
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सुरु गर्यो जन्मदिन मनाउने परम्परा
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना भएको ३३ वर्षपछि ‘अनेसास दिवस’ मनाउन सुरु गरेको छ । सन् १९९१ जनावरी ११ तारिकका दिन अनेसासको विधान मस्यौदा तयार भएको आधारमा यो दिनलाई अनेसासको जन्मदिनका रुपमा मनाउने निर्णयअनुसार
यसपटक ‘आरम्भ वर्ष' का रुपमा मनाइएको हो । कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीसहित २२ जना संस्थापकहरूलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा होमनाथ सुवेदी, शिवप्रसाद सत्याल पीठ, अच्युत श्रेष्ठ, राजु श्रेष्ठ, ऋषिनाथ सुवेदी, पुरु सुवेदी, भीम रेग्मी, डा। विष्णु पौडेल, डा. अमर गिरी, डा। हरिहर प्रसाद भट्टराई, राम मालाकार, डीबी तामाङ, लव गाउँले, भाष्कर गिरी, पुरू घिमिरे, प्रकाश सुवेदी, नन्दा सुवेदी, वासु सत्याल, धनमान थापा, कल्पना सुवेदी, कल्पना सत्याल, माधवलाल शर्मालाई सम्मान पत्र अर्पण गरिएको थियो ।
कार्यक्रममा अनेसास बोर्डअफ ट्रष्टि सभापति पदम...