२८ फाल्गुन २०८२, बिहीबार

भाषा/साहित्य

कविता: भूस्वर्ग

कविता: भूस्वर्ग

-सुदीपभद्र खनाल- निषेध भेद मुक्तभै समग्र जात जातिका अनेक भित्र एकभै समुच्च राष्ट्र एकता मिलेर आज देशको उचाल भाल शैलझैँ हुँदैन देश स्वर्गझैँ निषेध अन्त्य यो नभै विभेद मेट आँशुका समेट राष्ट्र भावना प्रवेग भेदभावका असंख्य दु:ख ताडना प्रज्वल्ल पार देश यो जुटेर एकभै सबै हुँदैन देश स्वर्गझैँ विभेद अन्त्य यो नभै छ द्वेष भाइभाइमा निकाल फाल कल्मष विशुद्द भातृ भावना लिएर फाल तामस मसाल बाल लौ जुटी स्वराष्ट्र निम्ति एकभै हुँदैन देश स्वर्गझैँ छ द्वेष जो सबै नगै विवेकको चढी रथ स्पृही सुसिर्जना रथि बनेर राष्ट्र बैँसको युगान्त क्रान्ति सारथि बनेर हेर थाल लौ समृद्दि शान्ति एक भै हुँदैन देश स्वर्गझैँ विवेक शक्तिमा नभै निराश आश मुक्त जो समाज आज दृष्य छ विशाल उग्र हुण्डरी युगीन भित्र तीब्र छ कुडा बनेर बग्दछौ तिमी नवीनता नभै हुँदैन देश स्वर्गझैँ निराश भाव यो नगै -अमेरिका ।...
कविता: घाम र नदीहरू

कविता: घाम र नदीहरू

-आर. आर. चौलागाईं- उसले घामलाई झुल्किनबाट रोक्न खोज्यो बटुलेर पतिङ्गरहरू सल्काएर आगो धुवाँ बनाएर कुइरीमण्डल पार्यो तर घाम त उसले पत्तै नपाई झुल्किसकेछ र आकाशमा पुगिसकेछ । उसले नदीलाई बग्नबाट छेक्न खोज्यो खसालेर ढुङ्गाहरू लगाएर गारो बाँध बनाएर माथिसम्म ढाक्यो तर नदी त उसले थाहै नपाई हिँडिसकेछ र फाँटमा पुगिसकेछ । उसले धेरैधेरै घामहरूलाई धेरैधेरै नदीहरूलाई यसरी नै रोक्न खोज्यो यसरी नै छेक्न खोज्यो तर घामहरू झुल्किरहे नदीहरू बगिरहे । आज घामहरू उज्यालोको कविता फिँजाइरहेछन् आज नदीहरू उन्मुक्तिको गीत गाइरहेछन् । -हेटौँडा ।...
लघुकथा: किरिया खर्च

लघुकथा: किरिया खर्च

-आरसी रिजाल- हितप्रसादका छोराबुहारी-- गनगने बुढाको कुरा भन्दै एउटा कानले सुनेर अर्को कानले उडाउछ्न्। आफ्नो आसय नबुझीदिएकोमा बुढा खिन्न छ्न्।तर भतिजो इमानप्रसाद ठुलोबा भनेपछि भुतुक्कै हुन्छ। बुढालाई भेट्न जाँदा उ कहिले खालिहात जाँदैन । उसको व्यबहारबाट बुढा सारै प्रभावित छ्न्। इमानले बुढाकै खर्चमा उनकै इच्छा अनुसार नेपाल भारतका धेरै तिर्ध घुमाइदिएका हुन् । आफुहरुले गर्नुपर्ने कर्तब्य इमानले गरिदिएकोमा छोराबुहारी-- क्याबात भाइ भन्दै उसलाई धाप मार्छ्न्। इमानलाई पैसाको गाह्रोसाह्रो पर्दा बुढाले उसको माघ अनुसार छोराहरुले चाल नपाउनेगरि पटकपटक सापट दिन्थे।इमानले पनि आफ्नो गर्जो टारीदिएकोमा बैंकको ब्याजभन्दा ४/५ प्रतिसत थपेर तोकेको मितिमा फिर्ता गर्दिन्छ। समाज बुझेका सचेत खालका व्यक्ति भएर होला-- बुढेसकालमा दुख पाइएला भनेर छोराहरूले चाल नपाउनेगरि बैकमा पैसा जम्मा गरेका छ्न्। एकदिन इमान अध्यारो...
बद्रीप्रसाद ढकालको सम्पादनमा ‘देवकोटाका समग्र निबन्ध’ प्रकाशित

बद्रीप्रसाद ढकालको सम्पादनमा ‘देवकोटाका समग्र निबन्ध’ प्रकाशित

नेपाल । लेखक साहित्यकार बद्रीप्रसाद ढकालको सम्पादनमा ‘देवकोटाका समग्र निबन्ध’ प्रकाशित भएको छ । यसभित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू ‘लक्ष्मी निबन्धसंग्रह’, ‘दाडिमको रुखनेर’, ‘प्रसिद्ध प्रबन्ध संग्रह’ र ‘महाकवि देवकोटाका निबन्ध’ गरी चार कृतिका समग्र निबन्ध समेटिएको छ । यस निबन्धकृतिलाई अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो ।...
प्रदीप सापकोटाको नियात्राकृति ‘यात्राको लय’ को दोस्रो संस्करण सार्वजनिक

प्रदीप सापकोटाको नियात्राकृति ‘यात्राको लय’ को दोस्रो संस्करण सार्वजनिक

नेपाल । साहित्यकार प्रदीप सापकोटाको नियात्राकृति ‘यात्राको लय’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा. सृजना शर्मा, लेखनाथ हुमागाईं, छविरमण सिलवाल र नियात्राकार सापकोटालगायत साहित्यकारले उक्त कृति सार्वजनिक गर्नुभएको हो । कृति सार्वजनिक गर्दै प्राडा गौतमले यात्रा संस्मरण या नियात्रा लेख्दा ढाँट्ने छुट लेखकलाई नभएको यसमा प्रदीप इमानदार भएको बताउनुभयो । सत्यतथ्यमा आधारित रहेर निबन्धात्मक यात्रा संस्मरण लेखिनुपर्नेमा जोड दिनुभयो । साहित्यकार तथा समीक्षक प्रमोद प्रधानले सार्वजनिक कृतिको समीक्षा गर्दै यात्रा निबन्ध, नियात्रा र यात्रा संस्मरणबारे चर्चा गर्नुभयो । उहाँले यात्रा निबन्धमा चित्रात्मक गति हुनुपर्नेमा जोड दिनुभयो । प्रदीपको यात्राकृतिमा गति रहेको उहाँले उल्लेख गर्नुभयो । अर्का समी...
दयाराम श्रेष्ठद्वारा लिखित ग्रन्थ ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ लोकार्पण

दयाराम श्रेष्ठद्वारा लिखित ग्रन्थ ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ लोकार्पण

नेपाल । साहित्यकार समालोचक प्राडा दयाराम श्रेष्ठद्वारा लिखित ग्रन्थ ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । वानीरा फाउन्डेसनद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समालोचक प्राडा वासुदेव त्रिपाठीले कृति लोकार्पण गरे । डा. त्रिपाठीले नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्रा।डा। दयाराम श्रेष्ठले कथाकार इन्दिरा प्रसाईका कथाबारे समालोचना गरेर न्याय गरेको बताए । प्रा।डा। श्रेष्ठले कथाकार प्रसाईका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरिएको यस कृतिमा आफूले कथासम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको उल्लेख गरे । नइ एकेडेमीबाट प्रकाशित उक्त ग्रन्थबारे समालोचक प्रा। केशव सुवेदीले आफ्नो धारणा राखे भने कथाकार प्रसाईले प्रस्तुत ग्रन्थ आफ्नो लेखनयात्राको स्वर्णिम उपलब्धि भएको बताइन् । कार्यक्रममा इ। शंकर गिरी, प्राडा ऋषिराम...
चूडामणि नेपाल ‘अकिञ्चन’को लघुकथासंग्रह ‘धुँवाको रङ’ सार्वजनिक

चूडामणि नेपाल ‘अकिञ्चन’को लघुकथासंग्रह ‘धुँवाको रङ’ सार्वजनिक

नेपाल । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’को लघुकथासंग्रह ‘धुँवाको रङ’ सार्वजनिक गरिएको छ । सोमबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजुकुमार थपलिया लगायतले कृति सार्वजनिक गरे । उक्त अवसरमा प्रमुख अतिथिसहित साहित्यकारहरू विवश पोखरेल, कविराज न्यौपाने, बलराम पोखरेल, भूषण ढुंगेल, हरि कट्टेल, दिङलाली कान्छो, गोकुल अधिकारी र कृतिकार अकिञ्चनले आफ्नो धारणा राखे । कार्यक्रममा साहित्यकारहरू सीमा आभास, रोशन पराजुली, मीनकुमार नवोदित, विष्णु भण्डारी र गायत्री चापागाईले विमोचित कृतिबाट लघुकथा वाचन गरेको कवि गोकुल अधिकारीले जनाएका छन् ।...
पद्म प्रभात प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

पद्म प्रभात प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

नेपाल । विगत चार दशकदेखि भाषा, साहित्य, कला, संस्कृति तथा धर्म–दर्शनको श्रीवृद्धिमा सक्रिय रहनुभएका साहित्यकार तथा संस्कृतिविद पद्मराज जोशी ‘प्रभात’ को नाममा स्थापित पद्म प्रभात प्रतिष्ठान २०७९ ले यस वर्ष २०८२ का लागि विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ। प्रतिष्ठानको माघ ३ गते धनगढीमा बसेको बैठकको निर्णयअनुसार १ लाख ११ हजार १११ रुपियाँ राशीको पद्म प्रभात प्राज्ञिक पुरस्कार २०८२ भारत उत्तराखण्ड राज्यको अल्मोडा निवासी साहित्यकार, इतिहासकार, पुरातत्वविद् तथा संस्कृतिविद् प्राडा महेश्वरप्रसाद जोशीलाई प्रदान गरिने भएको छ। डा। जोशीले सन् १९६५ देखि प्राचीन इतिहास, संस्कृति र पुरातत्व विषयमा निरन्तर अनुसन्धान गर्दै मध्यहिमालय (गढवाल, कुमाउ र डोटी) क्षेत्रको इतिहास, पुरातत्व र संस्कृतिमा १०० भन्दा बढी शोधपत्र प्रकाशित गर्नुभएको छ । नेपाल–भारत हिमाली भू–भागको पाषाणकालीन प्रागइतिहास, भाषा उद्भव तथ...
सुवास सुनारद्वारा लिखित ‘सोच र सफलता’ लोकार्पण

सुवास सुनारद्वारा लिखित ‘सोच र सफलता’ लोकार्पण

नेपाल । नेपाल सरकारका कृषि विकास अधिकृत सुवास सुनारद्वारा लिखित ‘सोच र सफलता’ नामक पुस्तकको एक विशेष समारोहबिच शनिबार लोकार्पण गरिएको छ । तनहुँको व्यास नगरपालिका–१, भादगाउँ निवासी लेखक सुनारको उक्त कृतिको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । पुस्तक लोकार्पण गर्दै न्यौपानेले समाज परिवर्तन र व्यक्तिको प्रगतिका लागि सकारात्मक सोच अपरिहार्य रहेको बताउनु भयो । उहाँले निजामती तथा क्याम्पस प्राध्यापन सेवामा रहेर पनि साहित्य र चिन्तनको क्षेत्रमा समय निकाल्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्नु भयो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे विकले सामाजिक रूपान्तरणका लागि यस्ता बौद्धिक खुराकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले पुस्तकले युवा पुस्तालाई प्रेरणा दिने बताउनु भयो । प...
कविता: समय-रथ

कविता: समय-रथ

-सुदीपभद्र खनाल- जडभरत धेरै छन् युगका काखमा जब महाभारत नै हुन्छ बढ्दैछन् धूर्त कौरव काटिन्छ अँगुठो अर्को मारिन्छ कर्ण काबिल महायुद्द विना यौटा रोकिन्न अब खल्बल भए धेरै जरासन्ध धृत अन्ध नराधम नभए भङ्ग यो चाला नभए भङ्ग यो क्रम स्वयम् हार्नेछ साम्राज्य कूट षड्यन्त्र यो बुझ हे युवा राष्ट्रका नीम्ति पूर्ण जागृत भै उठ जिन्दगी युद्द हो यौटा लड्नै पर्छ पलापला खेपेर शकुनी शल्य घात अनेक अर्गला नविर्स बन्दकी राखी विवेक बाँच्नु मृत्यु हो लोकको हितका निम्ति लड्नू महान् सुकृत्य हो नबनी स्वार्थको बन्दी नभनी के म पाउँछु त्यागको भावले सच्चा भन राष्ट्र बनाउँछु जगाऊ जनमा आशा निभाऊ रोग भोकको गरीबी दाग फालेर मुहार फेर देशको हुँदैन शान्ति यो युद्द नभए अनिवार्य छ विना शान्ति कहाँ हुन्छ निर्माण मूल कार्य छ यो धर्म युद्द हो जाग पक्र कर्तव्यको पथ हे कर्म वीर हो आऊ हाँक यो पलको रथ गर...