कविता: हाम्रो यात्रा अहिले कहाँ पुग्यो कमरेड ?
-आर. आर. चौलागाईं-
पहिला नौलो जनवाद आउँछ
त्यसपछि समाजवाद आउँछ
र अन्तिममा साम्यवाद आउँछ भन्नुहुन्थ्यो
छ सालदेखि हिँडेको हिँड्यै छौँ हामी
न जनवाद आयो
न समाजवाद आयो
न साम्यवाद नै आयो
पचहत्तर वर्ष बितिसकेछ
हाम्रो यात्रा अहिले कहाँ पुग्यो कमरेड ?
कहिले राजाको कदम ठीक हो भनेर
दरबार पस्नु भो
कहिले आफ्नै साथीलाई गद्दार भनेर
आमाचकारी गाली गर्नु भो
कहिले वर्गशत्रु खत्तम अभियान भनेर
उद्योगपति र राष्ट्रिय पुँजीपतिहरूलाई
गिँड्दै हिँड्नु भो
कहिले टुक्राटुक्रामा विभाजित भएर
थुप्रै नाङ्ले पसलहरू खोल्नु भो
कहिले राजनैतिक स्वतन्त्रता भनेर
हाम्रो दिमाग भुट्नु भो
कहिले पार्टी स्वतन्त्रता भनेर
हामीलाई अलमल्याउनु भो
कहिले बुर्जुवा शिक्षा पढ्नु हुँदैन भनेर
हाम्रो पढाइलाई छुटाउनु भो
कहिले कम्युनिस्टले निजी सम्पत्ति राख्नु हुँदैन भनेर
हाम्रो खल्तीलाई रित्याउनु भो
कहिले पञ्चायती चुनावमा...









