
कोलोराडोमा अनेसासले भव्यताका साथ मनायो देवकोटा जयन्ती (फोटो फिचरसहित)
कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती भव्यताका साथ मनाइएको छ ।
केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा वरिष्ठ साहित्यकार कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली भाषा पाठशालाका विद्यार्थीहरूद्वारा नेपाली तथा अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।
देवकोटाको तस्विरमा पुष्पार्पण गरी कार्यक्रमलाई अगाडि बढाइयो । प्रमुख अतिथि प्राडा कृष्णहरि बरालले देवकोटाको बहुआयामिक योगदानबारे प्रकाश पार्दै प्रवासी श्रष्टाले अध्ययन र साधनाद्वारा आफ्ना रचनाको स्तर वृद्धिबारे ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
सभापतिको आसनबाट बोल्दै अध्यक्ष वाग्लेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अर्काइभका माध्यमबाट नेपाली श्रष्टाक...