अनेसासको नयाँ कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण जुलाई २८ मा हुँदै
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम जुलाई २८ तारिक (आइतबार) का दिन हुने भएको छ ।
अनेसास मेरिल्याण्ड च्याप्टरको संयोजनमा उक्त कार्यक्रम हुन लागेको हो । स्थानीय माउन्ट एभरेष्ट रेष्टुरेन्टमा बिहान ११ बजेदेखि १ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।
यसअघि सम्पन्न निर्वाचनबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति २०२४–२०२६ कार्यकालका लागि नयाँ नेतृत्व चयन भइसकेको छ ।
अनेसासको निर्वाचनबाट अध्यक्षमा सर्वज्ञ वाग्ले, वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदी, अमेरिका महादेशीय उपाध्यक्षमा सुदिपभद्र खनाल, एसिया महादेशीय उपाध्यक्षमा सरिता अर्याल, अफ्रिका महादेशीय उपाध्यक्षमा गणेश खड्का, युरोप महादेशीय उपाध्यक्षमा डिल्लीराम अम्माइ, ओशीयानिया महादेशीय उपाध्यक्षमा हरिप्रसाद अधि...









