लघुकथाः अनलाइन
-आरसी रिजाल-
ए बुढी-- रातिको १० बज्न लाग्यो खाना खाने होइन ?
बुढी -- खै तल छोराको भान्छामा कुकरको सिट्टि बजेको सुनिन्न।
बुढा -- कुकरमा नपकाएर कराइ कसौंडीमा पकाए होलान् ।
बुढी -- खासमा मलाई सिट्टी सुन्न पर्दैन । पकाए नपाएको म गन्धले चालपाउछु।
बुढा -- एउटै घरमा छुट्टीएर बस्ने सन्तानको किन चिन्ता लिन्छ्यौ । तिमी नखाने भए म त लागेँ भान्छातिर।
मनमा कुरा खेलेकोले बुढीयाको निद्रा कचमचियो । भोलिपल्ट नाति केटो हजुरामाले बिहान ढिलो पुजाको घन्टी बजाएको कारण सोध्न पुग्छ । बुढीले प्रतिप्रश्न गरिन् -- हिजोराती सिट्टी बजेको सुनिनँ, तिमर्ले खाना खाएनौ ?
नाति ---ममिलाई हिजो खाना पकाउन अल्छी लागेर अनलाइनबाट मगाउनु भयो ।....
–हेटौंडा, मकवानपुर । ...









