लघुकथा: कुकुरदेखि सावधान
- रमेशचन्द्र घिमिरे-
***
फोन गर्दा गर्दा नउठेर हत्तुहैरान भएपछि खोज्दै खोज्दै ऊ नेताज्यूको घरमा नै पुग्यो अनि घरको गेटमा भएको स्विच थिचेर बेल बजायो । कहीँबाट केही प्रतिक्रिया आएन । स्विचकै अल्लि माथि सानो टिनको पत्तामा लेखिएको थियो - कुकुरदेखि सावधान । 'कुकुर भए त भुक्नु पर्ने थियो । साइनबोर्ड मात्रै रहेछ ।' उसलाई एकातिर दिक्क लाग्यो अनि आश्चर्य पनि लाग्यो ।
उसले विगत सम्झँदै मनमनै सोच्यो -'चुनावको घोषणा हुनासाथ नेताज्यू सबैभन्दा पहिले मैलाई भेट्न गाउँमा जान्थे र मेरै घरमा बास बस्थे । यहाँ आउँदा बासको त कुरै छाडौँ, मेरै फोनसमेत उठाउँदैनन् ।'
साँच्नै नै ऊ गाउँको मुखिया जस्तै थियो भने नेताज्यूका लागि भोट बैङ्कको म्यानेजर जस्तै । उसका कुरा धेरै गाउँलेहरूले मान्थे पनि । गुलियो सपना बाँड्न नेताज्यू धेरै सफल थिए । 'मैले चुनाव जितेँ भने मकहाँ आउनू अनि विकास निर्माणका लागि गर्नुपर्ने के के छन्...








