२४ मंसिर २०८२, बुधबार

भाषा/साहित्य

अमेरिकास्थित राम-गीता वाङ्मय मन्दिरद्वारा पुरस्कारका लागि कृति आह्वान

अमेरिकास्थित राम-गीता वाङ्मय मन्दिरद्वारा पुरस्कारका लागि कृति आह्वान

अमेरिका । अमेरिकास्थित राम-गीता वाङ्मय मन्दिर नेपालले पुरस्कारका लागि कृति आह्वान गरेको छ । मन्दिरले २०८० वैशाखमा घोषणा गरेबमोजिम स्थापना गरिएका चार विभिन्न पुरस्कारमध्ये प्रत्येक जोर वर्षमा समर्पण गरिने साहित्य लेखनतर्फको ‘प्रतीक ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’का लागि २०८० र २०८१ सालमा प्रकाशित कृतिहरूको मूल्यांकनका लागि दर्ता गर्न आह्वान गरेको छ । त्यस्तै, नाट्यविधातर्फको ‘अशेष मल्ल सावित्री नाट्यकर्म पुरस्कार’का लागि पनि २०८० र २०८१ सालमा प्रकाशित नाट्यकृतिहरू दर्ता गर्न आह्वान गरेको छ । यो पुरस्कार नाट्यकर्मसँग सम्बन्धित भएकाले नाट्य क्षेत्रमा योगदान दिने प्रतिभालाई मात्र प्रदान गरिने जनाइएको छ । कृति दर्ताका लागि इच्छुक स्रष्टा वा प्रकाशकले आगामी मंसिर मसान्तभित्र सबै विधाका कृतिहरू चार–चार प्रति बुझाउन भनिएको छ । दुवै पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको विज्ञप...
नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ को अंग्रेजी अनुवाद लोकार्पण

नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ को अंग्रेजी अनुवाद लोकार्पण

नेपाल । नारायण वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद लोकार्पण गरिएको छ । लेखक नारायण वाग्लेले एडअर्डो रिनकनलाई अनूदित पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको हो । पत्रकार–साहित्यकार हुँदै पछिल्लो समय कृषकका रूपमा आफ्नो गाउँ तनहुँ फर्किएका वाग्लेले बायोडायनामिक कृषि अभियानका एक अग्रणि व्यक्तित्व रिनकनलाई पुस्तक उपहार दिएका थिए । नारायण वाग्लेले काठमाडौंमा लामो समय पत्रकारिता गरे । जहाँ उनले अनौपचारिक शैलीमा ‘कफी गफ’ लेखे । कफी गफको लोकप्रियता यति चुलियो कि वाग्ले अहिले पनि पाठकबाट ‘कफी गफ’को त्यो चुस्की लिइरहेका हुन्छन् । ‘कोरियाना कफी गफ’लाई नेपालीबाट अंग्रेजीमा अनुवाद प्रवीण अधिकारीले गरेका हुन् । वाग्लेको त्यही कफी गफ शैलीबाट प्रभावित भएर आफूले अनुवाद गरेको प्रवीण बताउँछन् । ...
भूपिनको निबन्धसंग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक

भूपिनको निबन्धसंग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक

नेपाल । कवि, उपन्यासकार एवं निबन्धकार भूपिनको निबन्धसंग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक गरिएको छ । कात्तिक १५ नवलपरासीको गैँडाकोटमा अक्षर समूह चितवनद्वारा आयोजित कार्यक्रममा कृति लोकार्पण गरिएको हो । गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, समालोचक डा. एकनारायण पौड्याल, रोशन शेरचन, निमेष निखिल र सामना पहाडले संयुक्त रूपमा कृति विमोचन गरे । संग्रहमा चिन्तन, सम्झना र पर्यावरणरयात्रा गरी तीन खण्डमा २० निबन्ध समेटिएको छ । निबन्धकार भूपिनले आफूले यो कृति पूर्णतया इमानदार भएर लेखेको बताए, “यो मेरो वैचारिक प्रस्ताव हो । सबै पाठक मेरो विचारसँग सहमत हुनुपर्छ भन्ने छैन ।” बुकहिलबाट ‘डिलक्स संस्करण’मा प्रकाशित ‘मध्यको उज्यालो’ भूपिनको सातौँ किताब हो ।...
साझा प्रकाशनले बजारमा ल्यायो कथाकार दिलीप शाहको ‘डाइपर भिसा’

साझा प्रकाशनले बजारमा ल्यायो कथाकार दिलीप शाहको ‘डाइपर भिसा’

नेपाल । कथाकार दिलीप शाहको लघुकथासङ्ग्रह ‘डाइपर भिसा’ बजारमा आएको छ । अभाव, पीडा, बेथिति, भ्रष्टाचार जस्ता विषयलाई सहज रूपमा चोटिलो पारामा सङ्ग्रहभित्र प्रस्तुत गरिएको छ । यसै गरी माया, प्रेम अभाव, पीडा, गरिबी, विदेशमोह, सन्तानप्रेम र यसका राम्रा र नराम्रा पक्षलाई पुस्तकभित्र समान रूपमा चित्रण गरिएको छ । नराम्रा कुरालाई देखाई राम्रा पक्षको कामना गर्नु र समुन्नत समाज निर्माण होस् भन्ने यस कृतिको आशय हो । बढ्दो विदेश मोहले निम्त्याएका अनेकौँ विकृतिप्रतिको चोटिलो प्रहार कृतिभित्र पाइन्छ । नेतागिरीदेखि वर्तमान यथार्थको सग्लो चित्रण सहज र सरल भाषाशैलीमा लेखकले पस्कनुभएको छ । विकृति र विसङ्गतिको चिरफार गरी समुन्नतिको चाहना प्रकट गरिएको कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो । कृतिभित्र ९४ वटा लघुकथा समावेश छन् । शाहका यसअघि ‘मौनधारण’, ‘मुर्दार काठमान्डु’, ‘बघिनी’ ‘चियर्स’ र ‘श्रद्धासुमन’ कथा...
कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ बजारमा

कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ बजारमा

नेपाल । कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ आइतबारदेखि बजारमा आएको छ । पुस्तकमा २२ वटा कथा समावेश छन् । कथासङ्ग्रहमा सयपत्रीले प्रेम र मानवीय संवेदनालाई समेट्नुभएको छ । मानिसका ढोङ र आडम्बरका मुखौटा च्यात्दै विद्रोहसमेत बोलेका छन् । सरल र सरस शैलीमा लेखिएका सयपत्रीका कथालाई समकालीन नेपाली साहित्यका प्रतिनिधि मान्न सकिन्छ । शिक्षण पेसाबाट निवृत्त कथाकार सयपत्री समाजको पिँधमा रहेका भुइँमान्छेका कथा लेख्न रुचाउने लेखक हुनुहुन्छ । उहाँका कथामा ग्रामीण जनजीवनको झल्को पाइन्छ । महिला बालबालिका उत्पीडित वर्ग साथै सामाजिक तथा राजनीतिक विकृति उहाँको लेखनका मूल विषयवस्तु रहँदै आएका छन् । सयपत्रीका यसअघि ‘सत्ताकवच’, ‘मखमलीका राजाहरू’ र ‘बादसाहको अटोग्राफ’ कथासङ्ग्रह एवं ‘सीमान्त विचलन’ उपन्यास प्रकाशित छन् । परिचय पब्लिकेसनले पुस्तकलाई प्रकाशनमा ल्याएको हो ।...
अमेरिकाको भर्जिनियामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न

अमेरिकाको भर्जिनियामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा विश्वभरिबाट नेपाली भाषाका विभिन्न विधाका सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्न आयोजना गरेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह शनिबार भर्जिनिया, अमेरिकामा भव्यताका साथ सम्पन्न भएको छ । २१ सय डलरको सर्वोत्कृष्ट पुस्तक पुरस्कारसहित कूल ११ हजार ५ सय डलर नगद पुरस्कार विभिन्न विधाका ११ कृतिका स्रष्टाले प्राप्त गरे । नेपालका ७ र अमेरिकाका ४ जना स्रस्टा पुरस्कृत भए । महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा सन् २००३ देखि अनेसासले हरेक दुई वर्षमा यो कार्यक्रम आयोजना गर्दछ । हरेक पछिल्ला दुई वर्षमा छापिएका पुस्तक दर्ता गराउने, मूल्याङ्कन गर्ने र पुरस्कार वितरणको समारोह अनेसास बोर्ड अफ ट्रस्टीले आयोजना गर्ने गर्दछ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकामा नेपाली मूलको पहिलो निर्वाचित सांसद डेलिगेट डा. हयारी भण्डार...
जनकवि दुर्गालाल श्रेष्ठको छ पुस्तक र म्युजिक भिडियो सार्वजनिक

जनकवि दुर्गालाल श्रेष्ठको छ पुस्तक र म्युजिक भिडियो सार्वजनिक

नेपाल । जनकवि दुर्गालाल श्रेष्ठको छ पुस्तक तथा उहाँको रचनामा रहेको गीतको म्युजिक भिडियो ‘जिगु गर्व’ म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शुक्रबार श्रेष्ठका कृति कपूया कुँ, नःलिगु नुगः खँ, छुछुं गिजिमिजि ध्वः, कावा, कविया बाखं कविया भासं र अन्तर्भाव थूयाको लोकार्पण गर्नुभयो । यसै गरी सोही कार्यक्रममा विश्वास वज्राचार्यले निर्देशन गर्नुभएको जिगु गर्व गीको म्युजिक भिडियो सार्वजनिक गरेको हो । दुर्गालाल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के। सुन्दरले भाषा आयोगका सदस्य, पत्रकार तथा साहित्यकार सुरेशकिरण मानन्धरसँगको अन्तक्रिया कार्यक्रममा लेखन प्रवृत्तिसहित जनकवि दुर्गालालको जीवनका विविध पक्षबारे चर्चा गर्नुभएको थयो । मल्लको करिब ५० वर्षदेखि जनकवि दुर्गालालसँग सङ्गत रहेको छ । ८९ वर्षीय दुर्गालाल २००६ सालम...
रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ कविता संग्रह सार्वजनिक

रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ कविता संग्रह सार्वजनिक

नेपाल । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको संग्रह ‘माथिको आदेश छ’ सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘जेनजी’ युवा र कवि मिश्रले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे । “नेपालमा हिरासतमा बसेर आत्मसंस्मरण लेखिएका छन्, दैनिकी लेखिएका छन्, उपन्यास लेखिएका होलान्, तर यसरी कविता लेखिएको मैले थाहा पाएको छैन,” मिश्रले भने, “नेपालको सन्दर्भमा यो पुस्तक नयाँ प्रयोग हो कि भन्ने मेरो अनुमान छ ।” आफ्नो जीवनमा यो कवितासंग्रहको विशेष अर्थ रहेको उनको भनाइ छ । उनले यसअघि तयार अर्को कवितासंग्रहलाई थाती राखेर हिरासतको बसाइका क्रममा फुरेका कविता आफूले सार्वजनिक गरेको बताए । ‘माथिको आदेश छ’मा संगृहीत कविता ‘हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान’ रहेको उनले उल्लेख गरे । “यी कविता ‘हिरासतको ...
कविता: अर्थान्तरण समय

कविता: अर्थान्तरण समय

-लक्ष्मण आचार्य- समयको चुल्ठो निमोठेर समग्र व्यवस्थाको ऐँजेरु मठारेर उपस्थित छ वर्तमान तिम्रो घर, आँगन खलियान गाउँ, गोठ र मचानसम्म उदाङ्गिएर सत्ताको सर्वाङ्‌ग रुप समय आफ्नो भएर उपस्थित हुँदा यतिखेर सपनाको फॉट साँच्चै सुन्दर र आत्मीय भएको छ X X X म हिजो तिम्रा निम्ति लेख्थेँ कामनाका कविताहरु आकाङ्क्षाका आव्हानहरु आशाका भविष्यहरु हाम्रा सुन्दर सपनालाई कोतरेर आफैलाई थिचिइरहको समय विरुद्ध म सधैँ अग्रपङ्‌‌‌तीमा उभिन खोज्थेँ चेतनाको मशाल बाल्न खोज्थेँ अब तिमी मेरै आँगनमा आत्मीय भएर उभिँदा प्राप्तिको फूल फुले झैँ लागेको छ X X थुप्रै यात्राहरू लक्ष्यको थुम्कोसम्म नपुगेरै विलय भएका बिहानहरु छन् उपलब्धिहरू/ परिवर्तनहरू गाउँघर, गोठ र चोकसम्म नभित्रिएरै पराजय भएका इतिहाहरु छन् जूनलाई छुन खोज्ने घामझैँ बल्न खोज्ने आगो‌झैँ न्यानो र फूलझैँ प्यारो विगतमा तुहिएका विश्वासहरु...
गीत: यो देश मेरो पनि हो

गीत: यो देश मेरो पनि हो

-आर. आर. चौलागाईं- यो देश मेरो पनि हो अनि यो देश तिम्रो पनि हो त्यसैले यो देश हामी सबैको हो । हिमालको आफ्नै स्वाभिमान छ पहाडको आफ्नै शान छ तराईको आफ्नै मान छ । सानो भए पनि हामी बलवान छौँ गरिब भए पनि हामी दिलदार छौँ पाखे भए पनि हामी सदाबहार छौँ । हामीलाई किन्न नखोज हामी बिक्दैनौँ हामीलाई तर्साउन नखोज हामी तर्सिन्नौँ हामीलाई झुकाउन नखोज हामी झुक्दैनौँ । -हेटौंडा, मकवानपुर ।...