३० फाल्गुन २०८२, शनिबार

भाषा/साहित्य

कविता: श्रीपेच नलगाएका राजाहरू

कविता: श्रीपेच नलगाएका राजाहरू

-आर. आर. चौलागाईं- अहिले जताततै छ्यासछ्यास्ती भेटिन्छन् श्रीपेच नलगाएका राजाहरू । गाउँदेखि शहरसम्म भेटिन्छन् वडादेखि पालिकासम्म भेटिन्छन् संसद भवनदेखि सिंहदरबारसम्म भेटिन्छन् बालुवाटारदेखि शीतल निवाससम्म भेटिन्छन् । पहिला राजा एउटामात्रै हुन्थ्यो अहिले असङ्ख्य छन् पहिला एउटा राजाले मात्रै लुट्थ्यो अहिले हज्जारौँले लुट्छन् । हिजो टाढैदेखि हाँसेर बोल्नेहरू अहिले राजा भएर होला गजक्क परेर हिँड्छन् बोल्दैनन् हिजो हात मिलाएर अङ्कमाल गर्नेहरू अहिले राजा भएर होला नमस्ते पनि फर्काउँदैनन् फोन उठाउँदैनन् हिजो अनेकथरी सपना देखाउनेहरू अहिले राजा भएर होला सपनाका कुरै गर्दैनन् । अहिले पुस्तकालयमा भेटिँदैनन् साहित्यिक समारोहमा भेटिँदैनन् साँस्कृतिक कार्यक्रमहरूमा भेटिँदैनन् पत्रिका पसलहरूमा भेटिँदैनन् जनताका दु:ख र पीरमर्कामा भेटिँदैनन् बरु अहिले भट्टीभट्टीमा भेटिन्छन् जूव...
लघुकथाः गोबर गणेश

लघुकथाः गोबर गणेश

-आरसी रिजाल- अफिसबाट श्रीमान आउनासाथ रिताले-- " कान्छो देवरले बिमारी बाउलाई उपचार गराउन काठमाडौं ल्याउँदै छ्न् रे ! जान्ने भएर हजुरको ज्याद्रो घिट्घिटे बाउलाई हाम्रोमा राख्न नबोलाइस्योस्। बाउलाई सिधै अस्पतालमा भर्ना गर्न भनिस्योस्। बुवाको शेषपछि जिउनी हसुर्ने कान्छाकान्छी? खाँचो लागिराछ खर्च ब्यहोर्न र स्याहार्न , म त सक्तिनँ भनिन् । श्रीमानले -- समस्यापर्दा आफन्तकाँ नआएर कहाँ जाउन त ? पोहोर तिम्रो आमालाई हामीकैं राखेर उपचार गराएको बिर्सियौ भने। रिताले -- मेरो आमासँग हजुरको बाउको तुलना गर्न मिल्दैन। हजुरका जेठान, सालो बिदेसमा भएकाले आमा स्याहार्नु मेरो बाध्यता थियो।फेरि उपचार खर्चभन्दा बढी रकम उनीहरुले पठाएका थिए।कान्छो भाइले क्रिया खर्च जोगाउन खोज्या जस्तो छ। हजुरको खोपडीमा त गिदिभन्दा बढी लिदि थोपरिस्या जस्तो लाग्छ भनिन् । श्रीमानले -- साह्रै छुच्चो त हुनुभएन भने। रिताले -- ...
बालकविता: टोपी

बालकविता: टोपी

- रमेशचन्द्र घिमिरे- चुटुक्कको सानो सानो पहिरी ढाका टोपी हिँड्न मन छ मलाई अब शिर मेरो छोपी टोपी हाम्रो सभ्यता हो टोपी हाम्रो सान टोपी नै हो नेपालीको राख्ने सधैँ मान यही टोपी लगाई हिँड्छु भन्छ भाइ गोपी ढल्काएर हिँड्न मन छ मलाई झिल्के टोपी टोपी लाउँदा मलाई अरू गाउँले भने भनुन् पाखे भनुन्, गवाँर भनुन् स्याउले भने भनुन् सभ्यताको कलममा मसी मैले चोपी संस्कृतिलाई जोगाउनु छ लगाएर टोपी । -भोर्लेटार, लमजुङ ।...
एनआरएएका पूर्वअध्यक्ष जीवाको ‘अक्षत अन्टार्कटिका’लाई उत्तम शान्ति पुरस्कार प्रदान

एनआरएएका पूर्वअध्यक्ष जीवाको ‘अक्षत अन्टार्कटिका’लाई उत्तम शान्ति पुरस्कार प्रदान

नेपाल । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०८१ सालको ‘उत्तम शान्ति पुरस्कार’ नियात्राकृति ‘अक्षत अन्टार्कटिका’ सर्जक जीवा लामिछानेलाई प्रदान गरेको छ । जेठ १२ काठमाडौंमा आयोजित कार्यक्रममा प्राडा वासुदेव त्रिपाठीले नियात्राकार लामिछानेलाई गैरआख्यान कृतिलाई मात्र प्रदान गरिने ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरे । पुरस्कारका साथ नगद एक लाख एक रुपैयाँ समेत प्रदान गरियो । प्राडा त्रिपाठीले लामिछानेलाई बधाई दिँदै उत्तम कुँवरसँगको आफ्नो सम्बन्धबारे चर्चा गरे । ‘रूपरेखा’ अविस्मरणीय साहित्यिक पत्रिका रहेको उनले उल्लेख गरे । उनले उत्तम कुँवर कुशल सम्पादक मात्र नभएर अनुवादक पनि भएको बताए । नियात्राकार लामिछानेले यो पुरस्कारले आफूलाई जिम्मेवारी थपेको महसुस भएको बताए । उनले ‘अक्षत अन्टार्कटिका’ लेखनको रचनागर्भबारे चर्चा गरे । आफूले यात्राको अनुभूतिलाई शब्दमा उतार्ने काम मात्र गरेको उनले बताए । समाल...
अमेरिकाको मेरिल्याण्डमा साहित्यिक कार्यक्रम सम्पन्न

अमेरिकाको मेरिल्याण्डमा साहित्यिक कार्यक्रम सम्पन्न

अमेरिका । अमेरिकामा बसोबास गर्दै आएका विभिन्न पेशा व्यवसाय तथा सेवामा कार्यरत व्यक्तित्वहरुले नेपाली भाषा, साहित्य, कला र सृजनात्मक शैलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले विदेशमा बस्ने नेपालीहरुले नेपाल र नेपाली भाषालाई विस्तारित रुपमा काम गर्दै आएको बताएका छन् । कार्यक्रममा पूर्व अर्थमन्त्री तथा कवि शंकरप्रसाद कोइरालाले विदेशमा बस्ने नेपालीहरुले भाषा साहित्य र कलाप्रति देखाएको सदभाव र सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जे जस्ता कारणले भएपनि मातृभूमि छाडेर यहाँ आईसकेपछि तपाईहरुले भाषा,साहित्यको उत्थानमा खेल्नुभएको भूमिका र गर्नु भएको प्रयास प्रशंसनीय छ ।’’ कवि समेत रहनुभएका कोइरालाले नेपाली भाषा र साहित्यको उत्थानको लागि अझै धेरै प्रयत्नको खाँचो...
‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित

‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित

नेपाल । साहित्यकार मोहन सिटौलाको जीवनमा आधारित शारदा मासिकले प्रकाशन गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ । मंगलबार काठमडाौंमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले प्रस्तुत पुस्तकबाट सिटौलाको साहित्यिक योगदानबारे ध्यानाकर्षण गराउन मद्दत पुग्ने बताउए । पुस्तकको समीक्षा गर्दै प्राडा देवी नेपालले पाँच खण्डमा विभाजित कृतिमा ५० नेपालीमा, चार अंग्रेजीमा र चार शुभकामनासहितका ५८ जना लेखकका रचना रहेका जानकारी दिए । लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहुप्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानवलगायत उपमा दिएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष सिटौलाका ११ पुस्तक प्रकाशित छन् । ८२ वर्षीय उनी अद्यापि साहित्य सृजनामा क्रियाशील छन् । हाल अमेर...
१२ वर्षीय प्रदिप्ता बडूको उपन्यास ‘डेड अर अलाइभ’ सार्वजनिक

१२ वर्षीय प्रदिप्ता बडूको उपन्यास ‘डेड अर अलाइभ’ सार्वजनिक

नेपाल । बाह्र वर्षीय प्रदिप्ता बडूको पहिलो उपन्यास ‘डेड अर अलाइभ’ आइबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । आवरण क्रियसनद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्राडा लवदेव अवस्थी, साहित्यकार हेमन्ती जोशीलगायतले संयुक्त रूपमा बडूको उपन्यासको लोकार्पण गर्नुभयो । प्राडा अवस्थीले बालसाहित्यकार बडूको काल्पनाशील र सिर्जनात्मक क्षमताको आकलन पहिलो पुस्तकबाटै गर्न सकिने बताउनुभयो । उहाँले उपन्यासलाई नेपाली भाषामा पनि अनुवाद गरी पाठकको पहुँचसम्म पुर्याउन सुझाव दिनुभयो । आवरण प्रकाशनका प्रबन्धनिर्देशक रमेश पौडेलले बडू बालसाहित्यका लागि प्रतिभावान् र सम्भावना बोकेको लेखिका हुन् भन्दै कलिलो उमेरमा लेखेको उपन्यासमा उहाँको सिर्जनात्मक क्षमता देखिएको बताउनुभयो । उहाँले लेखक बडूले आफ्ना पिताको जन्मदिनकै अवसरमा पुस्तक लोकार्पण गरी उहाँलाई जन्मदिनको उपहार दिएको बताउनुभयो । लेखकका पिता कैलाश बडूले प्रदिप्ताल...
साहित्य सङ्गमद्वारा ८ व्यक्तित्व सम्मानित

साहित्य सङ्गमद्वारा ८ व्यक्तित्व सम्मानित

नेपाल (हेटौंडा) । साहित्य सङ्गम मकवानपुरले ८ जना व्यक्तित्वलाई हेटौंडामा सम्मान गरेको छ । ३५५ औं नियमित साहित्य सन्ध्यासँगै सङ्गम साहित्य उत्सव– २०८२ को अवसरमा शनिबार विभिन्न सम्मानबाट ८ जनालाई सम्मानित गरेको हो । मकवानपुर साहित्य श्री सम्मान–२०८१ बाट मकवानपुरे साहित्य स्रष्टा राजकुमार लामिछाने सम्मान गरिएको छ । तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति संस्थापक रहेको उक्त सम्मानको राशि १५ हजार ५५५ रुपैयाँ रहेको छ । यसैगरी भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित भएकी छिन् । विशाल अधिकारी आशुतोषले स्थापना गरेको उक्त सम्मानको राशि १५ हजार ५५५ रुपैयाँ रहेको छ । यस्तै समीर पाख्रिन दीपक मुडभरी स्मृति सम्मान २०८१ बाट सम्मानित भए । १० हजार रुपैयाँ राशिको उक्त सम्मान मुडभरी परिवारले स्थापना गरेका हुन् । यसैगरी विनोद सुनिता सुवेदी सम्मान २०८१ बाट पत्रकार रामकुमा...
नाटककार, कवि एवम् प्राज्ञ पुरु लम्साल सम्मानित

नाटककार, कवि एवम् प्राज्ञ पुरु लम्साल सम्मानित

नेपाल । इतिहासका अन्वेषक तथा अध्यता स्व. ऋषिराज बरालको नाममा स्थपित सम्मान तथा पुरस्कारबाट नाटककार, कवि एवम् प्राज्ञ पुरु लम्साललाई सम्मान गरिएको छ । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार, अन्वेषक एवम् प्राज्ञ बुलु मुकारूङले लम्साललाई विश्व नेपाली ऋषि रङ्गमञ्च शीर्ष सम्मान एवम् पुरस्कारद्वारा सम्मानित गर्नुभएको हो । विगत २५ वर्षदेखि नेपाली साहित्य, नाटक र रङ्गमञ्चमा क्रियाशील लम्साल बहुआयामिक व्यक्तिव रहेको मुकारूङको भनाइ छ । पूर्व निर्वाचन आयुक्त डा रामभक्त ठाकुरले आफूले बालकृष्ण समसँग नाटक खेलेको स्मरण गर्दै पुरु लम्साल निरन्तर नाटकमै समर्पित रहेको बताउनुभयो । कार्यक्रममा प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित स्रष्टा पुरु लम्सालका बारेमा बताउँदै, युवा उमेरमै लम्सालले प्राप्त गरेको उपलब्धि र निरन्तरता लोभ लाग्दो र प्रेरणादायी रहेको ...
‘के म नेपाली हैन र ?’ शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा

‘के म नेपाली हैन र ?’ शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नेपाली भाषा साहित्य समितिले आयोजना गरेको ‘के म नेपाली हैन र ?’ शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा भएको छ । मे १८ मा भर्चुअल माध्यमबाट सम्पन्न एक कार्यक्रममा उत्कृष्ट १२ कविहरूको कविता वाचनसँगै नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रममा भाषा साहित्य समितिका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालको सभापतित्व रहेको थियो भने उपाध्यक्ष कवि कृष्ण गिरीले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । उत्तमराज भेटवाल, जीवराज बम, मधुसुदन पराजुली, ईश्वरीप्रसाद रिजाल, विभुति अधिकारी, सुवोध पौडेल, मदन घिमिरे, संयोग बस्याल, लोकहरि पाण्डेय र राजेश सापकोटाले कविता वाचन गर्नुभएको थियो । समितिका सदस्य डा. अजित घिमिरेले पुरस्कार विजेताहरूको नाम घोषणा गर्दै बधाई दिनुभएको थियो । प्रथम पुरस्कार (६सय अमेरिकी डलर) सुवोध पौडेल (हाल नर्थ क्यारोलिना), द्वितीय पुरस्कार (४ सय अमे...