२१ भाद्र २०८२, शनिबार

भाषा/साहित्य

मुक्तक

मुक्तक

-आर.आर. चौलागाईं- *** कोही हँसाउँछु भनेर रुवाउँछन् कोही उठाउँछु भनेर लडाउँछन् मानिसहरू पनि अनेक थरीका कोही अँगाल्छु भनेर पन्छाउँछन् । *** –हेटौंडा, मकवानपुर । २०८१ जेठ ११
बालकविताः मुसो जत्रै मुसो

बालकविताः मुसो जत्रै मुसो

–रमेशचन्द्र घिमिरे– जङ्गलबाट आत्तिँदै छोरो घर आयो बाबासँग उसले एउटा ठुलै गफ लायो । *** ‘आज मैले देखेँ बाबा बाघ जत्रो मुसो’ बाले भने, ‘फेरि भन देख्यौ कत्रो मुसो ?’ यसो भन्दा बाको थियो डाँको अलि चर्को डराएर त्यो छोराले दियो उत्तर अर्को । *** ‘बाघ जत्रो थिएन बा कुकुर जत्रो थियो’ बाले चर्को स्वरमा भने, ‘मुसो कत्रो थियो ?’ बाले यसो भनेपछि छोरो अलि थर्क्यो आत्तिएर त्यो छोराले दियो उत्तर अर्को । *** ‘कुकुर हैन बिरालाको आकार हुन्छ जत्रो मैले देख्या मुसो चाहिँ थियो बाबा त्यत्रो’ पालै–पालो बाको प्रश्न आयो लर्कै–लर्को पल्टैपिच्छे भन्यो उसले उत्तर अर्को–अर्को । *** त्यो छोराले अब भने सही उत्तर दियो ‘मुसो जत्रै थियो तर अल्लि ठुलो थियो’ चित्त बुझ्दो उत्तर पाए अनि काखमा लिए ‘स्याबास्’ भन्दै बाले उसलाई चकलेट खान दिए । *** –भोर्लेटार, लमजुङ । २०८१–०२–०९...
अनेसासको केन्द्रीय महासचिवमा राजु सिटौलाद्वारा उम्मेदवारी घोषणा (प्रतिबद्धतासहित)

अनेसासको केन्द्रीय महासचिवमा राजु सिटौलाद्वारा उम्मेदवारी घोषणा (प्रतिबद्धतासहित)

अमेरिका (कोलोराडो) । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सन् २०२४-२०२६ का लागि राजु सिटौलाले केन्द्रीय महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सन् २००९ मा अनेसासको आजीवन सदस्यका रुपमा आवद्ध उनी कोलोराडो शाखाको महासचिव, उपाध्यक्ष हुँदै हाल च्याप्टर अध्यक्षका रुपमा कार्यरत छन् । सिटौलाले अनेसास कोलोराडो शाखाको दुई कार्यकाल अध्यक्षका रुपमा सफल नेतृत्व गर्दै नेपाली भाषा साहित्यको सेवा गरिरहेका छन् । सन् २०१६ मा अनेसासको केन्द्रीय कार्यसमितिमा रहेर कार्य गरेका उनले शाखा र केन्द्रमा कार्य गर्दाको अनुभवका आधारमा अनेसासलाई सांगठनिक रुपमा बलियो बनाउन तथा केन्द्रसँग यसका सदस्यहरुको सम्बन्ध मजबुत पार्ने आफ्नो कार्ययोजनासहित उम्मेदवारी घोषणा गरेको बताए । विश्वभरी छरिएर रहेका सदस्यहरुको विवरणलाई सम्बन्धित च्याप्टरहरुको सहयोगबाट निरन्तर रुपमा अद्यावधिक गरी हरेक सदस्यले अनेसासको वेब...
साहित्यकार सञ्जय साह मित्रद्वारा लिखित बज्जिका भाषाको पहिलो महाकाव्य ‘बुद्ध’ सार्वजनिक

साहित्यकार सञ्जय साह मित्रद्वारा लिखित बज्जिका भाषाको पहिलो महाकाव्य ‘बुद्ध’ सार्वजनिक

नेपाल (रौतहट) । नेपालमा बज्जिका भाषाको पहिलो महाकाव्यलाई एक समारोहमा सार्वजनिक गरिएको छ । रौतहटको गौर नगरपालिकाको प्रेक्षालयमा नगर प्रमुख शम्भु साह कानु, पूर्व प्रमुख जिल्ला अधिकारी तथा बज्जिका अभियन्ता डा. कमलेश्वर कुमार सिन्हा, नेपालमा बज्जिका भाषाको पहिलो संस्था बज्जिका भाषा विकास परिषद नेपालका संस्थापक अध्यक्ष तथा अनिता–शिव प्रतिष्ठानका संरक्षक शिवचन्द्र साह, बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष तथा चर्चित बज्जिका साहित्यकार रामचन्द्र महतो कुशवाहा र समाजकै उपाध्यक्ष शैलियादेवी ठाकुरले बज्जिका भाषाको पहिलो महाकाव्यलाई सार्वजनिक गरेका हुन् । नेपालमा बज्जिका भाषाका प्रथम कवि तथा बज्जिका शिरोमणि उपाधिले विभूषित सञ्जय साह मित्रद्वारा लिखित ‘बुद्ध’ महाकाव्यको लोकार्पण बुद्ध जयन्तीको अवसरमा गरिएको हो । प्रकाशन संस्था आकृति क्रियसन हेटौँडाका संस्थापक साहित्यकार राम अविकासको अध्यक्षतामा भ...
नवसर्जक साहित्य चौतारीको आयोजनामा लघुकथा लेखन कार्यशाला सम्पन्न

नवसर्जक साहित्य चौतारीको आयोजनामा लघुकथा लेखन कार्यशाला सम्पन्न

नेपाल (हेटौंडा) । नवसर्जक सहित्य चौतारी नेपालको आयोजनामा लघुकथा लेखन कार्यशाला एवम् एकाइ समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ । चौतारीकी सचिव युकिसा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका, ४ नं वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सामुदायिक एवम् संस्थागत गरी मकवानपुरका २३ विद्यालयको सहभागिता रह्यो । कार्यक्रमको मुख्य आकर्षण लघुकथा लेखन कार्यशालाको सहजीकरण सर्जक सञ्जाल मकवानपुरका संयोजक एवम् संस्थाका सल्लाहकार निमेष निखिलद्वारा गरियो । अन्तरक्रियात्मक कार्यशालामा देश विदेशका उत्कृष्ट लघुकथाको उदाहरण दिँदै लघुकथामा सूत्रात्मक, रहस्यमूलक र व्यङ्ग्यात्मक व्यञ्जनात्मक लेखनलाई प्राथमिकता दिनुपर्ने प्रशिक्षक निखिलले बताउनुभयो । कार्यशालामा उपस्थित नवसर्जकले दिइएको विषयवस्तुमा आआफ्नो मौलिक कथ्यशैली प्रयोग गरी कार्यक्रम स्थलमा नै लेखिएका ...
कोलोराडोमा साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘पाताल’ को गृह बिमोचन सम्पन्न

कोलोराडोमा साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘पाताल’ को गृह बिमोचन सम्पन्न

-मीन बोलखे (अमेरिका, कोलोराडो) । साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘पाताल’ को अमेरिकाको कोलोराडोमा गृह विमोचन तथा पुस्तक चर्चा कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको आयोजनामा मे १९ आइतबार कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) मा उक्त कार्यक्रम आयोजना गरिएको हो । अनेसास बोर्ड अफ ट्रष्टीका सभापति कोलोराडो निवासी साहित्यकार विश्वकर्माको उपन्यास कृतिको गृह लोकार्पण कार्यक्रम वरिष्ठ गीतकार हिरण्य भोजपूरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि हिरण्य भोजपुरे, साहित्यकारहरु रमेश गुरुङ, तारा अधिकारी, प्रमिला शर्मा, सुनिल पाठक, डा. भीमप्रकाश कट्टेल र कमला विश्वकर्माबाट संयुक्त रुपमा पुस्तक लोकार्पण गरिएको थियो । समीक्षकद्वय साहित्यकारहरु डा. बिजयराज शर्मा र पुष्पराज पौडेलले विश्वकर्माको उपन्यास ‘पा...
कोलोराडोमा आइतबार साहित्यकार विश्वकर्माको उपन्यास ‘पाताल’ को गृह लोकार्पण हुँदै

कोलोराडोमा आइतबार साहित्यकार विश्वकर्माको उपन्यास ‘पाताल’ को गृह लोकार्पण हुँदै

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको आयोजनामा साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘पाताल’ को गृह लोकार्पण तथा पुस्तक चर्चा कार्यक्रम हुने भएको छ । मे १९ आइतबार दिनको १ः३० बजे कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) मा उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा उपस्थित भईदिनु हुन कोलोराडोस्थित अनेसासका आजीवन र ट्रस्टी सदस्यहरु, सम्पूर्ण संघसंस्थाका पदाधिकारीहरु तथा कोलोराडोवासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा आमन्त्रण गरिएको अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले जानकारी दिनु भयो । कोलोराडो निवासी साहित्यकार विश्वकर्मा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति हुन् ।...
कविताः म सपनाहरूको मलामी

कविताः म सपनाहरूको मलामी

–आर.आर. चौलागाईं– *** म अचेल हरेक दिन आफैँले देखेका सपनाहरूको मलामी जाने गरेको छु । *** नदी कञ्चन भएर बग्ने छ अनि हाम्रो सुक्खा धरतीलाई सिञ्चित गर्ने छ फूल ढकमक्क भएर फुल्ने छ अनि हाम्रो बगैँचालाई मगमग बनाउने छ घाम झलमल्ल भएर उदाउने छ अनि हाम्रो दैलोलाई उज्यालो पार्ने छ जून टहटह भएर लाग्ने छ अनि हाम्रो यात्रालाई गन्तव्यमा पुर्याउने छ यस्तैयस्तै सपनाहरू देखेको थिएँ मैले तर होइन रहेछ सब भ्रम रहेछ । *** सपनालाई विपना बनाउने नाममा सपनाका धूर्त व्यापारीहरूले कहिले मेरो हात काटे मेरोमात्रै होइन हामी धेरैको काटे कहिले मेरा खुट्टाहरू काटे मेरोमात्रै होइन हामी धेरैको काटे कहिले मेरा कानहरू थुने मेरोमात्रै होइन हामी धेरैको थुने कहिले मेरो आँखा फोरे मेरोमात्रै होइन हामी धेरैको फोरे कहिले मेरो जिब्रो थुते मेरोमात्रै होइन हामी धेरैको थुते कहिले मेरो कलम भाँचे मेरोमात...
गजलः खुशी रोप्ने आफूभित्र फुलाउने आफैंले हो

गजलः खुशी रोप्ने आफूभित्र फुलाउने आफैंले हो

–ज्ञानेन्द्र गदाल– *** खुशी रोप्ने आफूभित्र, फुलाउने आफैंले हो । हजारतिर डुल्छ मन, नडुलाउने आफैंले हो । सबैभन्दा पहिले त, आफुलाई नै माया गर्नु सन्तुष्टिका लागि यो मन, भुलाउने आफैंले हो । बगैंचामा झ्याङ्गिएका, थरीथरी बिरुवा छन् गोडमेल गरि लटरम्म, झुलाउने आफैंले हो । यत्रतत्र खडा हुन्छन्, चुनौतीका पहाडहरु बन्द ढोका जिन्दगीको, खुलाउने आफैंले हो । कसैसित अपेक्षाको, झोली थाप्नु बेकार छ आफैं भित्र रमाएर, चुल्बुलाउने आफैंले हो । *** कोलोराडो, अमेरिका ।...
लघुकथाः दण्ड

लघुकथाः दण्ड

–रमेशचन्द्र घिमिरे– *** ‘सर, लिनुस् हजुरको भाग’ क्लास मनिटरले कक्षाभित्र छिर्नासाथ गुरुलाई एउटा चोकोपाई टक्र्यायो । गुरुले धन्यवाद दिँदै क्वाप्प खाए अनि मुख पुछ्दै र हात टक्टक्याउँदै सोधे, ‘के तिम्रो आज जन्मदिन हो ?’ ‘होइन सर, फाइनको पैसाले कुचो र डस्टबिन किन्दा पैसा उब्रिएको थियो । त्यही पैसाको हो सर !’ ‘ए, ल राम्रो गरेछौ । बरु फाइन चाहिँ केको उठाएका थियौ ?’ गुरुले जान्न चाहे । ‘साथीहरूले इङ्लिस बोल्नुको सट्टा झुक्किएर कहिलेकाहीँ नेपाली बोलिहाल्छन् । एकचोटि नेपाली बोलेको पाँच रुपियाँ फाइन लिने नियम छ, सर !...’ विद्यार्थी थप बोल्न खोज्दै थियो अङ्ग्रेजी माध्यमको विद्यालयमा नेपाली पढाउने ती सर अँध्यारा भए र मनमनै सोचे, ‘कस्तो देश है हाम्रो ? आफ्नै देशमा आफ्नै भाषा बोल्न पनि दण्ड तिर्नुपर्ने ...’ *** भोर्लेटार, लमजुङ । २०८०-०८-०७...