गोविन्दराज विनोदीको भ्रमण काव्य ‘यात्राको सुवास’ विमोचन
नेपाल । पठन संस्कृतिका १६ औँ शृङ्खलामा कविवर गोविन्दराज विनोदीको भ्रमण काव्य ‘यात्राको सुवास’ विमोचन गरिएको छ । यात्राको सुवास कविता, काव्य, बालसाहित्य, गजल र समालोचना विधामा विनोदीको २१ औँ कृति हो । उहाँका माहाकाव्य र खण्डकाव्य पनि प्रकाशनमा आइसकेका छन् ।
२०२१ सालदेखि निरन्तर सिर्जनामा लाग्नुभएका कवि विनोदीका हजारौँ फुटकर कविता, गजल, गीत, हाइकु, बालकविता, बालगीत, निबन्ध पनि प्रकाशनमा रहेका छन् । यात्राको सुवास भारत भ्रमणका सम्बन्धमा रचिएको कृति हो । यसको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी र कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले कवि विनोदी युगकै चेतनाको दियो भएको बताउनुभयो । “विनोदी गुरु यो युगकै चेतनाको दियो हुनुहुन्छ । उहाँले देखाएको गोरेटोमै अहिलेको काव्य अझै भन्नुपर्दा छन्दीय कविता अ...









