२० बैशाख २०८२, शनिबार

भाषा/साहित्य

कविताः मरेकाहरू र बाँचेकाहरू

कविताः मरेकाहरू र बाँचेकाहरू

–आर.आर. चौलागाईं– *** कोही बाँचेर पनि मरेका हुन्छन् अनि कोही मरेर पनि बाँचेका हुन्छन् पराईको लागि बाँच्नेहरू बाँचेर पनि मरेका हुन्छन् तर देशको लागि मर्नेहरू मरेर पनि बाँचेका हुन्छन् । *** –हेटौंडा, मकवानपुर ।
कविताः अनामिका

कविताः अनामिका

–लक्ष्मी ‘रेशमी’– सूर्यको प्रकाश सापटी लिएर हजारौं ताराहरुको बीचमा पुर्णेको जुन झैँ उदाएकी आफ्नो पूर्णताको घमण्डमा चम्किरहेकी छिन् आज नवयौवनाको रुपमा *** सुन्दरताको मनमोहकता छरेर मुस्काइरहन्छिन् रात भर पूर्वको लालीको उदयसँगै धिमा बनिरहेछ उत्साहको तेज निस्तेज निस्प्राण गायब छिन् औंसीको त्यो चुक रातमा र पनि अझै घमण्ड गर्छिन् पूर्णेको जुन बनेकीमा *** सागरको चक्रपात वर्सेका बादलको झरी उर्लिरहन्छ खहरे बनेर उन्मत्त झोकाहरुलाई सोहर्दै बग्छिन् ठूलो हिमनदी झै ठानेर आफैँलाई तर्साइरहन्छिन् बेलाबेला बिर्सेर आफ्नो बगरको अस्तित्व चुनौती दिइरहेकी छिन् अनामिका...। *** –चन्द्रपुर, रौतहट ।...
बालकविताः भित्ते पत्रिका

बालकविताः भित्ते पत्रिका

–रमेशचन्द्र घिमिरे– पुस्तक पसल धाउनु किन बित्थामा ? पढ्न पाइन्छ पत्रिका हाम्रै भित्तामा *** बजार गई पत्रिका किन्नु नपर्ने खोज्दै पुस्तकालय हिँड्नु नपर्ने पल्टाउनु पर्दैन यसै देखिन्छ भोलिदेखि आफू नि केही लेखिन्छ *** यति राम्रा अक्षर यी कसका होलान् खै ? म नि यस्तै लेख्ने हो सिकाइदिनु है ? रङ्गीचङ्गी चित्र छन् हेर्दा चिटिक्कै मेरो मन रमायो देख्ने बित्तिकै *** साथीभाइका रचना यसमा देखेर मैले पनि कविता ल्याएँ लेखेर यदु सरलाई भनेर टाँस्न लाउने हो बरु अर्को अङ्क पो कहिले आउने हो ? *** आऊ साथी सोहन आऊ सविता पढौँ यसमै रमाई कथा कविता यसमै खोजौँ चित्र र यसमै पढौँ जोक मलाई पनि जागेको छ सिर्जनाको भोक । *** –भोर्लेटार, लमजुङ ।...
कविताः गर्मी

कविताः गर्मी

–लक्ष्मण आचार्य– बिस्तारै... बिस्तारै... ओर्लिदै छ अहमको सूर्य र तात्दै छ स्वतन्त्रताको पृथ्वी *** यतिखेर पग्लनु र तात्नु एकै भइरहेछ तात्नु र पग्लनु एकै भइरहेछ निरन्तर धावा बोलिरहेछन् किरणहरूले हाम्रो उन्नति बिरुद्ध हाम्रा श्वेत आतंक विरुद्ध ! *** र लू ! लू ! भन्दै सजाय दिइरहेछ हाम्रा गैर काम कार्वाही विरुद्ध हाम्रा विकास विरुद्ध हाम्रा तमाम गैर वातावरणमैत्री गतिविधि विरूद्भ यतिखेर पृथ्वीलाई ज्वरो आएको छ र उखुम गर्मी बढेको छ ! *** –चन्द्रपुर, रौतहट ।...
कविताः लय खोज्दैछु…

कविताः लय खोज्दैछु…

– राम उदित– हिँड्दाहिँड्दै  बिझाउन थालेको छन् यी गोरेटाहरू कताकता उछिट्टिन थालेका छन् पैतालाहरू कताकता छरपस्टिन खोजेका छन् अस्मेल भावका तरङ्गहरू छताछुल्ल मनलाग्दी बगिरहेछन्  रङ्गहरू क्यानभासको पृष्ठभूमिभरि आफैँलाई तर्साउन खोजिरहेछ यो बन्दै गरेको चित्र १ रेटिएर सारङ्गीको मुटु खण्डित छ सारेगमको राग बादलमा बन्दै भत्कदैँ गरेको छ सपनाहरूको क्यानभास आँखाहरूको ऐनामा धुमिल धुमिल देखिदैँछ जीवनास्तित्वको छाँया । *** यसरी टुटेर लयहरू म बहुलाएको बतास भएको छ भत्केपछि धैर्यताका बाँधहरू म वनको डढेलो भएको छु भास्सिँदै गएपछि टेकेर म उभिएको विश्वासको धरातल म  उदाङ्ग  पहिरो गएको पहाड भएको छु मायाले हुर्काएका विरुवामा अनायासै पलाउन थालेपछि  ऐँजेरु यतिन्जेल विश्वास गरेका अनुहारहरू एकाएक बद्लिन थालेपछि जुडासहरूमा ...
अनेसासको दोस्रो अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सम्पन्न, ७ बुँदे घोषणापत्र जारी

अनेसासको दोस्रो अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सम्पन्न, ७ बुँदे घोषणापत्र जारी

अमेरिका । अन्तराृष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बालसमितिको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन २५ मे २०२४ मा ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । जूममार्फत संचालन भएको यस सम्मेलनमा अस्ट्रेलिया, जापान, कोरिया, अमेरिका, क्यानडा, पोर्चुगल, नेपाल लगायतका मुलुकका ३० जना भन्दा बढी बालबालिकाहरुले आ–आफ्नो रचानावाचन र अन्य विविध संस्कृत मन्त्र, वेद पाठ, सांस्कृतिक एवं गायन प्रतिभाहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा सम्पूर्ण अतिथि एवं सहभागीहरूलाई बाल तारा समिति सदस्य तारा उप्रेतीले स्वागत गरेलगतै अस्ट्रेलियाबाट प्राची सापकोटाको स्वस्ति वाचन र आचार्य राजन शर्माको बाल संस्कार प्रवचनपछि बालप्रतिभा एवं रचना वाचन सुरू भएको थियो । सम्मेलनमा अनेसास बालतारा साहित्यिक कार्यक्रममा गएको दुई वर्षमा साहित्यिक एवं सांस्कृतिक प्रतिभा प्रस्तुत गर्ने विभिन्न देशका १० बालबालिकाहरुलाई...
मुक्तककार सुवासचन्द्र ढुङ्गेलको एकल मुक्तक बाचन कार्यक्रम

मुक्तककार सुवासचन्द्र ढुङ्गेलको एकल मुक्तक बाचन कार्यक्रम

नेपाल (हेटौंडा) । मुक्तक मञ्च मकवानपुरले गीतकार–मुक्तककार सुवासचन्द्र ढुङ्गेललाई प्रस्तुत गरेको छ । हेटौँडामा एक कार्यक्रमबीच उहाँलाई एकल वाचन गराएको हो । २०७८ पौष १७ गते स्थापित मुक्तक मञ्च मकवानपुर शाखाले स्थापना कालदेखि नै जिल्लाभित्र र बाहिरका मुक्तककारहरूमार्फत् प्रस्तुति गराउने, मुक्तक लेखन कार्यशाला, प्रतियोगिता, पुरस्कार तथा स्रष्टा सम्मानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । सोही क्रममा मङ्गलबार मुक्तककार ढुङ्गेलका मुक्तकहरू वाचन गराइएको हो । मुक्तक मञ्चका सहसचिव अजर फुयाँलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा ढुङ्गेलले दुइ सत्रमा विभाजन गरी राजनीति, युवा, आँशु, प्रेम, रोमान्ससम्बन्धी कूल ३० वटा मुक्तक वाचन गर्नुभयो । कवि मुरारी सिग्देलले स्रष्टा परिचय गराउनु भएको कार्यक्रममा मञ्चका सदस्यद्वय मुक्तककार मिथिला अधिकारी र कमल नेपालले ढुङ्गेलका ३–३ मुक्तकहरू वाचन गर्नुभयो । ...
कथासंग्रह ‘डम्फुको आत्मालाप’ माथि हेटौँडामा परिचर्चा

कथासंग्रह ‘डम्फुको आत्मालाप’ माथि हेटौँडामा परिचर्चा

नेपाल (हेटौँडा) । भक्त स्याङ्तानको कथासंग्रह ‘डम्फुको आत्मालाप’ माथि हेटौँडामा परिचर्चा कार्यक्रम भएको छ । किताबघर हेटौँडाको आयोजनामा बिहिबार हेटौँडामा परिचर्चा कार्यक्रम भएको हो । २०८० असारमा प्रकाशन भएको कथासंग्रहमाथि लेखक भक्त स्याङ्तानसहित समीक्षक घनश्याम घिमिरेले परिचर्चा गर्नुभएको थियो । पत्रकार सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा पाठकको प्रतिक्रियाको रुपमा साहित्यकार यश लामा र साहित्यकार एवम् मकवानपुरको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङले पनि प्रतिक्रिया जनाउनुभएको थियो । तामाङ समुदायको कथालाई सुन्दर तरिकाले संग्रहित गर्न सफल भएको भन्नुहुँदै समीक्षक घिमिरेले सरल र प्रभावकारी भाषा, शैलीमा कथा प्रस्तुत गर्न लेखक सफल भएको बताउनुभयो । उहाँले कथासंग्रहमा समेटिएका ११ मध्ये ५ कथा उत्कृष्ट भएको र अन्य कथा पनि पठनीय रहेको बताउनुभयो । लेखक भक्त स्याङ्तानले तामाङ समुदायको...
मुक्तक

मुक्तक

-आर.आर. चौलागाईं- *** कोही हँसाउँछु भनेर रुवाउँछन् कोही उठाउँछु भनेर लडाउँछन् मानिसहरू पनि अनेक थरीका कोही अँगाल्छु भनेर पन्छाउँछन् । *** –हेटौंडा, मकवानपुर । २०८१ जेठ ११
बालकविताः मुसो जत्रै मुसो

बालकविताः मुसो जत्रै मुसो

–रमेशचन्द्र घिमिरे– जङ्गलबाट आत्तिँदै छोरो घर आयो बाबासँग उसले एउटा ठुलै गफ लायो । *** ‘आज मैले देखेँ बाबा बाघ जत्रो मुसो’ बाले भने, ‘फेरि भन देख्यौ कत्रो मुसो ?’ यसो भन्दा बाको थियो डाँको अलि चर्को डराएर त्यो छोराले दियो उत्तर अर्को । *** ‘बाघ जत्रो थिएन बा कुकुर जत्रो थियो’ बाले चर्को स्वरमा भने, ‘मुसो कत्रो थियो ?’ बाले यसो भनेपछि छोरो अलि थर्क्यो आत्तिएर त्यो छोराले दियो उत्तर अर्को । *** ‘कुकुर हैन बिरालाको आकार हुन्छ जत्रो मैले देख्या मुसो चाहिँ थियो बाबा त्यत्रो’ पालै–पालो बाको प्रश्न आयो लर्कै–लर्को पल्टैपिच्छे भन्यो उसले उत्तर अर्को–अर्को । *** त्यो छोराले अब भने सही उत्तर दियो ‘मुसो जत्रै थियो तर अल्लि ठुलो थियो’ चित्त बुझ्दो उत्तर पाए अनि काखमा लिए ‘स्याबास्’ भन्दै बाले उसलाई चकलेट खान दिए । *** –भोर्लेटार, लमजुङ । २०८१–०२–०९...