ढुंगानाको कविताकृति ‘सौन्दर्यको भग्नावशेष’ लोकार्पित
काठमाडौं । कवि एलिसा ढुंगानाको पहिलो कविताकृति ‘सौन्दर्यको भग्नावशेष’ एक कार्यक्रमबीच लोकार्पित भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि दिनेश अधिकारी, डा. नवराज लम्साल, एसपी कोइराला, डा. देवी नेपाललगायतले कृति लोकार्पित गरे ।
प्रमुख अतिथि कवि गीतकार अधिकारीले एलिसाको पहिलो कृति भए पनि यसभित्रका कवितामा जीवनका कटु यथार्थहरू समेटिएको बताए । उनले कवितामा जीवनका विविध पक्ष प्रस्तुत भएको उल्लेख गरे ।
कृतिमाथि समीक्षा गर्दै कवि डा। लम्सालले कवितामा विद्यमान पाँच शक्तिहरूको चर्चा गर्दै उनका कविताहरूमा मातृशक्ति सबलरूपमा आएको बताए । डा. लम्सालले यसभित्रका कवितामा प्रेमको स्पर्श गहिरोसँग भेटिने उल्लेख गरे ।
अर्का समीक्षक कवि डा. देवी नेपालले कवितामा नयाँ स्वाद भेटिने उल्लेख गर्दै यसभित्रका कवितामा धेरै माथिको सौन्दर्य भेटिने बताए ।
कार्यक्रममा कवि एलिसाले कविता आफ्नो मन...









