२८ फाल्गुन २०८२, बिहीबार

भाषा/साहित्य

गीत: आमा ! म गएँ ल ? बाबा ! म मरेँ ल ?…

गीत: आमा ! म गएँ ल ? बाबा ! म मरेँ ल ?…

-आर. आर. चौलागाईं- आमा ! म गएँ ल ? बाबा ! म मरेँ ल ? छोरो थिएँ म हजुरको फर्किनँ सकिनँ छोरी थिएँ म हजुरको आउन सकिनँ आमा ! मलाई माफ गर्नुहोला ल ? बाबा ! मसँग नरिसाउनुहोला ल ? बोल्न पाउनुपर्छ भन्दा मलाई गोली हानेर मारे कुशासन हट्नुपर्छ भन्दा मलाई रगतपच्छे बनाए आमा ! हत्याराहरूलाई नछोड्होला ल ? बाबा ! आततायीहरूलाई भाग्न नदिनुहोला ल ? सडकमै झरेको छ मेरो झोला टिपेर लानुहोला सडकमै खसेको छ मेरो कलम जतनले राख्नुहोला आमा ! मलाई सम्झेर धेरै नरुनुहोला ल ? बाबा ! मेरो हत्याको बदला लिनुहोला ल ? (२०८२ भदौ २३ र २४ गतेको जेन्जी विद्रोहमा मारिएका बालबालिका र युवाहरूको सम्झनामा) -हेटौंडा, मकवानपुर ।...
कविता: चुनाव

कविता: चुनाव

-आरसी रिजाल- बा छँदा- मलाई "का " पार्टिमा भोट खसा भन्नू हुन्थ्यो मैले किन भन्दा - "यो पार्टिको राम्रो छ पारा घोषणापत्रमा छ - समाजवादको नारा ।" २/३ पटक भोट खसाएपछि बाले आजित भएर भन्नू भयो- अब "क" पार्टिमा भोट खसाउँ मैले किनभन्दा- "यसले समाजबाद मात्र हैन साम्यवादसमेत परिकल्पना गरेको छ।" २/३ पटक त्यसैमा खसायौँ- अनि बा भोटै खसाल्न नपाउनेगरि आफैँ खस्नु भयो। फेरि चुनावको चर्चा सुरुभयो अब स्वविवेक प्रयोग गर्दैछु -- फटाहामा कम फटाहा खोज्दैछु। -हेटौंडा, मकवानपुर ।...
राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारको घोषणा

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारको घोषणा

नेपाल । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा बिहीबार ललितपुरमा बसेको कार्यसमितिको बैठकले उक्त सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । प्रतिष्ठानले जनाएअनुसार ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’का लागि वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई चयन गरिएको छ । त्यस्तै ‘राष्ट्रिय कलाश्री पुरस्कार’ निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’लाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ कवि तथा अनुवादक निमेष निखिललाई, ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ पत्रकार तथा सर्जक राजेश खनाललाई, ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ मिथिला कलाका साधक चित्रकार एस। सी। सुमनलाई तथा ‘पद्मनेत्र राष्ट्र...
निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान-२०८१’ प्रदान

निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान-२०८१’ प्रदान

नेपाल । नियात्रा समाज नेपालले ‘पवन आलोक नियात्रा सम्मान—२०८१’ अग्रज नियात्राकार निर्मोही व्यासलाई प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज नियात्राकार घनश्याम राजकर्णिकारले निर्मोही व्यास ९प्रा।डा। वेदव्यास उपाध्याय न्यौपाने०लाई उक्त सम्मान प्रदान गरे । सम्मानका साथ नगद राशि ५० हजार एक रुपैयाँसमेत प्रदान गरियो । सम्मानित व्यक्तित्व डा. व्यासले आफ्नो नियात्रा लेखनको थालनीबारे स्मरण गरे । उनले आफ्नो बानी रचना पटकपटक परिष्कार गर्दै जाने भएकोले, त्यसैले आफूलाई यहाँ उभ्याएको उल्लेख गरे । छनोट समितिका सदस्य साहित्यकार श्रीओम श्रेष्ठ रोदनले नियात्राकार व्यासको यस क्षेत्रमा योगदान अतुलनीय रहेको बताउँदै उनी आफ्नो सिर्जनामा हृदय पस्किने सर्जक भएको चर्चा गरे ।...
निर्दोष जीवनको मुक्तक संग्रह ’प्रेमको सुगन्ध’ प्रकाशनमा आउने

निर्दोष जीवनको मुक्तक संग्रह ’प्रेमको सुगन्ध’ प्रकाशनमा आउने

नेपाल । लेखक निर्दोष जीवनको मुक्तक संग्रह ’प्रेमको सुगन्ध’ प्रकाशनमा आउने भएको छ । गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको मुक्तक संग्रहमा दुई सय वटा मुक्तक समेटिएको लेखक जीवनले जननकारी दिनुभयो । लेखकको यो कृति नवौं कृति हो । साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने उहाँ तीनवटै विधामा सक्रिय हुनुहुन्छ । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गर्नुभएका निर्दोष जीवनको ‘आशीर्वादझ (गीत, मुक्तक र हाइकूसङ्ग्रह)’ पहिलो कृति हो । नयाँ जीवनझ, प्रार्थनाझ, मैयाँझ, कोर्राको चोटझ, फस्ट लभझ, प्रिय साथीझ, मेरो गीतझ र नोष्टाल्जियाझ गरी नौ वटा कृति प्रकाशित भइसकेका छन् ।...
आठ बालसाहित्यिक कृतिहरुको एकसाथ विमोचन

आठ बालसाहित्यिक कृतिहरुको एकसाथ विमोचन

नेपाल । बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ बालसाहित्यिक कृतिहरुको एकसाथ विमोचन गरिएको छ । तेस्रो बालसाहित्य महोत्सवको अवसरमा प्युठान वाङ्मय केन्द्र काठमाडौँद्वारा पाटन दरबार सङ्ग्रहालयको भण्डारखाल हलमा आज आयोजित कार्यक्रममा आचार्यका ‘दसैँको आशिष’, ‘पाटे चितुवा’, ‘उनीहरु कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’ र ‘किराँत’ र ‘डेढ गगरिया’सहित आठ बालसाहित्यिक कृतिहरुको विमोचन गरिएको हो । पुस्तक विमोचन कार्य सङ्गीत नाट्य प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले एकैपटक आठ वटा किताब प्रकाशन गर्नु महत्त्वपूर्ण भएको बताउँदै प्रकाशित पुस्तकहरु समय सान्दर्भिक रहेको बताउनुभयो । “जुन वर्गलाई लक्षित गरिएको हुन्छ, त्यो वर्ग वा उमेर समूहको मनमष्तिस्कले मन पराउने खालको विषयवस्तु हुनुपर्छ, आज विमोचन भएको बालसाहित्य पुस्तकले यी विषयहरुलाई समेटेको छ”, उहाँले भन्नुभयो । राष्ट्रि...
राष्ट्रिय सभा सदस्यमा १८ जना निर्वाचित

राष्ट्रिय सभा सदस्यमा १८ जना निर्वाचित

नेपाल । राष्ट्रिय सभामा रिक्त रहेको स्थानमा १८ जना निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । नेकपा एमाले र काँग्रेसले राष्ट्रिय सभा सदस्यका लागि गठबन्धन गरेका थिए । प्रदेश सभा सदस्य, नगरपालिकाका मेयर उपमेयर र गाउँ पालिकाका अध्यक्ष उपाध्यक्षले राष्ट्रिय सभा सदस्य चुनेका हुन् । यसैक्रममा कोशी प्रदेशबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) की रोशनी मेचे (महिला समूह), सोमनाथ पोर्तेल (दलित समूह) र नेपाली कांग्रेसका सुनीलबहादुर थापा (अन्य समूह, निर्विरोध) निर्वाचित हुनुभएको छ । मधेश प्रदेशबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान (दलित समूह), रञ्जित कर्ण (अपाङ्गता/अल्पसङ्ख्यक समूह), एमालेकी रेखाकुमारी झा (महिला समूह), लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर (अन्य समूह) निर्वाचित हुनुभएको छ । यसै गरी बागमती प्रदेशबाट नेपाली कांग्रेसकी गीता देवकोटा (महिला समूह)...
‘गद्य रचनाहरू’ र ‘नसा नसामा’ गीतको लोकार्पण

‘गद्य रचनाहरू’ र ‘नसा नसामा’ गीतको लोकार्पण

नेपाल । साहित्यिक पत्रकार संघले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ का ‘गद्य रचनाहरू’ तथा ‘नसा नसामा’ गीतको लोकार्पण गरेको छ । जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी ग्रन्थ र नसा नसामा बोलको गीतको लेखन नरेन्द्रबहादुर श्रेष्ठले गर्नुभएको हो । नसा नसामा गीतमा स्वर–सङ्गीत नरहरि प्रेमीको रहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलगायत अन्य अतिथिले दुवै गीतको सामूहिक रूपमा लोकार्पण गर्नुभयो । वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठले पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ का गद्य रचनाको समीक्षा गर्नुभयो । अर्का वरिष्ठ समालोचक प्रमोद प्रधानले जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी ग्रन्थको समीक्षा गर्नुभयो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ...
पाठकको आत्मकथा “आफैंलाई फर्केर हेर्दा” सार्वजनिक

पाठकको आत्मकथा “आफैंलाई फर्केर हेर्दा” सार्वजनिक

नेपाल । झापाका पुराना राजनीतिज्ञ तथा समाजसेवी कृष्णप्रसाद पाठकको आत्मकथा “आफैंलाई फर्केर हेर्दा” सार्वजनिक भएको छ । पाठकको आत्मकथा “आफैंलाई फर्केर हेर्दा”मा लेखकको जीवनयात्रा, संघर्ष, राजनीतिक उतार–चढाव, सामाजिक भोगाई तथा व्यक्तिगत स्मृतिलाई प्रस्तुत गरिएको छ। पुस्तकमा नेपाली कांग्रेसभित्रको संगठनात्मक राजनीति, भूमि सुधार र सुकुम्बासी समस्या, राजनीतिक आन्दोलनका क्रममा भोग्नुपरेका गिरफ्तारी र दमन, साथै गम्भीर स्वास्थ्य समस्यासँग जुध्दाको जीवनदृष्टिसमेत समेटिएको छ। पुस्तक विमोचन कार्यक्रममा साहित्यकार कृष्ण धारवासी, पूर्वन्यायाधीश मोहन सिटौला, पूर्व राजदूत कृष्ण ओली, लेखक खगेन्द्र संग्रौला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगा उप्रेतीलगायत राजनीतिज्ञ, बुद्धिजीवी, लेखक, पत्रकार र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।...
कविता: नमस्ते

कविता: नमस्ते

-लालगोपाल सुवेदी- दुई हात जोड्दा नमस्कार हुन्छ यही नम्रताले मनैभित्र छुन्छ दसै अंगुठीको यही नै कला हो यही सभ्यताको सुनौलो तला हो । जहाँ पाँच औँला त्यहीँ कर्मवाद त्यतै फैलिएथे बिहानी चिराग़ गरे देवताको सबैले नमस्ते जगाए स्वयंमा अनौठो रहस्य । तिमी माझिनेछौ बँचाए नमस्ते तिमी खारिनेछौ सजाए नमस्ते उदायो नमस्ते उता पूर्वबाट भएथे ध्वजाझैँ सबैका ललाट ! तिमी त्याग्न सक्छौ विनाशी घमण्ड तिमी बन्न सक्छौ धराकै सुगन्ध नमस्ते— यही सभ्यताको कड़ी हो नमस्ते भनेको कहाँ चाकडी हो ? तिमी फाल्न सक्छौ मनैका विकार क्षमाशील बन्छौ तिमी बारबार बुबा भन्नुहुन्थ्यो नमस्ते नमाग फलाऊ, फुलाऊ सधैँ पूर्ववाद जहाँ हुन्छ डाहा नमस्ते हुँदैन घृणा-भाव जागे नमस्ते हुदैन कता ढल्किँने हो नमस्कारवाद? कता लम्किने हो नयाँ यो समाज ? -अमेरिका ।...