३० फाल्गुन २०८२, शनिबार

भाषा/साहित्य

कविताः गणतान्त्रिक संसद

कविताः गणतान्त्रिक संसद

–सर्वज्ञ वाग्ले– एउटा सम्भ्रान्त समूह पजेरोमा हुईंकिन्छ अर्को शौखिन समूह अनेकौं सुविधा भोग्छ तेस्रो बहुलट्ठी समूह तिनीहरूलाई खेलाउँछ तलबाट जनता सोध्छन्– ‘यो तेस्रो शक्तिको क्याप्टेन को हो ?’ अवाक छ गणतान्त्रिक संसद ! –अमेरिका ।
कविताः कोलोराडोसँग

कविताः कोलोराडोसँग

-सुदीपभद्र खनाल- ले ले ले ल इभान ले जुगलको जस्तै मिठो ले जल हो खोज्दैछ पियासमा हृदयले चोखो हिमाली जल खुल्दे नील पहाड मेट्छु मनको तिर्खा भनी निल्गिरि खुल्दे लौ न अकास देवगणको हेरूँ बगैँचा फिरी हे एल्बर्ट तँ हाँसिदे मलयको छर्दे मिठो वासना मेरै शैल सुगन्ध दे हृदय यो आक्रान्त भो प्यासमा मेरै पर्वत लेकका झलक दे रक्की मलाई यहाँ प्यासी छाति छ यो मरुस्थल सरी रित्तो म फर्कूँ कहाँ हे स्नेफेल्स तँ हाँसिदे हृदयका ल्होत्से र चोयू बनी मेरै सुन्दर पोखरा झलक दे हाँस्दे अरोरा तँ नि बस्दे डेन्भर नैनमा हृदयको नाम्चे बनी सुन्दर तेरो सुन्दरता निहार नगरी फर्कूँ म के खै घर मेरो अन्तरभित्र मित्र सुकिलो नेपालको चित्र छ जे हेरे पनि देख्छु शैलपटको आभास जो भित्र छ दे लैजान्छु खिपेर यो हृदयमा तेरो उज्यालो छवि आभायुक्त हिमालको पृय छवि प्यासी भयो यो कवि यो आलोक लिएर लोक भरमा बा...
गजलः सबैभन्दा सजिलो काम, सरकारलाई गाली !

गजलः सबैभन्दा सजिलो काम, सरकारलाई गाली !

–धनराज गिरी– भए खप्पिस सुकर्ममा हाम्रा मेचीकाली ! सबैभन्दा सजिलो काम,सरकारलाई गाली ! सजिलो छ दोकान कुरी गुड्डी हाँक्न सधैं ! क्याम्पस स्कूल धेरैलाई भयो ससुराली ! आरोपप्रत्यारोप खेती मौलाएको अति ! राम्रो मको बज्ने ढोल गाउने सालासाली ! सबै खोज्ने आफ्नो तारीफ विना काम पनि ! छैन केही उद्योगधन्धा भयो वस्ती खाली ! मिलेजस्तो गर्ने मात्र,मिल्ने कोही होइन ! हात लागे केही नगद बजाउने ताली !! –चितवन, नेपाल ।...
बालकविताः दुईको दुनोट

बालकविताः दुईको दुनोट

–रमेशचन्द्र घिमिरे– दुई एकान दुई हो दुई दुना चार दुनोट कण्ठै पारिन्थ्यो हुन्थ्यो मुखाखार त्यो बेलामा क्याल्कुलेटर किन्न पाइएन किन्दिनू न बा भनेर घुर्की लाइएन चिच्याई चिच्याई भनिन्थ्यो ‘दुई तियाँ छ’ खुसी भई सर भन्नुहुन्थ्यो ‘ठीक छ बाबु ल’ मुखले हिसाब गरिन्थ्यो स्याबास पाइन्थ्यो जोड, घटाउ, भागर सबै मिलाइन्थ्यो भाका मिलाई कराइन्थ्यो ‘दुई चौका आठ’ गुरुमाले फकाउनुहुन्थ्यो ‘पढ अझै पाठ’ अचेल मेरो भाइलाई जोड्न आउन्न रे ! गुरुसँग नसोधी थाहा पाउन्न रे ! कति भनेँ घोक बाबु ‘दुई पन्चे दस’ मैले यति भनेपछि बल्ल भन्यो ‘हस्’ दुई छका बाह्र हो दुई साते चौध दुई आठा सोह्र हो सुनाऊ बाबु लौ त मेरै सिको गरी भाइले गन्न थाल्या छ दुई नवाँ अठार हो भन्न थाल्या छ ‘आफै हिसाब गर्नुपर्छ सार्नु हुँदैन जानिन्न कि भनी हिम्मत हार्नु हुदैन पढ्दापढ्दै जानिने हो दुई दसान् बीस' यसो भन्नुहुन्छ सधै...
गीतः नेपालीको छोरो हुँ म झुक्दैन यो शिर

गीतः नेपालीको छोरो हुँ म झुक्दैन यो शिर

–तुलसी घिमिरे– दुश्मनले बाटोघाटो दाउ बुझ्दै हिड्छ फुलैफुलले सजिएको गाउँ खोज्दै हिड्छ सत्रुहरु जति आउन मान्दिन म पिर नेपालीको छोरो हुँ म झुक्दैन यो शिर । कम्मरमा खुकुरी छ शिरमा ढाकाटोपी हिडेको छु आत्मविश्वास सधैभरी बोकि बगेको छ रातो रगत काली तिरै तिर नेपालीको छोरो हुँ म म झुक्दैन यो शिर । शिरमाथी छ चन्द्र सुर्य झन्डा फरफर जहाँ अग्लो हिमाल छ त्यही मेरो घर देशको खातिर खुन दिने नेपाली म विर कस्तै दुख आउँदा पनि झुक्दैन यो शिर । –हेटौंडा, मकवानपुर ।...
२०८० सालको नइ बाल पुरस्कार घोषणा

२०८० सालको नइ बाल पुरस्कार घोषणा

नेपाल । नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने तीन वर्षदेखि १५ वर्ष सम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। ‘नइ बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, सङ्गीततर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन, खेलकुदतर्फ सुप्रिया ऐर हुनुहुन्छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् । यसैगरी नइ कोपिला पुरस्कार गायनमा काव्या शिवाकोटी र नृत्यमा सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् । ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ चिचिला पुरस्कार तीन वर्षकी मानशी भण्डारीलाई समर्पण गरिनेछ। नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्...
एकैपटक तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना

एकैपटक तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना

नेपाल । साहित्य क्षेत्रमा योगदान गर्नेहरूलाई प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ । मुक्तक दिवसका अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा पुरस्कारको घोषणा गरिएको हो । आयोजक संस्थाका अध्यक्ष कवि एवं समालोचक बाबुराम पोखरेलका अनुसार नन्दलाल स्मृति साहित्य पुरस्कार, माधव–नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कार र नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कार स्थापना गरिएको हो । कार्यक्रममा अक्षयकोष दाताहरूका तर्फबाट बोल्दै समाजसेवी विश्वकान्त दाहालले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगका लागि पुरस्कारको स्थापना गरिएको बताउनुभयो । संस्थापक परिवारकी सदस्य कवि नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रूपान्तरणको सशक्त हतियार भएकोल...
बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार नीर शाहलाई हस्तान्तरण

बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार नीर शाहलाई हस्तान्तरण

नेपाल । १६औँ बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौँडाले नेपाली गीत सङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै शाहलाई नगद एक लाख राशिको पुरस्कार प्रदान गरेको हो । शाहले विगत पाँच दशकदेखि निरन्तर आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत योगदान पुर्याइरहनुभएको छ । उद्यमी व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गर्नुभएको हो । समारोहमा बोल्दै गीतकार शाहले आफूले कहिल्यै पनि गीतकारका रूपमा चिनिनका लागि गीत नलेखेको बताउनुभयो । यसअघि यस पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा,...
अनेसासको संस्कृति समितिमा संयोजक, उपसंयोजक, सदस्य र सल्लाहकारहरु चयन

अनेसासको संस्कृति समितिमा संयोजक, उपसंयोजक, सदस्य र सल्लाहकारहरु चयन

अमेरिका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संस्कृति समितिको संयोजक, उपसंयोजक, सदस्यहरु र सल्लाहकारहरु चयन गरिएको छ । उक्त समितिको संयोजकमा महेश्वर पन्त र सहसंयोजकमा प्रेमसागर खतिवडा (अमेरिका) र शान्ता बस्नेत (नेपाल) रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा विजयदेव अधिकारी (अमेरिका), नरहरि प्रेमी (नेपाल), मोहनकुमार विष्ट (नेपाल), सूर्य खड्का (जापान), पुष्पा घिमिरे (अमेरिका), एनबी अन्जान (युरोप), शिव बजगाईं (अष्ट्रेलिया), सीताराम थापा (मिडिल इस्ट) र स्नेहश्री थापा (भारत) रहनु भएको छ । यसैगरी सल्लाहकारहरुमा तीर्थ अधिकारी, प्राडा कुसुमाकर न्यौपाने, मदनराज थापा, रविन्द्र खड्का, बुद्धिान गुरुङ र लक्ष्मण शर्मा रहनु भएको अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले जानकारी दिनु भयो । ...
इलामको चुलाचुलीमा ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु

इलामको चुलाचुलीमा ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु

नेपाल । इलामको चुलाचुलीमा सोमबारदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु भएको छ । दुईदिने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन, दुई खुला प्रस्तुति र दुई रङ्गमञ्च अन्तरसंवाद हुने आयोजक चुलाचुली रङ्गमञ्चका अध्यक्ष चेतन आङथुपोले जानकारी दिनुभयो । महोत्सवको पहिलो दिन आयोजक चुलाचुली रङ्गमञ्चले ‘भुमरी’, मोरङस्थित सुविजिमुर मेमोरियल माविले ‘ऊ जुनेली’, हेटौँडास्थित कलाक्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ र चुलाचुली गाउँपालिकास्थित पञ्चबुद्ध एकाडेमीले ‘मणि लुगा’ मञ्चन गरेका छन् । त्यस्तै चेतना नाट्य समूह इलामको खुला प्रस्तुति र शिक्षा, नेपानी रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवाद भएको छ । चुलाचुलीको अमृत बोर्डिङ स्कुलले ‘द ल्यान्ड अफ मङ्की’, बालज्योति माविले ‘द रुट’, जनता माविले ‘वातावरण’ र मोरङस्थित रियालन्स माविले मङ्गलबार ‘मौनताको कथा’ मञ्चन गर्ने आयोजकले जनाएको छ । सोही दिन कुलुङ भाषा संस...