मानमाथि प्रहार गर्नेहरुलाई प्रतिवाद गरेर अघि बढ्ने सन्देश दिन चाहेको पनि बताए । उनले देशलाई संकटबाट पार लगाउन सबै शक्तिहरू सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।...