२३ कार्तिक २०८२, आईतवार

भाषा/साहित्य

लोहनी र उप्रेतीलाई व्यथित काव्य सम्मान र व्यथित काव्य डायस्पोरा सम्मानको घोषणा

लोहनी र उप्रेतीलाई व्यथित काव्य सम्मान र व्यथित काव्य डायस्पोरा सम्मानको घोषणा

नेपाल । साहित्यिक पत्रकार संघले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान– २०८१’ र सुरेन उप्रेती (क्यानडा) लाई ‘व्यथित काव्य डायस्पोरा सम्मान– २०८१’ प्रदान गर्ने भएको छ । साहित्यकार श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारस प्रकाश नेपाल सदस्य रहेको समितिले गरेको सिफारिस अनुसार संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो । युवा पुस्ताका चर्चित कविरकथाकार लोहनी पेसाले टेलिभिजन पत्रकार हुनुहुन्छ । मानिसका प्रेम र सम्बन्धमाथि कविता कथा लेख्ने उहाँ पछिल्लो समय मृत्यु र त्यसपछिको महाशून्यतामाथि आफ्नो लेखनलाई केन्द्रित गर्नुभएको छ । युवा वर्ष मोती पुरस्कार, राष्ट्रिय कलाश्री युवा पुरस्कार, सर्वोकृष्ट कथालगायत एक दर्जन पुरस्कार र सम्मानबाट सम्मानित मणिका कथा र निबन्ध विद्यालय स्तरमा पढाई हुन्छ । उहाँका कथा कविता एक दर्जनभन्दा ...
साहित्यकार रमेशमोहन अधिकारीको ‘संयात्राको संयोग’ नियात्रा सङ्ग्रह सार्वजनिक

साहित्यकार रमेशमोहन अधिकारीको ‘संयात्राको संयोग’ नियात्रा सङ्ग्रह सार्वजनिक

-मसान उपासक (नेपाल, हेटौंडा) । शनिवार मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले आफ्नो ३०६ औँ नियमित साहित्य शृङ्खलाअन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रम गर्दै नियात्राकार रमेशमोहन अधिकारीको “संयात्राको संयोग” नियात्रा सङ्ग्रह सार्वजनिक गरेको छ । झसाप मकवानपुरका संस्थापक अध्यक्ष समेत रहनुभएका अधिकारीको आफ्नो पाँचौ साहित्यिक कृतिको रुपमा “संयात्राको संयोग” सार्वजनिक गरिएको हो । ५ खण्डमा विभाजन गरी २८ वटा नियात्रा राखिएको यस सङ्ग्रहलाई बुलुबल पब्लिकेशन काठमाडौँले प्रकाशन गरेको हो । २०३ पृष्ठ रहेको यस सङ्ग्रहको मूल्य रु. ४५०/– राखिएको छ । उहाँका यसअघि सम्झनाको सेरोफेरो (संस्मरण तथा नियात्रा सङ्ग्रह, २०६३), घुम्तीहरू छेलिएपछि (संस्मरण तथा नियात्रा सङ्ग्रह २०७४), गुराँस र युद्ध (कविता सङ्ग्रह, २०७५) र आफैँसँग (संस्मरण तथा नियात्रा सङ्ग्रह, २...
लघुकथा समाजद्वारा चौलागाईँ र आशालाई पुरस्कार तथा सम्मानको घोषणा

लघुकथा समाजद्वारा चौलागाईँ र आशालाई पुरस्कार तथा सम्मानको घोषणा

नेपाल । लघुकथा समाज, नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ र ‘धनमान लघुकथा पुरस्कार–२०८१’ को घोषणा गरेको छ । लघुकथा समाजद्वारा जारी विज्ञप्तिअनुसार ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान, २०८१’ हेटौँडाका लघुकथाकार आरआर चौलागाईं र ‘धनमान लघुकथा पुरस्कार’ भक्तपुरका लघुकथाकार श्याम आशालाई प्रदान गरिने भएको हो । लामो समयदेखि लघुकथा लेख्दै आएका चौलागाईंको विसं २०६५ मा ‘विघटनको तयारीमा’ लघुकथासंग्रह प्रकाशित छ । उनका फुटकर लघुकथाहरू पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । त्यसैगरी, श्याम आशा लामो समयदेखि नेपाल भाषामा लघुकथा लेख्दै आएका सर्जक हुन् । उनका नेपाल भाषामा लेखिएका सात वटा लघुकथासंग्रह प्रकाशित छन् भने दुईवटा संग्रह नेपालीमा अनुदित छन् । ‘श्याम आशाका लघुकथा’ संग्रहको अनुवाद लघुकथाकार ध्रुव मधिकर्मीले गरेका छन् भने अर्को लघुकथासंग्रह ‘अघोषित आवाज’को ...
लालबन्दी नगर वाङ्मय परिषद्‍द्वारा भाषा तथा साहित्य पुरस्कारका लागि १० कृति छनौट

लालबन्दी नगर वाङ्मय परिषद्‍द्वारा भाषा तथा साहित्य पुरस्कारका लागि १० कृति छनौट

नेपाल । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीले भाषा तथा साहित्य पुरस्कार २०८१ का लागि १० कृति छनौट गरेको छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको विकास, संरक्षण र प्रवर्धन हेतु स्थापित परिषदले लालबन्दी नगर वाङ्मय परिषद्भाषा तथा साहित्य पुरस्कार २०८१ का लागि निम्नानुसार १० कृतिहरू छनोट गरेको हो । ५० हजार नगद राशि रहेको यस पुरस्कार अघिल्लो वर्ष ‘बाआमा‘ आख्यानका लागि लेखक रामलाल जोशीलाई प्रदान गरिएकोथियो । स्वतन्त्र विज्ञसहित सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा कृति छनोट गरिएको र १० कृतिमध्ये उत्कृष्ट १ लाई पुरस्कृतगरिने परिषद् अध्यक्ष अच्युत अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् जानकारी गराइएको छ । यी छनौटमा परेका १० पुस्तकः १.अन्तरः रमेश सायन २. काली कर्णालीका लोकसाहित्य र संस्कृतिः यज्ञराज उपाध्याय ३. जोगियानाः कुमार नगरकोटी ४. नेपाली सङ्गीत दरबारः प्रा।डा। ध्रुवेशचन...
लघुकथाः देश र जनताको लागि

लघुकथाः देश र जनताको लागि

–आर.आर. चौलागाईं– उसले देश र जनताको लागि बुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्यो । मैले पढ्न छोडेँ । अरू पनि धेरैले छोडे । पढिसकेको सर्टिफिकेट च्यात्नू भन्यो । हामीले त्यसै गर्यौँ । उसले देश र जनताको लागि व्यक्तिगत सम्पत्ति आर्जन गनुै हुँदैन र आफूसँग भएको सम्पत्ति पनि पार्टीलाई बुझाउनू भन्यो । मैले त्यसै गरेँ । अरू पनि धेरैले गरे । उसले देश र जनताको लागि विस्तारवादी र साम्राज्यवादी देशहरूको भाषा लेखपढ गर्नु हुँदैन र आफ्नै भाषामा लेखिएका क्रान्तिकारी किताबहरूमात्र पढ्नु पर्छ भन्यो । मैले मानेँ । अरू पनि धेरैले माने । उसले देश र जनताको लागि अहिले प्रेम गर्ने बेला होइन । कोहीसँग प्रेम छ भने तुरुन्त छोड्नू भन्यो । मैले आफ्नी प्रेमिकालाई छोडेँ । अरूले पनि छोडे । उसले कविताले देश र जनताको लागि केही गर्दैन । क्रान्ति गर्नु पर्छ । कविता नलेख्नू भन्यो । मैले कविता लेख्न छोडेँ । अरू पनि धेरैले छोडे ...
गजल

गजल

–केशवलाल श्रेष्ठ– श्रृंगार बिना अझै पनि तिम्रो अनुहार राम्रो लाग्यो । झुकाई नजर मुस्काउने तिम्रो ब्यवहार राम्रो लाग्यो ॥ धेरै पिएछुँ शायद आज साह्रै नै लड्खडाएँ म । बेलैमा सुतायौ मलाई तिम्रो होसियार राम्रो लाग्यो ॥ मीठो वचन बोलिदिँदा सबमा के खर्च हुन्छ मेरो । साँच्चै यो प्रश्न अनि त्यो तिम्रो बिचार राम्रो लाग्यो ॥ जोसंग पनि हँसिली छौ सब गर्छन् तारिफ तिम्रो । तौली तौली मुस्काउने त्यो तिम्रो हतियार राम्रो लाग्यो ॥ फर्कि आउने मन नै कति थिएन त्यहाँबाट मलाई । नजानु भनी ढोकामै तिम्रो छेकबार राम्रो लाग्यो ॥ –हेटौंडा, मकवानपुर ।...
गजल

गजल

–मिथिला अधिकारी– कहिले उकाली कहिले ओराली जस्तो जिन्दगी कैले चुली, कैले खाली जस्तो । उता छौ तिमी जिन्दगी दुखे पनी हाँसिरहने बगैंचामा फक्रिएको फूलको लाली जस्तो । सधैं प्यासी छ बगर नदीकै छेउमा भएपनि खडेरीले खाएको किसानको बाली जस्तो । हुन त म त्यही हाँगो हुँ छुट्टिएको रूखबाट, आफ्नै फलको भारले लाछिएको डाली जस्तो । हिजोसम्म शिरमा अचायौ गंगाजल सम्झेर, कसरी जान सक्यौ नाघेर आज नाली जस्तो । म छोरी हुँ, म पत्नी हुँ, म आमा हुँ जगतकी , परिआए मैदानमा हुनुपर्छ मैले काली जस्तो । –हेटौंडा ८ कमाने ।...
कथाकार गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ लोकार्पित

कथाकार गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ लोकार्पित

नेपाल । कथाकार गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ साउन १२ गते एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ । सुरभि साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कवि बैरागी काइँलाको प्रमुख आतिथ्य तथा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बैरागी काइँलाले मैनालीको कथामा नेपाली समाजको राम्रो चित्रण भएको बताए । अर्की समीक्षक अनिता कोइरालाले मैनालीका कथाहरू यथार्थ घटनामा आधारित रहेको र बोधगम्य भाषामा कथा बनेर आएको बताइन् । आफ्नो लेखकीय मन्तव्य राख्दै कथाकार मैनालीले अनुभूति मिश्रित घटनाहरू आफ्ना कथा भएका छन् मेरी आमा कथाको मुख्य पात्र हुन् भन्दै समाजबाटै पात्र र घटनाहरू टिपेको कुरा बताए । कथाकार गोपी मैनालीको यो आठौँ साहित्यिक कृति हो भने यसअघि समालोचना, नियात्रा र...
पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

नेपाल । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको छ । कृष्ण गौतमको अद्वैत, सानु शर्माको अर्को देशमा, रोशन शेरचनको गल्ली संसार, कुमार नगरकोटीको जोगियाना र गोविन्दप्रसाद कुसुमको भृकुटीलाई उत्कृष्ट पुस्तकको सूचीमा राखेको प्रतिष्ठानले विज्ञप्ति मार्फत जनाएको छ । यसमध्ये एक पुस्तकले २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नेछ । यसअघि पहिलो चरणमा असार १५ गते १५ पुस्तकको विस्तारित सूची सार्वजनिक भएको थियो । ...
अनेसासका नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न

अनेसासका नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न भएको छ । अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षता तथा मेरिल्याण्ड बिधान सभाका सदस्य सांसद डा. हयारी भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा अनेसास विओटीका सभापति पदम विश्वकर्मा, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, विओटीका पूर्वअध्यक्ष डा. श्याम कार्की तथा नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्लेको आतिथ्यता रहेको थियो । निर्वाचन समितिका संयोजक गुणराज लुँईटेलले अध्यक्ष सर्वज्ञ वाग्ले लगायत उपस्थित नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण गराएका थिए । यसैबीच भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा विओटीका पूर्वअध...