२९ पुष २०८२, मंगलवार

फोटो फिचर

बोल्डर नगरमा बरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारले सबैलाई नचाए

बोल्डर नगरमा बरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारले सबैलाई नचाए

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । तमु ल्होसारको अवसरमा कोलोराडो निवासी तमुहरुले बरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारको उपस्थितीमा बिभिन्न सांस्कृतीक कार्यक्रमका साथ नयांबर्षको सुभकामना आदान प्रदान गर्दै ल्होसार सम्पन्न गरेका छन् । तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले राजु परियारको बिशेष सांगीतिक प्रश्तुतीसंगै आफ्नो संस्कृती परम्परा अनुसार सर्प बर्गलाइ बिदागरी घोडा बर्गलाई स्वागत गर्दै ल्होसार मनाएका हुन् । बयोबृद्ध बलबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा राजु परियारको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम भौगोलिक हिसावले काठमाण्डौंसंग मिल्दो जुल्दो बोल्डर नगरमा सम्पन्न भएको हो । तमु धी कोलोराडोका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा संम्पन्न कार्यक्रमा प्रमुख अतिथी बयोबृद्ध बलबहादुर गुरुङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाली, अमेरिकी...
कोलोराडोमा सांस्कृतिक कार्यक्रमसंगै तमु ल्होसार मनाइयो (फोटो फिचरसहित)

कोलोराडोमा सांस्कृतिक कार्यक्रमसंगै तमु ल्होसार मनाइयो (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । तमु ल्होसारको अवसरमा कोलोराडो निवासी तमुहरुले बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नयांबर्षको शुभकामना आदान प्रदान गर्दै ल्होछार भब्यताका साथ सम्पन्न गरेका छन् । तमु प्ये ल्हु संघ अमेरिकाको आयोजनामा कोलोराडो निवासी तमु समुदायले आफ्नो संस्कृति परम्परा अनुसार सर्प बर्गलाई बिदागर्दै घोडा बर्गलाइ स्वागत गरेका हुन् । शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ भन्ने भनाईलाई आत्मसात गर्दै अमेरिकाको विभिन्न राज्यहरु बसोबास गर्ने तमु जातिको धर्म,संस्कार, सस्कृति, परम्परा, भाषा, भेषभुषा आदिको संरक्षण सम्बर्धन, अनुसन्धान, र प्रबर्धन सँगै समग्र आर्थिक, सामाजिक र शैक्षिक बिकास बृद्दीमा टेवा दिने उध्येश्यले तमु प्ये ल्हु संघ अमेरिका, कोलोराडोमा सन् २०१४ मा स्थापना भएको थियो । हरेक बर्ष नेपाली पात्रो अनुस...
एनआरएनए कोलोराडो च्याप्टरको पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न (फोटो फिचरसहित)

एनआरएनए कोलोराडो च्याप्टरको पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको पद हस्तान्तरण कार्यक्रम गत शनिबार नोभेम्बर २२ मा एक औपचारिक समारोहका साथ सम्पन्न भएको छ । कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष तथा NRNA NCC USA का युवा उपाध्यक्ष प्रकाश पौडेलको सभापतित्व रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि NCC USA का अध्यक्ष विकास उप्रेती उपस्थित थिए । विशेष अतिथिमा एनआरएनए ICC सदस्य रविन वज्राचार्य, NCC USA का उपाध्यक्ष कुमार लामा, वाग्मती प्रदेशका पूर्वमन्त्री मधुकुमार श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ संगीतकार शम्भुजित वास्कोटा, नायक कृष्ण मल्ल सहित स्थानीय पत्रकार, संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नेपाल तथा विदेशका विभिन्न देश र अमेरिकाका थुप्रै शहरबाट आएका कलाकारहरू एनआरएन अभियन्ताहरु सहित कोलोराडोवासी नेपाली समुदायको उत्साहपूर्ण उपस्थिति रह...
कोलोराडोमा ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण भब्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण भब्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण आइतबार अमेरिकाको कोलोराडोमा कलाकर्मिहरूलाइ सम्मान तथा सांगितीक कार्यक्रमका साथ भब्यरूपमा सम्पन्न भएको छ । नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए , हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र PHILIP HARMONY ORCHESTRA BOULDER को संयुक्त आयोजनामा ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम दर्शकहरूले खचाखच भरिएको बोल्डर थिएटरमा बिभिन्न सांगितीक कार्यक्रमका साथ कलाकर्मिहरूलाइ सम्मानगर्दै सम्पन्न भएको हो । फिल्म अवार्डमा झण्डै ५ दशक निरन्तर कलाक्षेत्रमा समर्पित विशिष्ठ कलाकार तथा चरित्र अभिनेता रामचन्द्र अधिकारीलाइ दीर्घसाधना सम्मान प्रदान गरिएको छ । यसैगरी समारोहमा अभियान श्री अवार्ड, स्मृती सम्मान, उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता र अभिनेतृसहित विभिन्न विधामा...
अमेरिकाको भर्जिनियामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न

अमेरिकाको भर्जिनियामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा विश्वभरिबाट नेपाली भाषाका विभिन्न विधाका सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्न आयोजना गरेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह शनिबार भर्जिनिया, अमेरिकामा भव्यताका साथ सम्पन्न भएको छ । २१ सय डलरको सर्वोत्कृष्ट पुस्तक पुरस्कारसहित कूल ११ हजार ५ सय डलर नगद पुरस्कार विभिन्न विधाका ११ कृतिका स्रष्टाले प्राप्त गरे । नेपालका ७ र अमेरिकाका ४ जना स्रस्टा पुरस्कृत भए । महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा सन् २००३ देखि अनेसासले हरेक दुई वर्षमा यो कार्यक्रम आयोजना गर्दछ । हरेक पछिल्ला दुई वर्षमा छापिएका पुस्तक दर्ता गराउने, मूल्याङ्कन गर्ने र पुरस्कार वितरणको समारोह अनेसास बोर्ड अफ ट्रस्टीले आयोजना गर्ने गर्दछ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकामा नेपाली मूलको पहिलो निर्वाचित सांसद डेलिगेट डा. हयारी भण्डार...
नेपाली घरको सहयोगार्थ कोलोराडोमा खेलिएको देउसी भैलोबाट १७ हजार डलर संकलन

नेपाली घरको सहयोगार्थ कोलोराडोमा खेलिएको देउसी भैलोबाट १७ हजार डलर संकलन

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) को सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा खेलिएको देउसी भैलो कार्यक्रमबाट १७ हजार ४० डलर संकलन भएको छ । कोलोराडोमा क्रियाशील संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्था र समाजसेवीहरुको सहयोगमा नेपालीहरुको दोश्रो ठूलो महान चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम सम्पन्न हो । यसअघिका बर्षहरुमा जस्तै यस बर्षपनि शुभकामना आदान प्रदान सहित नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो । यसरी देउसी भैलो खेलिएका स्थानहरुमा कोलोराडोको दक्षिणी क्षेत्र अरोराको सेन्टेनियल र नेपाली सांस्कृतिक केन्द्र नेपाली घर रहेका छन् । अरोराको सेन्टेनियलमा स्थानीय समाजसेवी राज ढुंगानाको संयोजनमा अक्टोबर १७ तारिक शुक्रबार सांझ ६ बजे देखी राती ९ः३० बजेसम्म संचानल भएको देउसी भैलो कार्यक्रमा ६ हजार ७ सय ७९ डलर संक...
ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि केसीएससीलाई

ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि केसीएससीलाई

–हेम गिरी (डेनभर, कोलोराडो) । अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली भाषी भुटानी समुदायको सक्रिय संस्था ग्लोबल भुटानीज कम्युनिटी कोलोराडो (जीबीसीसी) ले सेप्टेम्बर ६ मा आयोजना गरेको वार्षिक पिकनिक तथा भलिबल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । कोलोराडोमा रहेका नेपाली भाषी भुटानी समुदायको एकता कायम राख्नुका साथै खेलकुदमार्फत सामाजिक सद्भाव र आपसी मेलमिलाप बढाउने उद्देश्यले आयोजित यो कार्यक्रममा स्थानीय नेपाली भाषी समुदायको उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा पूल एमा लिबर्टी, एफसी, र ड्रुक्युल तथा पूल बीमा सीएनटी, केसीएससी, र युंग स्टारले भाग लिएका थिए। खेल तालिकाअनुसार पूल एमा लिबर्टी भर्सेस एफसी, एफसी भर्सेस ड्रुक्युल र लिबर्टी भर्सेस ड्रुक्युलबीच खेलहरू सम्पन्न भए । यस्तै, पूल बीमा सीएनटी भर्सेस केसीएससी, केसीएससी भर्सेस युंग स्टार,...
कोलोराडो अरोरास्थित नेपाली पाठशालाको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो अरोरास्थित नेपाली पाठशालाको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाबाट सञ्चालित नेपाली भाषा पाठशालामध्ये अरोराको पाठशालामा यस सत्रमा पढ्ने बालबालिकाहरूका लागि दीक्षान्त समारोह अरोरा स्मोकी हिलस्थित चर्चमा आयोजित एक समारोहकाबीच अगस्त ३० तारिखमा सम्पन्न भयो । यस कार्यक्रममा झण्डै १०० जनाको समुपस्थितिमा करिब ३ दर्जन बालबालिका यहाँ दीक्षित भएका थिए । स्मरणीय छ, यस्तै दीक्षान्त समारोह गत हप्ता नर्थग्लेन पाठशालाका विद्यार्थीहरूका लागि नेपाली घरमा आयोजना गरिएको थियो । कार्यक्रमका सञ्चालक समाजसेवी राजु खनालले सञ्चालन गर्नुभएको यस कार्यक्रमको शुभारम्भ पाठशालाका बालबालिकाहरूले सामूहिक नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट गरेका थिए । अनेसास कोलोराडो शाखाका सचिव परिवेश शर्माले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई स्वागत गर्दै पाठशाला सञ्चालनको उद्देश्यबारे अवगत गराउनुभएको थियो । यस कार्यक्रममा दीक्...
कोलोराडोमा नेपाली पाठशाला नर्थग्लेनको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा नेपाली पाठशाला नर्थग्लेनको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाबाट सञ्चालित नेपाली भाषा पाठशालामध्ये नर्थग्लेनको पाठशालामा यस सत्रमा पढ्ने बालबालिकाहरूका लागि दीक्षान्तसमारोह वेस्टमिन्स्टरस्थित नेपाली घरमा अगस्त २३ शनिवारका दिन हर्षोल्लासका साथ सम्पन्न भएको छ । अनौपचारिक तवरले सञ्चालित यस कार्यक्रमको प्रारम्भ पाठशालाका बालबालिकाहरूले सामूहिक राष्ट्रिय गानबाट गरेका थिए । अनेसास कोलोराडो शाखाका महासचिव पुष्पराज पौडेलले सञ्चालन गर्नुभएको यस कार्यक्रममा दीक्षित विद्यार्थी रचित रेग्मीबाट हनुमान चालिसा कण्ठस्थ पाठ गरिएको थियो । समारोहमा समृद्धि खड्का, सिमरन सुवेदी, सृष्टि खड्का लगायतले विधार्थी गान र नृत्य प्रस्तुत गरेका थिए । यसैगरी ठूलो, मध्यम तथा सानो कक्षाका विद्यार्थीहरूले पालैपालो कक्षागत रूपमा तयार पारिएको सामूहिक गीत तथा कविता वाचन गरेका थिए । यसलगत्तै खुशी र एञ्जल पौडेल दिदीबहिन...
कोलोराडोका दिदीबहिनीहरूले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालसंगै खाए तिजको दर

कोलोराडोका दिदीबहिनीहरूले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालसंगै खाए तिजको दर

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरुले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालको सहभागितामा सामुहिक रूपमा तिजको दरखाएका छन् । प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुखदुःख साटासाट गर्दै माईतीको झल्को मेटाउन सिष्टर्स ग्रुप दिदी बहिनी समूह कोलोराडोले आयोजना गरेको सामुहिक दरखाने कार्यक्रमा बसुन्धरा भुषालको सहभागिता भएको हो । कोलोराडो स्थित वेष्टमिनिष्टर सिटीमा आइतबार सांझ ५ बजे देखी राती १० बजेसम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी तथा नेपाली भाषी बुबाआमा , दिदीबहिनी दाजुभाईहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको शुरूमा सिष्टर्स ग्रुप दिदी बहिनी समुहका अध्यक्ष धन पौडेलले उपस्थित सब...