कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले विभिन्न पाँच जना व्यक्तित्वलाई शाखाको विशेष परिषद्मा मनोनित गरेको छ ।
शाखा अध्यक्ष किरण अधिकारीका अनुसार कपिलदेव सुवेदी, कृष्णमुरारी ढुंगेल, प्रमिला शर्मा, मनोज तुलाधर र राजु सिटौलाललाई विशेष परिषद्मा मनोनित गरिएको हो ।
नेपाल । प्रदीप आर तुलाधरको नेपाल भाषाका दुई कृति ‘ख्युंथाय् चिलाख च्याइ’ (अन्धकारमा मसाल बल्छ) गजलसङ्ग्रह र ‘मिखा तिस्सीमाःगु ई’ (आँखा चिम्लिदिनुपर्ने समय) लघुकथासङ्ग्रह सार्वजनिक भएको छ ।
नेपाल भाषा एकेडमीका भाइस चान्सलर पुष्पराज राजकर्णिकारलगायतले च्वसापासा काठमाडौँमा सामूहिक विमोचन गरिएको हो ।
साहित्य समाजको ऐना मात्र नभई लेखक सामाजिक रूपान्तरणको एक जना कार्यकर्ता भएको प्रमुख अतिथि राजकर्णिकारले बताउनुभयो ।
साहित्य सिर्जना गर्दा लेखनशैली नीतिगत र नियमसङ्गत हुनुपर्ने गजलकार भूषणप्रसाद श्रेष्ठले बताउनुभयो । कार्यक्रममा दुई कृतिको ध्रुव मधिकर्मी र पूर्ण ताम्राकारले सङ्क्षिप्त समीक्षा गर्नुभएको थियो ।...
नेपाल । साहित्यिक पत्रकार तथा अभिव्यक्ति द्वैमासिकका सम्पादक–प्रकाशक नगेन्द्रराज शर्माको सम्मानमा स्थापित ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ द्वारा नवप्रज्ञापनका त्रैमासिकका सम्पादक नवराज रिजाल पुरस्कृत हुनुभएको छ ।
शर्माको ८८ औँ जन्मोत्सवका अवसरमा आयोजित एक समारोहमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, पुरस्कार कोषका संरक्षक शर्मा र कोषका अध्यक्ष पवन आलोकलगायतले रिजाललाई सम्मानपत्रका साथै नगद राशि २५ हजार प्रदान गर्नुभएको थियो ।
उक्त अवसरमा साहित्यिक पत्रकारको विगत र वर्तमान अवस्थाका बारेमा चर्चा गरिएको थियो ।...
नेपाल । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटेलाई ‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ ।
गुरुकुल एजुकेसनल फाउन्डेसन नेपालले सोमबार एनसीएम डे को अवसरमा रेनुकालाई सम्मान पत्रसहित ५० हजार रुपियाँबाट सम्मान गरेको हो ।
रेनुकालाई पोएट आइडलका जज विप्लप प्रतीक, गुरुकुल एजुकेसन फाउन्डेसनका अध्यक्ष विनोद दवाडी, एनसीएमका प्रिन्सिपल सुशीलभक्त माथेमा, एनसिएमका बोर्ड मेम्बर अमन प्रताप अधिकारीले संयुक्त रूपमा रेनुकालाई सम्मान गर्नुभयो ।
यस्तै ‘कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’ बाट कवि सिजन श्रेष्ठ सम्मानित हुनुभएको छ । सम्मान ५० हजार रुपियाँ र सम्मान पत्र रहेको छ ।...
नेपाल । रमा-कृष्ण सृजना प्रतिष्ठानले साहित्य, सङ्गीत र विज्ञान क्षेत्रका विशिष्ट प्रतिभालाई एक समारोहबिच सम्मानित तथा पुरस्कृत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्राडा वासुदेव त्रिपाठीले उहाँहरूलाई २०८० र २०८१ सालको सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।
भवानी घिमिर स्मृति रमा–कृष्ण साहित्य सम्मानबाट साहित्यकार तथा समालोचक प्राडा चूडामणि बन्धु र प्राडा अभि सुवेदी हुनुहुन्छ । वीर झागल गुरुङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार सङ्गीत साधक बुलु मुकारुङ र राजकुमार श्रेष्ठलाई प्रदान गरियो । यसै गरी डा. हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञान–प्रविधि पुरस्कार वैज्ञानिक, अन्वेषक डा. मनिषराज पाण्डे र डा. इन्द्रप्रसाद सुवेदीलाई प्रदान गरियो ।
कार्यक्रममा डा. गीता त्रिपाठी, डा. ईशान गौतम र डा. अञ्जना सिंहले सम्मानित पुरस्कृत प्रतिभाका बारेमा परिचयात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम...
हेटौंडा(नेपाल) । झरना साहित्यिक परिवार मकवानपुरले चैत्र २३ गते आफ्नो १३४ औँ कार्यक्रमका सन्दर्भमा मुक्तक साँझ सम्पन्न गरेको छ । यस संस्थाले विसं २०६४ देखि २०६८ सम्म त्रैमासिक रूपमा गरेको र २०६८ देखि वार्षिक रूपमा चैत्रको चौथो शनिवार मुक्तकविशेष कार्यक्रम गर्ने गरेको छ ।
यस अवसरमा इलामका ७२ वर्षीय मुक्तककार शिव अधिकारी (इलामे जेठा)लाई रु. १५,५५५/– सहित शिवसावित्री अधिकारी स्मृति मुक्तक सम्मान समर्पण गरेको छ ।
यसै गरी कक्षा ९–१२ का विद्यार्थीहरूमाझ गरिएको मुक्तक प्रतियोगिताका प्रतियोगीहरूमध्ये उत्कृष्ट बुध्द माध्यमिक विद्यालय हात्तीसुँडे, बकैयाकी मोनिका नेगीलाई रु. ५५५५/–सहितको शिवसावित्री अधिकारी नवप्रतिभा पुरस्कार प्रदान गरेको छ ।
यी सम्मान तथा पुरस्कारको स्थापना साहित्यकार रमेशमोहन अधिकारीले आफ्ना आमाबुबाको स्मृतिमा स्थापना गरेका हुन् ।
यसै अवसरमा मुक्तक लेखनमा सक्रिय युवा पुस्ताका ...
नेपाल । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०८१ सालको विधागत प्रज्ञा पुरस्कार १० जना स्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ । प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, सामाजिक शास्त्र, दर्शनशास्त्र, अनुवाद र संस्कृतिलगायतका क्षेत्रमा विशेष योगदान गर्ने १० जना स्रष्टालाई जनही एक लाख राशिको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा। धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको ‘प्रज्ञा भाषा पुरस्कार’ भाषाविद् चूडामणि रेग्मीलाई प्रदान गरिने भएको छ ।
यसैगरी, दिल साहनीलाई ‘प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’, डिक बान्तावालाई ‘प्रज्ञा संस्कृति पुरस्कार’, शारदारमण नेपाललाई ‘प्रज्ञा बालसाहित्य पुरस्कार’ र जसराज किरातीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (पद्य), कृष्ण धरावासीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (गद्य)’, डा. सुधा त्रिपाठीलाई ‘प्रज्ञा समालोचना पुरस्कार’ र गोपीरमण उपाध्यायला...
-आर. आर. चौलागाईं-
यहाँ सत्य बोल्नु हुँदैन
जिब्रो थुत्न आइपुग्छन्
यहाँ सत्य लेख्नु हुँदैन
कलम भाँच्न आइपुग्छन् ।
यहाँ फूललाई हेरेर आहा ! भन्नु हुँदैन
आँखा फोर्न आइपुग्छन्
यहाँ निर्बाध भएर देशको गीत गाउनु हुँदैन
गोली ठोक्न आइपुग्छन् ।
यो सत्यले हारेको समय हो
यो असत्यले जितेको समय हो ।
मैले आशा गरेको छु
एक दिन सत्य घामजस्तै भएर उदाउने छ
र असत्य फोहरजस्तै भएर बगेर जाने छ
र मैले यो पनि आशा गरेको छु
एक दिन हाम्रो भ्रमको पर्दा अवश्य पनि च्यातिने छ
र हाम्रा बन्द आँखाहरू पनि अवश्य खुल्ने छन् ।
–हेटौंडा, मकवानपुर ।...
–तुलसी घिमिरे–
म के भन्दैछु प्यारी सुन्यौं तिमिले
कस्तो खराब बाटो चुन्यौ तिमिले
थिए कालाआँखा गहमा लुकेको
किन कारागारमा थुन्यौ तिमिले
बोलचाल नहुदा पनि लाग्छ पीर
कति धेरै जाल बुन्यौ तिमिले
सुम्पेर यो ज्यान दिएको हुँ मैले
नौनी जस्तो मनलाई उन्यौ तिमिले
राखेर मनलाई मन अर्को माथी
एउटै बनायौ अनि तुन्यौ तिमिले ।
–हेटौंडा, मकवानपुर ।...
–सुदीपभद्र खनाल–
बोलमा छ देशनै अबोलमा छ देश नै
सोचमा छ देशनै र घोचमा छ देशनै
भग्न हुन्छ यो हियो सुनेर हैन देशको
कर्मशील हूँ भने रहन्न के म देशको ?
सोध गाउँगाउँमा हिमालका पठारमा
खोज रम्य लेक वा पहाडका बजारमा
छैन मृत्तिका कतै जहाँ म हुन्न देशको
प्राण फुक्छ जो उही रहन्न के म देशको ?
कर्म मार्ग सर्वदा मनुष्यको सुकर्ममा
प्राञ्ज मार्गमा हिँडी सजाय के निमित्त हँ ?
रक्तमा छ यो नशा म भित्र भित्र देश जो
हुन्न के म अकर्मले विनापराध देशको ?
-अमेरिका ।...