२३ कार्तिक २०८२, आईतवार

भाषा/साहित्य

अप्सरा तिम्सिना र दीपक मुडवरी स्मृतिविशेष रचनावाचन कार्यक्रम सम्पन्न

अप्सरा तिम्सिना र दीपक मुडवरी स्मृतिविशेष रचनावाचन कार्यक्रम सम्पन्न

नेपाल (हेटौंडा) । शनिबार साहित्यकारद्वय स्व. अप्सरा तिम्सिना र स्व. दीपक मुडवरी स्मृतिविशेष रचना वाचन कार्यक्रम आयोजना सम्पन्न भएको छ । आँचल साहित्य कला पुञ्ज र साहित्य सङ्गम मकवानपुरको ३४५औँ नियमित साहित्य सन्ध्याका क्रममा संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो । शिक्षाविद् देव श्रेष्ठको प्रमुख आतिथ्य र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा सङ्गमका सल्लाहकार निमेष निखिलको विशिष्ट आतिथ्यता, आँचल साहित्य कला पुञ्जको संस्थापक मुना धिताल, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दनाको आतिथ्य रहेको थियो । स्रष्टाद्वय तिम्सिना र मुडवरीको स्मृतिमा मौनधारणबाट सुरू भएको कार्यक्रममा उहाँहरूका ३र३ रचनाहरू सबिता तिमल्सिना, भवानी तिमल्सिना, एलिजा गौतम, संप्रस पौडेल, सानु खनाललगायतका सर्जकहरूले वाचन गर्नुका साथसाथै श्रष्टाहरू राजुराम...
भृकुटीमण्डपमा नेपाल काव्यमहोत्सव सम्पन्न

भृकुटीमण्डपमा नेपाल काव्यमहोत्सव सम्पन्न

नेपाल । साउन १२ गते शनिबार एपेक नेपाल काव्यमहोत्सव पर्यटन बोर्ड भृकुटीमण्डपमा सम्पन्न भएको छ । ७ प्रदेश का दुई दुई गरी १४ शक्तिशाली कविहरूले कविता वाचन गरेका थिए । रोशन परियार, कल्पना जोशी, अस्मिता बादी, विपी अस्तु, रेणुका जिसी, हेमप्रकाश मन्जिल, भूमिका थारू, रोसन पुन, एस लामा, लीला अनमोल, देवव्रत, अविनाश भट्टराई, अमृत र अदीप अधिकारी रहेका थिए । प्रमुख कवि तुलसी दिवसले कविता वाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा संस्थाले कविहरूलाई मायाको चिनो र खामबन्दी नगद सम्मानसहित प्रमुख अतिथि कवि तुलसी दिवसको हातबाट प्रदान गरिएको थियो । एपेक नेपाल अर्थात् लेखक, सम्पादक र प्रकाशकहरूको सर्कल स्थापना भएको २५ वर्ष पुगिसकेको छ । संस्थाका संयोजक कवि राजेन्द्र शलभले २५ वर्षमा हामीले कवितालाई लोकप्रिय बनाउन धेरै शृङ्खलाको आयोजना गरेको बताए । कार्यक्रममा कविता वाचनपछि कवि लीला अनमोलको हालै प्रकाशित ‘अन्तिम...
कविताः लज्जा

कविताः लज्जा

-लक्ष्मी ‘रेशमी’- खोजिरहेको छु समेटेर सारीको टुप्पोमा अलिकति शर्मको पोको दौराको तुनामा झुन्डिएको थोरै स्नेह र भाइचारा । वल्ला घरे, पल्ला घरे नुनतेल, चामलको पैँचो अँगेनो सल्काउन छ्वालिमा बलेको कोइला मकैको खोस्टामा राखेर बिगौती प्रेमको । सम्झिरहेछु समेटेर आमाको चौबन्दीमा अलिकति न्यानोपन इस्टकोटको गोजीको पिप्लामेट जिन्दगीको त्यो मिठास । थोरै अनुशासन र हिम्मत माया अनि आदरभावपूर्ण संस्कार त्यो बलियो आफ्नाको सुरक्षा घेरा मनभरी बिश्वास र आस्था । लत्याएर सबै सबै देखेर हाम्रा हर्कतहरु लजाइरहेछ आज पर क्षितिजपारी बाँकीरहेको अलिकति लज्जा । –चन्द्रपुर, रौतहट ।...
लघुकथाः स्त्रीनाम

लघुकथाः स्त्रीनाम

–आरआर चौलागाईं– उसले पत्रिकामा कविता पठायो । छापिएन । प्रतियोगितामा कविता प्रेषित गर्यो । छानिएन । यसरी वर्षौँ बित्यो । ऊ दिग्दार भयो । न कविता छापियो । न कविता नै छनौट भयो । उसको कवितामाथि कसैको दृष्टि परेन । उसले एउटा गज्जबको उपाय निकाल्यो । उसले पहिल्यै पठाइसकिएका पुराना कविताहरू स्त्रीनाममा पठायो । लगातार छापियो । स्त्रीनाममै प्रतियोगितामा कविता प्रेषित गर्यो । धमाधम छनौट भयो । पुरस्कृत पनि भयो र उसको ठेगानामा पुरस्कार समेत आयो । उसका कवितामाथि देशका नाम चलेका समालोचकहरूले समालोचना गरे । कसैले शोधपत्र लेखे भने कसैले उसको कवितालाई विदेशी भाषामा अनुवादसमेत गरे । अझ केही विद्वानले त यति समेत भने–‘नेपाली साहित्यमा आजसम्म यस्तो बेजोड कविता लेख्ने कवयित्री अरू छैनन् ।’ –हेटौंडा, मकवानपुर । (२०६५ सालमा प्रकाशित लघुकथासङ्ग्रह ‘विघटनको तयारीमा’ बाट)...
बालकविताः कमिलाको ताँती

बालकविताः कमिलाको ताँती

–रमेशचन्द्र घिमिरे– खुसी भए बाजे खुसी भयो नाति देखेपछि आहा कमिलाको ताँती । मिलिजुली हिँड्छन् भई साथी साथी नपत्याए हेर कमिलाको ताँती । लाइन नबिगारी गर्छन् तलमाथि हेरिराखूँ जस्तो कमिलाको ताँती । पहाड बोक्न सक्ने बलिया र आँटी मान्छेभन्दा जाती कमिलाको ताँती । –भोर्लेटार, लमजुङ ।
लघुकथाः सन्तान थरीथरीका

लघुकथाः सन्तान थरीथरीका

–आरसी रिजाल– बेचनी खत्री ८० बर्ष पुगिन् । पतिको निधनपछि जेठो छोरा विनोदसँग बसेकी २० बर्ष भयो । कान्छो छोरा अमोदले आमालाई आफ्नो घर लैजान कयौँ बर्षदेखि दाजुसँग अनुरोध र झगडा गर्दासमेत सफल हुन सकेन । अमोदले मुद्दा हाल्यो । अदालतले बिनोदलाई झिकायो । न्यायाधीशले “आमाको जिउनी शेषपछि दुवै भाइले बराबर पाउने फैसला गर्दिउँ” भने । दुवै भाइले “जिउनी चाहिदैन आमाको पालनपोषण आफुले गर्न पाउँ” भने । न्यायाधीशले “दाजुभाइ घरायसी कुरा मिलाएर आउनुस् । मुद्दाको पेशी पर्सीको लागि तोकदिन्छु” भनी बेञ्चबाट उठे । पर्सीपल्ट न्यायाधीशले सोधे “तपाईंहरुको घरायसी कुरा मिल्यो त ?” दुवैले टाउको हल्लाई नमिलेको संकेत गरे । न्यायाधीशले अमोदलाई भने, “तपाईं जिउनी पनि चाहिँदैन भन्नुहुन्छ, अनि दाजुसँग रमाएर बसेकी आमा किन लैजान खोज्नु हुन्छ ?” अमोदले भने– ‘आमाको स्याहार’ । –हेटौंडा, मकवानपुर ।...
न्यूयोर्कमा मनाईयो २११औं भानु जयन्ती

न्यूयोर्कमा मनाईयो २११औं भानु जयन्ती

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा च्याप्टरका अध्यक्ष साहित्यकार लक्ष्मी श्रेष्ठको अध्यक्षतामा २११ औं भानुजयन्ती मनाइएको छ । साथै च्याप्टर कार्यसमितिका सदस्य साहित्यकार शारदा क्षेत्रीको गजल संग्रह ‘स्मृतिका पानाहरु, मुक्तक संग्रह आँशुको उपहारको समीक्षात्मक कार्यक्रम न्यूयोर्क ज्याक्सन हाईट्स भान्छा घरको सभा हलमा बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । अनेसासका आजीवन सदस्यहरू, साहित्यकारहरु तथा साहित्यनुरागीहरुको बाक्लो उपस्थितीमा आदिकबि भानुभक्त आचार्यको परिचयात्मक बिवरण, बिभिन्न स्रष्टाहरुबाट गजल तथा कबिता बाचन, साहित्यकार शारदा क्षेत्रीको गजल र मुक्तकको समिक्षा, श्रष्टा सम्मान आदि कार्यक्रमहरू समावेश गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि शिक्षाविद साहित्यकार डा. गोविन्द कोईराला रहनु भएको थियो भने बिशेष अतिथिहरुमा अनेसास च्याप्ट...
भानु जयन्तीका अवसरमा अनेसास कोलोराडोको आयोजनामा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

भानु जयन्तीका अवसरमा अनेसास कोलोराडोको आयोजनामा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको आयोजनामा २११औं भानु जयन्तीका अवसरमा जुलाई २० शनिबारका दिन नेपाली घरमा भानु जयन्ती तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास केन्द्रीय समितिको हालै सम्पन्न निर्वाचनबाट महासचिवमा निर्वाचित कोलोराडो शाखा अध्यक्ष राजु सिटौला र कोषाध्यक्षमा निर्वाचित पूर्व शाखाअध्यक्ष तारा अधिकारीलाई खादा–मालासहित बधाई ज्ञापन गरिएको हो । अनेसास कोलोराडोका महासचिव किरण अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा शाखा अध्यक्ष राजु सिटौलाले आदिकवि भानुभक्त आचार्यको छोटो जीवनी प्रस्तुत गर्नु भएको थियो । त्यस्तै बालकवि रचित रेग्मीबाट भानुभक्तको रचनामा आधारिक केही श्लोक बाचन गरिएको थियो । कार्यक्रममा आदिकवि भानुभक्तसँग सम्बन्धित ३–४ वटा रचन बाचन गरिएको ...
साहित्यकार निमेष निखिललाई गणेशलाल स्मृति सम्मान प्रदान

साहित्यकार निमेष निखिललाई गणेशलाल स्मृति सम्मान प्रदान

नेपाल (हेटौंडा) । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल ‘गणेशलाल स्मृति साहित्य पुरस्कार २०८१’ बाट सम्मानित हुनु भएको छ । लोककवि गणेशलाल श्रेष्ठको ११३औँ जन्मजयन्तिको अवसरमा नेपाल भाषा खलः मकवानपुरमार्फत् उहाँलाई सो सम्मान गरिएको हो । केशवलाल श्रेष्ठद्वारा स्थापित सो पुरस्कार यसअघि स्व. तुल्सी थापालाई प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्वका बारेमा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले चर्चा गर्नु भएको हो । यता, नेपाल भाषा खलः मकवानपुरले आयोजना गरेको खुला कविता प्रतियोगिता २०८१ मा म्याग्दीकी आरती आचार्य प्रथम हुनु भएको छ । सिन्धुलीका बाबुराम श्रेष्ठ यात्री द्वितीय र अर्घाखाँचीकी पूर्णिमा गिरी तृतीय हुनु भएको हो । यस्तै प्रतियोगितामा मकवानपुरकी अनुशुया खनाललाई सान्त्वना स्थापन प्राप्त भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः १५ हजार, १० ह...
हेटौंडाका साहित्यकार तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ बिमोचन

हेटौंडाका साहित्यकार तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ बिमोचन

नेपाल (हेटौंडा) । साहित्य सर्जक तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ एक कार्यक्रमबिच विमोचन गरिएको छ । गजल मञ्च मकवानपुरको २१५ औँ नियमित गजल यात्राका क्रममा घिमिरेको गजल सङ्ग्रह विमोचन गरिएको हो । साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालको गजलबाट सुरू भ‌एको पहिलो सत्र अन्तर्गतको गजल वाचन सत्रमा राम कार्की, मिथिला अधिकारी, साहित्य सङ्गमका अध्यक्ष डीबी बर्तौला र गजल मञ्च मकवानुरका पूर्वअध्यक्ष मुस्कान तिमल्सिनाले आ–आफ्ना गजलहरू वाचन गर्नुभयो । दोस्रो सत्रमा पुस्तक विमोचनका क्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, समीक्षकलगायत उपस्थित रहनुभयो । शुभकामना मन्तव्यका क्रममा शिक्षाविद् ऋषिराम पोखरेलले स्रष्टा परिचय दिँदै विगतमा साहित्य सर्जकहरू तुल्सी घिमिरे, खेम बानियाँ, साम्ब ढकाल, गोविन्द खड्काहरूको साथसाथ कविता लेख्ने गरेको स्मरण गर्दै व्यङ्ग्यसर्जक अर्जुन पराजुलीको रचनाजस्तो ...