झरनाको ३०५औँ साहित्य शृङ्खलाअन्तरगत ‘झरीमा कविता’ कार्यक्रम सम्पन्न
नेपाल (हेटौंडा) । हेटौँडा–५ मा रहेको ठिकठिक खाजा घरमा सोमबार मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले आफ्नो ३०५औँ नियमित शृङ्खलाअन्तरगत झरीमा कविता शृङ्खला गरेको छ ।
संस्थाको संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीको आतिथ्यतामा भएको सो कार्यक्रममा बोल्नुहुदै उहाँले यस संस्थाले हरेक परिस्थितिमा पनि नियमित कार्यक्रम गर्न नछोडेको सम्झनुहुदै यसरी कार्यक्रमहरू हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबि बर्तौला, झसाप मकवापुरका निवर्तमान अध्यक्ष दीपक गौतम, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, सचिव सुवास सजल, लघुकथा साहित्य चौतारी मकवानपुरका संयोजक किशन पौडेल, कथाकार समिर पाख्रिन, कवि सुबास खनाल, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाललगायतले रचना वाचन गर्नुभएको थियो...









