२५ मंसिर २०८२, बिहीबार

भाषा/साहित्य

गीत: यो देश मेरो पनि हो

गीत: यो देश मेरो पनि हो

-आर. आर. चौलागाईं- यो देश मेरो पनि हो अनि यो देश तिम्रो पनि हो त्यसैले यो देश हामी सबैको हो । हिमालको आफ्नै स्वाभिमान छ पहाडको आफ्नै शान छ तराईको आफ्नै मान छ । सानो भए पनि हामी बलवान छौँ गरिब भए पनि हामी दिलदार छौँ पाखे भए पनि हामी सदाबहार छौँ । हामीलाई किन्न नखोज हामी बिक्दैनौँ हामीलाई तर्साउन नखोज हामी तर्सिन्नौँ हामीलाई झुकाउन नखोज हामी झुक्दैनौँ । -हेटौंडा, मकवानपुर ।...
लघुकथाः कथुरी

लघुकथाः कथुरी

-आरसी रिजाल- सन्तान हुर्के लाखापाखा लागे।बुढी पनि बितिन् । बुढा एक्ले खेतको झुपडीमा गाईसंग बस्छ्न । एक छेउमा गाई बाँधेको छ । बाछो मरे तापनि बुढालाई प्राणधान्न बिहान बेलुकी एकमुठी दुध दिन्छिन् । आफुले गाई स्याहर्न नसक्ने भएपछि एकदिन --" जाउ गौमाता आजबाट तिमी स्वतन्त्र भयौ । जङ्गलमा जाउ रोजिरोजि तिमलाई मनपर्ने घाँस खाउ, उतै बस्नु " भन्दै किलोसहित दाम्लो बाहिर फाले । तर साँझ गाई गोठमै फर्किन् ।घाँटीमा दाम्लो नबाँधिए पनि यथास्थानमै उभिइन् । यो सिलसिला जारी रहिरह्यो । पसु भनेर के गर्नु? बुढालाई सन्तानले छाडे पनि छाडिनन् । बुढा गल्दै गए, सिकिस्त भए । गाईले उनको मुखमा पर्नेगरी कल्चौंडोबाट दूध चुवाउथिन् । एकरात बुढाको मृत्युु हुन्छ । उनले चाल पाइन् । रातभर गोठ घुम्दै बाँ बाँ गरि कराएकोले अरुका घर अलि टाढै भएकोले बिहानी पख २/३ जना --" एक्ले बुढा गाई बांधेर कता लागे ? बुढी गाई भोकले होला रातभर करा...
कविताः नेता

कविताः नेता

-सुदीपभद्र खनाल- सच्चा नेता कुसमय हुँदा अड्छ नेतृत्व लिन्छ जस्तै आउन् उचनिच सदा राष्ट्र सम्झी खटिन्छ जस्को श्रद्दासँग हृदयले लोक सम्मान गर्छन् मर्दा लाखौँ जन युगयुगौँ सम्झिई फूल छर्छन् नेता त्यो जो कलह र व्यथा दु:ख अन्याय मेट्छ खोजी राम्रोपन विषमता बीच एकत्व जोड्छ आमा सम्झी मुलुक; रणमा मातृभू नीम्ति मर्छन् जस्को सारा जनहृदयले उच्च सम्मान गर्छन् नेता हो जो युगसँग स्वयम् साउती मार्न सक्छ हाँसी हाँसी जन र मुलुकी जीतमा हार्न सक्छ जस्ले कालो कुपथ कटुता भीड सारा समाल्छन् ल्याई नौलो समय धरतीमा नयाँ दीप बाल्छन् नेता त्यो जो जसँग छ युवा साथ बूढो र बाल हाल्छन् जस्ले जग नियमको कूट खेलेर चाल उम्दा नेता सुझबुझ गरी पाइला दूर चाल्छन् ल्याई धर्तीभर मनुजता प्रेम भातृत्व पाल्छन् नेता राम्रो उदय नभए उठ्न सक्दैन देश राम्रो यौटै मुलुक नभए सभ्यता के विशेष राम्रो नेता प्रखर छ भने राष...
कविताः टाउकामा आगो

कविताः टाउकामा आगो

-लालगोपाल सुवेदी- कसैको घाउमा काँढा राख्नु ! एकछिन त मजै हुन्छ कसैको दुखाइको स्वाद चाख्नु एकछिन त मजै हुन्छ टाउकामा आगो राख्नु आडम्बरको आगो ताप्नु ! ईर्ष्या मनकै झोलीमा पाक्नु एकछिन त मजै हुन्छ घृणाको आगो ताप्नु ! एकछिन त मजै हुन्छ प्रतिशोधको इरादा राख्नु ! एकछिन त मजै हुन्छ कसैलाई रुवाइको लागि पटक पटक पासो थाप्नु ! एकछिन त मजै हुन्छ ए घृणा ! ए घृणाको आगो ! थाहा छ ? घृणा गर्नेलाई घृणा गर्ने कति हुन्छन् ? दु:ख दिनेका पनि असङ्ख्य दु:खहरू छन् आफ्नै दुष्टमतिले पोलिरहेको हुन्छ दुष्टमतिलाई ती त पश्तातापको आगोले भत्भती जलेर जीवनभरि रुन्छन् । -अमेरिका ।...
डा. शशि थापाका तीन कृति लोकार्पण

डा. शशि थापाका तीन कृति लोकार्पण

नेपाल । डा. शशि थापा पण्डितका तीन कृति ‘नेपाली कलामा कामकला, मल्लकालिक नेपालका नारीहरू, नागार्जुन क्षेत्रका सांस्कृतिक अध्ययन’ लोकार्पण भएको छ । नेपाल आदर्श महिला सङ्घ, बालाजुद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रा. दिनेशराज पन्त, प्राडा जगमान गुरुङ, प्राडा वीणा पौडेल र प्राडा पेसल दाहालले संयुक्त रूपमा डा. शशिका कृतिहरूको लोकार्पण गर्नुभयो । प्राडा जगमान गुरुङले नेपाली कलामा कामकला पुस्तकमाथि समीक्षा गर्दै कामकलाको प्रसङ्ग आउनेबित्तिकै अश्लील बोलेको, लेखेको भन्ने अल्पज्ञान राख्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “सृष्टिलाई अनन्त बनाउनेलगायत गहन विषय बुझाउने उक्त कलाबारे नकारात्मक टिप्पणीले यस विषयमा अनुसन्धान गर्न पुस्तक प्रकाशन गर्न लेखकहरू हिचकिचाउने वातावरणमा डा। शशिले साहस र जाँगर देखाएको छ । त्यसै गरी प्राडा पन्तले मल्लकालिक नेपालका नारी पुस्तकमाथि चर्चा गर्दै ऐतिहासिक व...
सविन प्रियासनको ‘कालो मन’ उपन्यास सार्वजनिक

सविन प्रियासनको ‘कालो मन’ उपन्यास सार्वजनिक

नेपाल । साहित्यकार सविन प्रियासनको १२ औं कृति ‘कालो मन’ उपन्यास सार्वजनिक भएको छ । घोराहीमा रहेर लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय प्रियासनको उक्त कृति हालै विशेष समारोहबीच सार्वजनिक गरिएको हो । उपन्यासकार प्रियासनले यसअघि गत वैशाख महिनामा ‘कडी’ उपन्यास प्रकाशित गर्नुभएको थियो । ६ महिनाको अन्तरालमा नयाँ उपन्यास पाठक माझ ल्याउनुभएका उहाँको नयाँ कृति ‘कालो मन’ २०८ पृष्ठको छ । प्रियासनका अनुसार उपन्यास कृषिमा आधारित उद्यमशीलतामा सफल एक युवा र संघर्ष गरेर चिकित्साशास्त्र अध्ययन गरेकी युवतीबिचको प्रेमकथामा केन्द्रित छ। साथै समाजमा सन्देश दिने किसिमका थुप्रै उपकथाहरू पनि यसमा समावेश गरिएको उहाँले बताउनुभयो । ‘कालो मन’ शीर्षकमार्फत नकारात्मक सोचप्रति टिप्पणी गर्दै, नकारात्मक विचारमाथि विजय प्राप्त गरी हरेक क्षेत्रमा सफलता हासिल गर्न सकिने सन्देश उपन्यासले दिन खोजेको लेखक प्रियासनको भना...
साहित्य सन्ध्याको अवसरमा दुई जना स्रष्टा सम्मानित

साहित्य सन्ध्याको अवसरमा दुई जना स्रष्टा सम्मानित

नेपाल । साहित्य सङ्गम मकवानपुरको ३६० औँ नियमित साहित्य सन्ध्याको अवसरमा दुई जना स्रष्टा सम्मानित हुनुभएको छ । डम्बर पूर्णमाया स्मृति सम्मान शनिबार हेटौँडामा आयोजित कार्यक्रममा कवि, गीतकार, आख्यानकार भुपिन र कवि, समालोचक डा. बिन्दु शर्मालाई समर्पण गरिएको हो । “डम्बर पूर्णमाया स्मृति कविता सम्मान” २०८० बाट बागलुङका कवि भूपिन र २०८१ बाट लागि काठमाडौँकी समालोचक शर्मालाई सम्मान गरिएको हो । जनही २२ हजार २२२ रुपियाँसहित साहित्यकार डा। निमेश निखिलले कार्यक्रममा सम्मान गर्नुभएको थियो । साहित्य सङ्गमका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालि –११ निवासी नियात्राकार राजाराम बर्तौलाको ‘काठमाण्डु प्याराडाइज’ नियात्रा सङ्ग्रह गृह विमोचन तथा परिचर्चा गरिएको थियो । साथै कार्यक्रममा सम्मानका संस्थापक कवि जेनन नेपालका कविता वाचन भएको छ ।...
लघुकथाः मस्ताना चालक

लघुकथाः मस्ताना चालक

-आर. आर. चौलागाईं- पर्दामा धूमधामसँग फिल्म चल्दै थियो । गुड्दागुड्दैको गाडी अचानक भिरबाट तल खस्यो । यात्रुहरूमध्ये कोही मरे, कोही घाइते भए, कोही अचेत भए । चालक बाँच्यो । ऊ भन्छ- "मैले गाडी राम्रोसँग चलाएको थिएँ । मेरो केही पनि गल्ती छैन । यो सब अरूले ममाथि गरेको षडयन्त्र हो । म फेरि गाडी चलाउँछु ।" त्यत्रो घटना भयो । चालकमा कुनै पिर पनि छैन । कुनै पश्चात्ताप पनि छैन । ऊ पहिलाजस्तै मस्ताना छ । गाडी कुच्चिएर एकातिर थन्किएको छ । छानबिन आयोग बन्यो । आयोगले चालकलाई बयानका लागि बोलायो । फेरि पनि चालक भन्दै छ- "म नियम कानुन केही पनि मान्दिनँ । बयान दिन पनि जान्नँ । मेरो गल्ती नै छैन । खोइ ! मेरो गाडी देऊ । म गाडी चलाउँछु ।" हामी दर्शकदीर्घामा बसेर यो फिल्म हेरिरहेका छौँ अनि हामीमध्ये कोही चालकलाई ठिक भनिरहेका छौँ भने कोही बेठिक भनिरहेका छौँ । -हेटौंडा, मकवानपुर ।...
लघुकथाः आमाको काख

लघुकथाः आमाको काख

-आरसी रिजाल- ४० बर्षे दिनेशको दुइटै किड्नीले कामगर्न छाडेको ६ महिना भयो। अरुको किड्नी खरिद गरेर फेर्न आर्थिक स्थिती कमजोर छ। फेर्न झण्डै करोड खर्च गर्नुपर्ने कुरा परिवारमा गरेको सुन्छ। बिरामीले सोचेको छ- श्रीमति ,दाजुभाइ,दिदीबहिनीहरु छ्न्। तर यिनिहरु किनअरुको किड्नी किन्ने कुरामात्र गर्छ्न्। मानिसको सरिरमा एउटै किड्नीले पनि काम चल्छ भनेको सुनेको छु। सबभन्दा बढी चिन्ता आमालाई भएको छ।आमाले घुमाउरो पाराले परिवारका एकएक सदस्यसंग सोधेकी हुन्छिन् ।सङ्गै मर्ने सङ्गै बाच्ने कसम खाएर प्रेम बिबाह गरेकी बुहारीले -- मलाई केही भयो भने बच्चाले दुख पाउँछ ।म त दिन शक्तिनँ भनिन् । अरु सदस्यले केही न केही बाहना गरेर पन्छिए। आमाले सम्पत्ति बेच्ने कुरा गरिन् । कसैले स्वीकृत दिएनन् । एकदिन उनले -- मेरो मन मान्दै मान्दैन। हामी आमाछोरा जति बाँच्न सक्छौं बाँचौला ।म जिउँदो छँदै छोराको लास हेर्न सक्तिनँ। एउटा कि...
कविताः अनुकुलन

कविताः अनुकुलन

-लक्ष्मण आचार्य- आऊ हामी एक‌छिन रगतको पोखरीमा पौडी खेलौँ आऊ हामी एक‌छिन पसिनाको त‌लाउमा माछा मारौँ विस्तारै डुब्दैछ घाम र पलाउँदै रात आऊ एकछिन झ्याउँकिरीसँगसँगै यो समयमा बेसुरा गीत गुनगुनाअ‍ौँ छिप्पिदै छ रात डिस्को नाचौँ साम्बा नाचौँ अश्लिलता र अशिष्टताका गल्ली गल्ली हिँडेर पुगौँ स्वार्थको टेबुलमा र समृ‌द्धिको बफे डिनर गरौँ लेवल लेबलका अन्तर्राष्ट्रिय रक्सी पिएर सक्दो अराजकताहरू ओकलौं आऊ समय विरोधी प्रतिरोधी विचार रोप्दै हामीले आफूले आफूलाई अनुकुलन गरौं र समग्र सुशासनका सपनाहरू ओझेल पारौँ –चन्द्रपुर, रौतहट ।...