१ चैत्र २०८२, आईतवार

भाषा/साहित्य

लघुकथाः संस्कार

लघुकथाः संस्कार

–आरसी रिजाल– कृष्णले -- बा तपाईंलाई राती धेरै नखोक्नुस् हाम्रो निद्रा बिग्रन्छ भन्दा टेर्नुहुन्न ।आजदेखी तपाईंको सुत्ने व्यवस्था छिंडीको कोठामा गर्दिएको छु भन्यो । बुढाले -- बाबू मैले जानीजानी खोकेको होइनँ।जबरजस्ती रोक्न खोज्छु तैपनि आउँछ ।म बूढो दमको रोगिलाई छिंडीको चिसोमा झन गाह्रो होला।जबर्जस्ती गर्छौ भने त जानैपर्ला नत्र............। साँझमा नातिले कृष्णलाई -- बुवा हजुरबालाई किन तल सुत्न पठाएको ? भन्यो। कृष्णले -- हामिले होइन बाबू खोकिले उहाँलाई छिंडीमा पुर्‍यायो भने । नाति केटोले-- त्यसो त हाम्रो टमि पनि रातभर बार्दली बसेर घुकिरन्छ।कति चोटि म ब्युझन्छु भन्यो। कृष्णले -- टमि करायो भने चोर आउँदैन।घरको रछ्या गर्छ भने। नातिले -- चोर त हजुरबा खोकेको सुनेर यो घर्को मान्छे बिउँझै रहेछ ठानेर आउन्न होला नि भन्यो।छोराको कुरालाई कृष्णले वास्ता गरेन । जिबनको चक्र घुम्दै जाँदा कृष्ण पनि बूढो ह...
बालकविता: जन्मदिनको रमाइलो

बालकविता: जन्मदिनको रमाइलो

-रमेशचन्द्र घिमिरे- यति साह्रो रमाइलो भा´क‍ो किन हो आज हाम्री साथीको जन्म दिन हो मिठाई बोकी ल्या´की छन् झोला भोरेर यतै राख क्यै हुन्न खान्नौँ च‍ोरेर अबिर लाइदिइन् गालामा हाम्री वर्षाले दङ्ग परिन्, रमाइन् उफ्रिन् हर्षले गीत गाइन् रूपाले भाका हालेर साथीभाइ नाच्दैछन् खुट्टा फालेर हृदयको खोकिलामा माया अटाउँदै ताली पिटिन् पुष्पाले हात ठटाउँदै हामीसित पैसा छैन केक काट्नलाई कल्ले छेक्न सक्छ र ? खुसी साट्नलाई मनको पीर अँधेरो दु:ख भगाउँछौँ निभाउन्नौँ मैन बत्ती दियाे जगाउँछौँ किताब-कापी उपहार दिनु जाती हो जन्मदिनको खुसीमा नाचौँ साथी हो ! -लमजुङ, नेपाल । ...
डा. सुरेन्द्रभक्त प्रधानाङ्गको आत्मकथा ‘फादर अफ भिलेज टुरिजम’ सार्वजनिक

डा. सुरेन्द्रभक्त प्रधानाङ्गको आत्मकथा ‘फादर अफ भिलेज टुरिजम’ सार्वजनिक

नेपाल । गाउँ पर्यटनको अवधारणा विकासमा योगदान दिनुभएका डा. सुरेन्द्रभक्त प्रधानाङ्गको आत्मकथा कृति ‘फादर अफ भिलेज टुरिजम’ सार्वजनिक गरिएको छ । राष्ट्रिय विकास सेवामा २०३४ सालमा सुर्खेत जाँदा भेट भएका पर्यटकसँगको कुराकानी र छलफलका क्रममा गाउँ पर्यटनको विकास आवश्यक भएको बोधपछि आफूले गाउँ पर्यटनबारे छलफल र बहस चलाएको डा. प्रधानाङ्गले कृतिमा चर्चा गर्नुभएको छ । तीन खण्डमा विभाजित कृतिको पहिलो खण्डको ‘आफैँलाई हेर्दा’ मा संस्मरण सङ्कलन गरिएको छ । त्यस्तै आध्यात्मिक र धार्मिक शृङ्खला खण्डमा अध्यात्मसम्बन्धी धारणा र तेस्रो खण्डमा लेखकले विभिन्न समयमा पत्रपत्रिकामा प्रकाशित लेख सङ्कलन गर्नुभएको छ । सो खण्डमा गाउँ पर्यटनको अवधारणा विकास, यसको कार्यान्वयनलगायत विषयमा पत्रपत्रिकामा प्रकाशित डा. प्रधानाङ्गको लेख सङ्गृहीत छन् ।...
‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने

‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने

नेपाल । यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापना भएको उक्त पुरस्कार यही चैत ३० गते कवि अधिकारीको स्मृति दिवसका दिन प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले बताए । यसैगरी, मञ्चद्वारा स्थापना भएको ‘यदुनाथ खनाल सम्मान’ बाट डा. भेषबहादुर थापा, ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्मय पुरस्कारबाट भारतको कोलकाताका लेखक डा. सत्यप्रकाश तिवारीलाई प्रदान गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । तीनवटै पुरस्कारको राशि जनही रु २५ हजार छ । दश हजार राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका साहित्यकार ओम रिजाल र पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार तनहुँका स्रष्टा नारायणकैलाश सिग्देललाई प्रदान गर्ने निर्णय भएको छ ।...
बर्दघाटमा अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी

बर्दघाटमा अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी

काठमाडौं । बर्दघाट प्रज्ञाप्रतिष्ठानको आयोजनामा त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी–२०८१ परासीको बर्दघाटमा सम्पन्न भएको छ । यस सन्दर्भमा नेपाल तथा भारतका स्रष्टाहरूलाई चैत्र १६ र १७ गते बर्दघाट तथा छिमेकी पालिकाहरूका पर्यटकीय स्थलहरूको अवलोकन गराइएको थियो भने चैत्र १८ गते मात्र औपचारिक कार्यक्रम गरिएको थियो । यस क्रममा स्रष्टाहरूले बुद्धमङ्गल ताल, गजेन्द्रमोक्ष धाम, वनदेवी, कञ्चनगढी, रामग्राम स्तूप, सिमसार क्षेत्र, आम्बास, सहिद पार्क तथा शिवालयको अवलोकन गरेका थिए । कार्यक्रममा नेपाली साहित्य परिषद् सिक्किमका भक्ति शर्मा उपाध्याय, सीता शर्मा शीत, रूपा तामाङ तथा रत्न लक्सम सुब्बाले, दिल्ली तथा उत्तर प्रदेशका किशोर श्रीवास्तव, सविता सिंह शर्मा, दीपक गोस्वामी चिराग, प्रिया सिन्हा, ज्ञानप्रसाद उपाध्याय, नन्दलालमणि त्रिपाठी, अष्ठाना महेश प्रकाश,...
नेपाली लेखक संघको अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित

नेपाली लेखक संघको अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित

नेपाल । नेपाली लेखक संघको अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित भएका छन् । लुम्बिनीमा भएको संघको आठौं अधिवेशनमा अध्यक्ष, सहअध्यक्ष र महासचिव पदमा निर्वाचन भएको थियो । ४५ सदस्यीय कार्यसमितिमा अन्य पदमा भने सर्वसम्मत चयन गरिएको थियो । अध्यक्षमा निर्वाचित वियोगीले ११५ मत पाएका थिए भने पराजित डा. रत्नमणि नेपालले ५९ मत पाए । सहअध्यक्षमा निर्वाचित मनोज न्यौपानले १०२ र पराजित डा. शैलेन्द्र प्रकाश नेपालले ६९ मत ल्याए । महासचिवमा सोझो गाउँले निर्वाचित भए भने प्रकाश विमिल पराजित भए । गाउँलेको पक्षमा १२६ मत आएको थियो भने विमिलले ४९ मत ल्याए । संघको उपाध्यक्षमा दामु मर्सिफुल, डा ईश्वरमणि अधिकारी, डा. विष्णु केसी र डा. शशि थापा पण्डित, कोषाध्यक्षमा विसुकुमार केसी, उपमहासचिवमा नारायण सापकोटा, सचिवमा निर्मल ढुङ्गाना, डा. लोकेन्द्रबहादुर खड्का, मिलन समीर र निर्मला कोइराला निर्वाचित भएको निर्वाचन संयोजक ध...
अमेरिकाबाट नेपाल फिर्ता ल्याइए पुरातात्त्विक सम्पदा

अमेरिकाबाट नेपाल फिर्ता ल्याइए पुरातात्त्विक सम्पदा

नेपाल । नेपाल प्राचीन कालदेखि सांस्कृतिक कलाकृतिका दृष्टिले समृद्ध छ । यहाँका लिच्छवि र मध्यकालीन कलाकृति विशिष्ट र विश्वप्रसिद्ध छन् । विडम्बना, यही कलात्मक विशिष्टताकै कारण धेरै वर्षअघिदेखि यस्ता सम्पदाको चोरी र विदेशमा निकासी हुने क्रम पनि रहेको छ । नेपालबाट सांस्कृतिक सम्पदा गैरकानुनी रूपमा कति बिदेसिए, त्यसको यकिन अभिलेख छैन । यद्यपि नेपालबाट चोरिएका यस्ता सम्पदा बिस्तारै स्वदेश भित्रिन थालेका छन् । यसै क्रममा आइतबार नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ पुरातात्त्विक महत्त्वका कलात्मक सम्पदा नेपाल फिर्ता गरिएका छन् । २०३७ सालमा हराएको १५–१८ औँ शताब्दीको इटुम्बहालका तीन बहुमूल्य पौभा चित्र, बुङमती, मछिन्द्रबहालपरिसरको चैत्यबाट हराएको नवौँ शताब्दीको प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति फिर्ता भएको छ । यसै गरी पाटनको गुइटटोलको गुइट चैत्यको १२–१३ औँ शताब्दीको प्रस्तरको मुछलिन...
गीतः जो मरे पनि नेपाली मर्ने हो…

गीतः जो मरे पनि नेपाली मर्ने हो…

–आर.आर. चौलागाईं– जो मरे पनि नेपाली मर्ने हो जो रोए पनि नेपाली रुने हो । यति राम्रो मेरो देश रणमैदान बनेको छ नेपालीले नेपाली पुर्न खाडल खनेको छ जो जले पनि नेपाली जल्ने हो जो मरे पनि नेपाली मर्ने हो । हामीलाई कसले जुधायो त्यसलाई चिन्नुपर्छ हामीलाई कसले फसायो त्यसलाई चुट्नुपर्छ जो ठगिए पनि नेपाली ठगिने हो जो मरे पनि नेपाली मर्ने हो । –हेटौंडा, मकवानपुर ।...
लघुकथाः दुरदर्शिता

लघुकथाः दुरदर्शिता

-आरसी रिजाल- छोरी रिमा आउनासाथ बुढी आमाले आत्तिएझैं गरि सोधिन् -- के भयो नानू ? खबरै नगरी एक्कासी आयौ त । रिमा -- छोरासँग केही धुत्न होला, सासू आएकी छे,एक हप्ता थच्चिने गरि। खाँचो लाग्या छ त्यो चेपारी बुढीको सेवा गर्न। मैले त ज्वाइलाई तपाईं बिरामी भएको निहुँ पारेर आएँ भनिन् । दिउँसो खाजा खाँदैथे।बुहारी निमाको फोन आयो। निमाले -- रिमा नन्द आएकी छिन् ।आमाजु, नन्द माइती आउँदा बुहारीले घर छाड्नु उचित हुँदैन । यस्तो बेला एउटि छोरीको मर्का अर्किले बुझ्नुपर्छ । नन्द फर्किएपछि अबस्य आउँछु आमा भनिन् । रिमा घर फर्कने दिन आयो । जाने बेलामा उनले-- भाउजु तपाईंले सासुलाई आफ्नै आमाझैँ ठानेर सेवा गर्नु होला । म पनि बेलाबेला भेट्न आउँछु भनिन् । निमाले -- हुन्छ नानी । तपाईंले त बिहा भएको केहि महिनामै एकल सासुसँग छुट्टीनु भयो । नानीको दुरदर्शितालाई त मान्नैपर्छ भनिन् । निमा नाजवाफ भै...।। –हेटौंडा, मकवा...
बालकविता: बाको जुत्ता

बालकविता: बाको जुत्ता

- रमेशचन्द्र घिमिरे- भयो फुत्त फुत्त हाम्रा बाको जुत्ता मैलाई हेर्‍या हेर्‍यै 'आँ' गरेको गर्‍यै मन मानेन अनि जे-जे होओस् भनी घुसारेर खुट्टा लाएँ बाको जुत्ता कागजका डल्ला टुप्पैेसम्म कोचेँ ठिक्क मिल्छ होला भनी मनले सोचेँ तै नि भएँ हुत्त लाउँदा बाको जुत्ता पैसा माग्छु हजार जान्छु अनि बजार जुत्ता खोज्दै हिँड्छु ठिक्क मिल्ने किन्छु गइहाल्छु झट्ट लाउन्नँ बाको जुत्ता । -भोर्लेटार, लमजुङ ।...