प्रभास घिमिरेको स्मृति ग्रन्थ लोकार्पण तथा अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न
हेटौंडा (नेपाल) । नवसर्जक साहित्य चौतारी नेपाल, केन्द्रीय समितिको आयोजनामा चौतारीका संस्थापक सदस्य प्रभास घिमिरेको प्रथम स्मृति दिवसको सन्दर्भमा ‘प्रभास घिमिरेः सम्झना र सिर्जना’ नामक स्मृति ग्रन्थ लोकार्पण तथा अक्षयकोष स्थापना कार्यक्रमु हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष कृतिका लौडारीको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका ४ न. वडाका अध्यक्ष नवीन सिग्देल, वडा न. ११ की अध्यक्ष जुना दाहाल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल तथा चौतारीका केन्द्रीय संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमको विशिष्ट आतिथ्य रहेको थियो ।
कार्यक्रममा स्मृतिग्रन्थ प्रकाशन तथा अक्षयकोष स्थापनाका सन्दर्भबारे चौतारीका संरक्षक दीपक गौतमले प्रकाश पारेका थिए भने संप्रस पौडेलले...









