मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन
नेपाल । ताप्लेजुङमा मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरिएको छ । जिल्लामा साहित्य क्षेत्रमा कलम चलाउँदै आएका साहित्यकारहरुको जिल्ला भेलाले मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरेको हो ।
सदरमुकाम फुङ्लिङमा आइतबार पत्रकार सम्मेलन गरी जिल्ला भेलाबाट मनिष हेल्लोक अध्यक्ष रहेको २९ सदस्यीय प्रतिष्ठानको कार्यसमिति चयन गरिएको जनाइएको छ । प्रतिष्ठान कार्यसमिति उपाध्यक्षहरुमा मणि सेम्बु, नवराज आचार्य र मुक्साम लाबुङ, महासचिवमा पोमु केत्छाङ, सीता ‘पिरती’ साँवा, सचिव देवानसिंह मादेन, सहसचिव केवी किराती र कोषाध्यक्षमा लीला ‘आँसु’ सुनुवार चयन हुनुभएको छ ।
यता मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन भएसँगै साहित्यिक समावेशी र संरक्षण, साहित्यिक कार्यक्रम र प्रशिक्षण तथा मुक्कुमलुङ साहित्य सम्मानको स्थापनाजस्ता तीन वटा योजनालाई कार्यान्वयनमा लैजाने प्रतिष्ठानले आफ्नो कार्ययोजनासमेत सार्वजनिक गरेको छ । प्रतिष्ठा...









