कवि खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक
नेपाल । कवि खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक भएको छ । बुधबार महेन्द्र रत्न ताहाचल क्याम्पसमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा गोविन्दराज भट्टराईले ‘नरमाया’ सार्वजनिक गर्नुभएको हो ।
पाँचथर स्रष्टा मञ्च, काठमाडौंको आयोजनामा भएको कार्यक्रममालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि भट्टराईले शाश्वत विषयमा लेखेको काव्यले सबैको मन छुने बताउनुभयो । ‘शाश्वत विषय आमामा आधारित काव्यले लेखक खगेन्द्र दाहाललाई स्थापित गरेको छ। सबैको संवेदनालाई छुन सक्ने गरी काव्य आएको छ ।’
कृतिमाथि डा। हेम भण्डारीले समीक्षात्मक मन्तव्य राख्नुभयो उहाँले कृतिको समीक्षा गर्दै भन्नुभयो, ‘कृतिले पहाड र तराईका आमाको साझा कथा र व्यथालाई समेटेको छ ।’ उहाँले काव्यमा आमाको पृष्ठभूमि अझ थपिएको भए राम्रो हुने टिप्पणीसमेत गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष डा. रमेश शुभेच्छुले कार्यक्रमको उद्देश्...









