
ऋषिराम पोखरेलको ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक
नेपाल (हेटौंडा) । ऋषिराम उपाध्याय पोखरेल ‘बकिमहे’को अनुस्मरण कृति ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक गरिएको छ । सर्जक सञ्जाल मकवानपुरको आयोजना तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टको प्रायोजनमा बुधबार एक कार्यक्रमबीच कृति सार्वजनिक गरिएको हो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको सभाध्यक्ष तथा म्यानेजमेन्टका अध्यक्ष देवप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कृति सार्वजनिकरण कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकार घनश्याम घिमिरे, शान्ति प्रियबन्दना र देवराज तिवारीले कृतिको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
समीक्षक घिमिरेले कृतिकारहरुले अनुस्मरणलाई स्वीकार गर्नुपर्ने बताउनुभएको छ । साहित्यमा सिद्धान्त भन्दा पनि सिर्जना महत्वपूर्ण र मुल विधाहरुमा विभिन्न उपविधाहरु हुने गरेको बताउनुभयो । साहित्यको सिर्जनाले सिद्धान्तलाई निर्माण गर्ने उहाँले बताउनुभयो । पोखरेलको कृतिमा लेखनको दृष्टिकोणले फरक ग...