३० फाल्गुन २०८२, शनिबार

भाषा/साहित्य

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखामा सल्लाहकारहरु मनोनयन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखामा सल्लाहकारहरु मनोनयन

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको सल्लाहकारहरुमा विभिन्न पाँचजना व्यक्तित्वहरु चयन हुनु भएको छ । शाखाका अध्यक्ष किरण अधिकारीका अनुसार कोलोराडो क्षेत्रका वरिष्ठ व्यक्तित्वहरु पदम विश्वकर्मा, धन पौडेल, भुपेन्द्र महत, विजयदेव अधिकारी र रमेश गुरुङलाई सल्लाहकार मनोनयन गरिएको हो । यसअघि संस्थाका महासचिवमा पुष्पराज पौडेल मनोनयन हुनु भएको थियो । यसअघि हालै अधिकारीको अध्यक्षमा शाखामा नयाँ कार्यसमिति चयन भएको थियो । अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमितिमा उपाध्यक्षमा निर्मला अर्याल, कोषाध्यक्षमा शर्मिला शर्मा र सदस्यहरुमा देव भट्टराई, सिर्जना अर्याल र रञ्जु आचार्य हुनुहुन्छ । ...
झरना साहित्यिक परिवारद्वारा आयोजित बकैया साहित्य महोत्सव शुरु

झरना साहित्यिक परिवारद्वारा आयोजित बकैया साहित्य महोत्सव शुरु

–मसान उपासक (हेटौंडा) । झरना साहित्यिक परिवार मकवानपुरको ३२ औ वार्षिकोत्सव तथा ३१३ औँ साहित्य श्रृङ्खलाका अवसरमा बकैया गाउँपालिका– ५ कर्मचुली स्थित कर्म प्राप्ति माध्यमिक विद्यालयमा शुक्रबारबाट बकैया कला साहित्य महोत्सव सुरु भएको छ । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख अतिथ्यता तथा वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर कपिल लामिछानेको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा बकैया वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी जिम्बा, वडा नम्बर ६ का वडा अध्यक्ष फुलमान भोम्जन, कार्यपालिका सदस्यहरू लक्ष्मी माझी तथा लोकेन्द्र माझी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । शुक्रबारका विशेष कार्यक्रमहरूमा बकैयाका विभिन्न विद्यालयका विद्यार्थीहरूको बीचमा कविता प्रतियोगिता, गायन तथा नृत्य प्रस्तुति, चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरू समावेश भ...
बुढ्यौली साहित्य समाज सप्तरीको अधिवेशनबाट नयाँ कार्यसमिति चयन

बुढ्यौली साहित्य समाज सप्तरीको अधिवेशनबाट नयाँ कार्यसमिति चयन

नेपाल । बुढ्यौली साहित्य समाज सप्तरीको फागुन १५ गते राखिएको भेलाले नयाँ कार्य समिति चयन गरेको छ । कवि मेघराज पौड्यालको अध्यक्षतामा बनेको समितिमा उपाध्यक्ष, सचिव, सहसचिव तथा कोषाध्यक्षमा क्रमशः मीना साह, मनोहर पोखरेल, शिवा अधिकारी तथा दुर्गा दाहाल रहेका छन् । यसै गरी सदस्यहरूमा गणेशबहादुर बस्नेत तथा रामकुमार चौधरी छनोट गरिएका छन् । सो कार्यक्रममा नन्दलाल आचार्य, राजकुमार लामिछाने, मीना साह, मेघराज पौड्याल, दुर्गा दहाललगायतले आआफ्ना रचना वाचन गरेका थिए । यसैगरी फणीन्द्र श्रेष्ठ, विश्वनाथ न्यौपाने, नागेन्द्र श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए । डेफोडिल इङ्लिस स्कुल कञ्चनपुरमा भएको सो कार्यक्रममा यात्रा संस्मरणकार रमेशमोहन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो भने तीर्थ पोखरेलको सभाध्यक्षता रहेको थियो ।...
लघुकथा: यस्तो पनि हुन्छ ?

लघुकथा: यस्तो पनि हुन्छ ?

-धनराज गिरी- --- " यार सुखौरीकान्त अयोध्या,तिमी यहाँ ?" वीरेन्द्र कलेज भरतपुरमा सात बर्षअघि बिछोड भएको रुमपार्टनर देखेर, लाहानराज सिन्धुलीय,यी दुई अङ्ग्रेजी र नेपालीका उपप्राधापक, उही आयोगबाट सफल,यसपालि। " आहा,यार मज्जा आयो,तिमी पनि?" " हो त, म पनि,प्रेमसागर साथीले मिलाए,आइयो। " सुखौरी अतरियाको, सिन्धुलीय सिराहाको। क्वाटर पाए। छिमेकी बने। एक्लै,एक्लै। एक महिना बित्यो। दुई मित्र नै पहिला अति रमाइला,तर यतिखेर भित्र भित्र केहीले सताएजस्तो। विदा आज,शनिवार। सौराहा गए। हल्का पिए। रापतीको किनारमा। " हामीले आपसमा केही लुकाएजस्तो लाग्यो यार!" सुखौरी। लागेछ। " केही छ र तिमीसित त्यस्तो ?" लाहानराज। " भनेर के हुन्छ? " उसको मनले सोच्यो। एक बोतल बियर थपे। " यार,बिहे भएन र?" सुखौरी। उदास ऊ पनि। अनि किस्सा सुनायो सिन्धुलीयले। " यार,मेरी एक प्रेमिका थिई,बाअमाले अर्कै खोजेका, मैले भन्न भ्याइन। जबर्जस्ती...
अनेसास कोलोराडो शाखाको महासचिवमा पुष्पराज पौडेल मनोनित

अनेसास कोलोराडो शाखाको महासचिवमा पुष्पराज पौडेल मनोनित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको महासचिवमा पुष्पराज पौडेल मनोनयन हुनु भएको छ । शाखाको रिक्त रहेको महासचिव पदमा पौडेललाई मनोनयन गरिएको अध्यक्ष किरण अधिकारीले जानकारी दिनु भयो । यसअघि अधिकारीको अध्यक्षमा शाखामा नयाँ कार्यसमिति चयन भएको थियो । अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमितिमा उपाध्यक्षमा निर्मला अर्याल, कोषाध्यक्षमा शर्मिला शर्मा र सदस्यहरुमा देव भट्टराई, सिर्जना अर्याल र रञ्जु आचार्य चयन भएका थिए । संस्थाको महासचिव, सचिव र एक सदस्य खाली रहेकोमा पौडेल महासचिव मनोनयन हुनु भएको हो ।...
बुढ्यौली साहित्य समाजद्वारा सिराहामा एकै दिनमा दुईओटा कार्यक्रम

बुढ्यौली साहित्य समाजद्वारा सिराहामा एकै दिनमा दुईओटा कार्यक्रम

नेपाल । बुढ्यौली साहित्य समाज सिराहाको आयोजनामा बन्दीपुरमा फागुन १४ गते एकै दिन दुई समयमा दुइटा कार्यक्रमहरू सम्पन्न भएका छन् । बिहान विद्यालय तहका विद्यार्थीहरूका लागि यात्रा संस्मरणलेखन कार्यशाला भएको थियो भने दिउँसो रचना वाचन कार्यक्रम भएको थियो । यात्रा संस्मरणको सहजीकरण यात्रा संस्मरणकार रमेशमोहन अधिकारीले गर्नुभएको थियो । दिउँसोको कार्यक्रम बुसास सिराहाका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा भएको थियो भने प्रमुख आतिथ्य कर्जन्हा नगरप्रमुख भोला पोखरेलको रहेको थियो । यात्रा संस्मरणतर्फ उत्कृष्ट स्थान सगुन काफ्लेले प्राप्त गरेकी थिइन् भने कवितातर्फ प्रेषिका खतिवडा, सगुन काफ्ले तथा मानवी अधिकारीले प्राप्त गरेका थिए । कार्यक्रममा रचना वाचन गर्ने प्रौढहरूमा रामचन्द्र पौडेल, प्रेम घिमिरे, नारद काफ्ले, जमुनाप्रसाद पन्जियार, देवी घिमिरेलगायत थिए । सचिव प्रचण्ड कटुवालले उद्घोषण गरेको सो...
‘ग्रामर गुरु’ चूडामणि गौतमको निधन

‘ग्रामर गुरु’ चूडामणि गौतमको निधन

नेपाल । नेपाली र अङ्ग्रेजी भाषा व्याकरणका मूर्धन्य विद्वान् चूडामणि गौतमको ८१ वर्षको उमेरमा सोमबार मेडिसिटी अस्पतालमा निधन भएको छ । उहाँ मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । विसं २००० साल असोज १ गते तेह्रथुममा जन्मनुभएका गौतम ग्रामर गुरुका रूपमा परिचित हुनुहुन्थ्यो । नेपाली र अङ्ग्रेजी व्याकरणका सिद्धहस्त उहाँका दर्जनौँ पुस्तक प्रकाशित छन् । नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एन्ड प्रोनाउन्सेसन, राम्रो अङ्गे्रजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तक निकै चर्चित छन् । गौतमका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको सोमबार नै पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ ।...
साहित्यकार प्रेम छोटालाई अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार

साहित्यकार प्रेम छोटालाई अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार

नेपाल । कालिभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार यसवर्ष बागलुङका साहित्यकार प्रेम छोटालाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशी एक लाख एक हजार रुपियाँ छ । नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने, कृतिहरू प्रकाशन गर्ने, लोकवार्ता र संस्कृतिको प्रचार–प्रसार र विकासमा योगदान पुर्‍याएको भन्दै पूर्व प्राज्ञसमेत रहनुभएका छोटालाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष प्राडा। पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । यस्तै सञ्चारमाध्यम र साहित्यमार्फत योगदान पुर्‍याएको भन्दै ओमबहादुर भण्डारीलाई १० हजार, पर्वतको फलेवास नगरपालिकास्थित शारदा माविका छात्रा सोनिया पौडेल, लिमिठाना माविका सुस्मा सुनार र फलेवास–६ का अनिता नेपालीलाई जनही आठ हजार रुपियाँसहित पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठान...
फागुन १५-१८ गतेसम्म पोखरामा ‘नेपाल लिटरेचर फेस्टिभल’ हुँदै

फागुन १५-१८ गतेसम्म पोखरामा ‘नेपाल लिटरेचर फेस्टिभल’ हुँदै

नेपाल । बुकवर्म फाउण्डेशनको आयोजनामा यही फागुन १५ गतेदेखि १८ गतेसम्म पोखरामा एनसेल फाउण्डेशन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ हुने भएको छ । यस वर्ष फागुन १५ देखि १८ सम्म बाह्रौँ संस्करणको एनसेल फाउण्डेशन नेपाल लिटरेचर फेस्टिभल २०२५ आयोजना गर्न लागिएको फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए । सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौँ साहित्यिक महोत्सव हुन थालेको बताउँदै उनले स्कुल, कलेजदेखि स्थानीय तहमा साहित्यिक महोत्सव हुन थालेको बताए । यही फागुनमा मात्र नेपालमा ७ वटा साहित्यिक महोत्सव हुने जानकारी उनले दिए । एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एण्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले सञ्चार र प्रविधिबाहेक कला र साहित्यका माध्यमबाट सबैलाई जोड्न कम्पनीको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत यस उत्सवसँग आब...
Poem: That Unique Africa

Poem: That Unique Africa

-Sarbagya Wagle- Some called it dark Many called it black All despised it, Countless belittled it, And ignored Its tender body and soul With cruel indifference. But no one saw The radiant pearl within Africa. From faraway lands, Stretching my curious eyes, I march toward Africa, Immersed in the sweet imagination Of a dreamlike realm. To kiss those sleek, black cheeks, To feel the soothing breeze That cools the body, And to revel in the ever-changing, Diverse air that plays along, To cuddle in its warm embrace. I’ve filled my heart With the longing To swim in the serene ocean streams Flowing incessantly From its fertile bosom. The birds and animals Roaming Africa’s proud lands, The plants growing steadfast On its unyielding chest, Invite me, With a sym...