२९ फाल्गुन २०८२, शुक्रबार

भाषा/साहित्य

बालकविताः हाम्रा बाबा !

बालकविताः हाम्रा बाबा !

-रमेशचन्द्र घिमिरे- धेरै दुःख गरेर पढाउँछन्, लेखाउँछन् हाम्रा बाबा हामीलाई बाटो देखाउँछन् । माया दिने बाबाको काखमा हामी बस्छौँ न्यानो माया पाएर पढ्न कम्मर कस्छौँ । किताब किन्न कापी किन्न पैसा दिनुहुन्छ हाम्रा बाबा हामीलाई काखमा लिनुहुन्छ । बाबासँग स्कुल जान्छौँ अ‍ौँला समाएर पढ्छौँ, खेल्छौँ, गीत गाउँछौँ साह्रै रमाएर । धेरै पढी उन्नतिको शिखरमा छुन्छौँ भोलि हामी बाबाजस्तै ठूलो मान्छे हुन्छौँ । - भोर्लेटार, लमजुङ ।...
कविता: चरा

कविता: चरा

-लक्ष्मण आचार्य- सपनाहरूको आफ्नै प्वाँख हुन्छ उडान हुन्छ जसले डोर्‍याइरहन्छ जीवनलाई ! प्वाँखबिनाको उडान के गर्नू ? जीवन दुर्घटित हुनसक्छ सपनाबिनाको अठोट के साँच्नू ? अठोट विघटित बन्न सक्छ ! चरा :सिकाउँछ हामीलाई स्वतन्त्र उडान ! चरा - बताउँछ हामीलाई जीवनको वास्तविक उफान ठुँगेर आफ्नै चुच्चो कोतरेर आफ्नै नङ्ग्राले भुँई फिँजारेर आफ्नै पङ्ख पुग्नु छ टाढा कतै भेट्टाउनु छ कतै आफ्नै गन्तव्य मलाई यतिखेर चरासँग प्रेम भइरहेछ म यतिबेला चरामा आफू र आफूमा चरा खोजिरहेछु ! -चन्द्रनिगाहपुर, रौतहट ।...
डा. नवराज केसीको गैरआख्यान कृति ‘स्वस्पर्श’ सार्वजनिक

डा. नवराज केसीको गैरआख्यान कृति ‘स्वस्पर्श’ सार्वजनिक

नेपाल । बालरोग विशेषज्ञ डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ सार्वजनिक गरिएको छ । भदौ ७ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा लेखक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, प्राज्ञ अमर न्यौपाने र कृतिकार डा. केसीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे । कार्यक्रममा आख्यानकार न्यौपानेले ‘स्वस्पर्श’ मानिसको मनोवैज्ञानिक उपचारका निम्ति ओखतीका रूपमा रहेको बताए । ‘स्वस्पर्श’ पुस्तक प्रेरणादायी मात्र नभएर प्रत्येक मानिसले पढ्नुपर्ने रहेको उनको भनाइ थियो । “डाक्टरसँग भेट भएपछि नै मानिसको आधाआधी रोग निको हुन्छ,” उनले भने, “त्यसमाथि डा. नवराज कथा सुनाएर उपचार गराउने व्यक्ति, कथा थेरापीमार्फत रोग निको पार्ने व्यक्ति । उहाँको यो पुस्तकले हामीलाई त्यस्तै उपचारको थेरापी गराउँछ । र, मानसिक रूपमा निरोगी बनाउँछ ।” सरल भाषामा सुललित ढंगले लेखिएको प...
नारायण खतिवडाको गीतिसङ्ग्रह ‘बहार’ को लोकार्पण

नारायण खतिवडाको गीतिसङ्ग्रह ‘बहार’ को लोकार्पण

नेपाल । गीतकार नारायण खतिवडाको गीतिसङ्ग्रह ‘बहार’ को लोकार्पण गरिएको छ । पुस्तकमा ९४ वटा गीत समावेश छन् । गीतिपुस्तकमा समाजका परिवेश तथा परिस्थितिलाई आन्तरिकीकरण गरी कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । सामाजिक विषयबस्तु, राष्ट्र राष्ट्रियता, देशप्रेम, संयोगान्त र वियोगान्त, चेतनामूलक गीत रहेका छन् । सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्य थापामगर, गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, सङ्गीत रोयल्टी सङ्कलन समाजका महासचिव वसन्त सापकोटा, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।...
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा काँग्रेस सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा काँग्रेस सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध

नेपाल । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध हुनुभएको छ । सभापति चयनका लागि प्रतिनिधि सभा सचिवालयले तोकेको समयभित्र न्यौपानेको एकल मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार एकल मनोनयनसँगै प्रस्तावित उम्मेदवार निर्विरोध निर्वाचित हुने छ । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) बाट राजीनामा गराएर कांग्रेसले न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । न्यौपानेले मङ्गलबार नै सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिनुभएको थियो । राजीनामा पत्र बुझाएलगत्तै विषयगत समिति सभापतिमा मनोनयन दर्ता गर्नुभएको हो । न्यौपानेको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका रामहरि खतिवडा र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ हुनुहुन्छ । २७ सदस्यीय राज्य व्यवस्थामा क...
अष्ट्रेलिया निवासी भीम न्यौपानेको संस्मरणात्मक पुस्तक ‘बादलमुनीको बागलुङ’ लोकार्पण

अष्ट्रेलिया निवासी भीम न्यौपानेको संस्मरणात्मक पुस्तक ‘बादलमुनीको बागलुङ’ लोकार्पण

नेपाल । लेखक भीम न्यौपानेको पहिलो संस्मरणात्मक पुस्तक ‘बादलमुनीको बागलुङ’ लोकार्पण भएको छ । गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी नीर शाह, लेखक नयनराज पाण्डे, कवि तथा लेखक एलबी क्षेत्री, लेखक अभियन्ता राधा पौडेल, लेखक न्यौपानेको आमा पल्लबी न्यौपाने र लेखक भीम न्यौपानेले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका हुन् । कार्यक्रममा शाहले लेखक भीमलाई पहिलोपटक नेपाल चलचित्र कलाकार संघमा भेटेको सम्झिए । पचासको दशकमा संघको सदस्यता लिन पुगेका युवा भीमको स्मरण गर्दै उनले भने उद्धमशिलतामा हात हालेपछि त्यसलाई पार लगाउन सक्ने क्षमतावान व्यक्तिका रुपमा लिन्छु भीमजीलाई । उनले पुस्तकको टिप्पणी गर्दै भने, तत्कालिन राष्ट्रिय मनोविज्ञान, पितृसत्तात्मक सामाजिक मनोविज्ञानसँग जोडिएको गहन पुस्तक हो बादलमुनीको बागलुङ । कुनै समय बागलुङको चिरपानीको भोजमा जाँदा आफू हुर्किएको गाउँ पु...
महाकाव्यमै मदन पुरस्कार विजेता नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ आउँदै

महाकाव्यमै मदन पुरस्कार विजेता नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ आउँदै

नेपाल । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक हुने भएको छ । यही भदौ २० गते शुक्रबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कल्प सार्वजनिक हुनेछ । निकै निस्तेज भएको मानिएको नेपाली महाकाव्य विधालाई उचाइ दिनमा उनको योगदान विशेष र विशिष्ट मानिन्छ । उनले काव्यलाई बौद्धिक र प्राज्ञिकहरूको मात्रै साँघुरो कब्जाबाट बाहिर निकालेर जेनजी पुस्तासम्म पुर्याएका छन् । लोकप्रिय बनाएका छन् । विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूसँग निरन्तर संवाद र सम्पर्कमा रहेका लम्साल आफैँले आफू भाइबहिनी पुस्ताले उठाएको कवि हुँ भन्दै आएका छन् । उनी युवालाई जति माया गर्छन् युवा पुस्ता पनि उनीसँग त्यति नै झुम्मिन्छन् पनि । विषयको समसामिकता, भाषिक सरलता तर त्यही सरलतामा उच्चस्तरको दार्शनिक चेतना उनका विशेषता हुन् । सांस्कृतिक चेतना र दार्शनिक रहस्यसँग समस...
‘आमाका पाइला’ कृतिको बिमोचन

‘आमाका पाइला’ कृतिको बिमोचन

नेपाल । साहित्यकार विन्दु अधिकारी ढकाल र भगवती अधिकारी सेढाईंद्वारा सम्पादित एवं प्रकाशित ‘आमाका पाइला’ कृतिको एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कृति समालोचना साहित्यकार कुलप्रसाद पराजुलीले गर्नुभएको थियो । अक्सिजन कवि बालकृष्ण अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीको जीवन सङ्घर्षमा आधारित रहेर तयार पारिएको कृतिमा २६ वटा लेखरचना रहेका छन् । लेखिका अधिकारीको जीवनमा आइपरेका सुखद–दुःख, संघर्ष, समाजमा उहाँले पु¥याउनुभएको योगदान र मार्गदर्शन समेटिएका कृतिले भावी सन्तनीलाई महत्वपूर्ण प्रेरणा मिल्ने कार्यक्रममा उपस्थित वक्ताको भनाइ थियो । कार्यक्रममा छ जना ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई ‘बुवा सम्मान’ प्रदान गरिएको थियो । साथै कृतिमा रचना भर्ने स्रष्टालाई पनि सम्मान गरिएको थियो । पूर्वमन्त्री टङ्क ढकाल, प्राध...
छन्दमणि त्रिपाठीलाई ‘युवावर्ष मोती पुरस्कार’ प्रदान

छन्दमणि त्रिपाठीलाई ‘युवावर्ष मोती पुरस्कार’ प्रदान

  नेपाल । नेपाली शिक्षा परिषद्ले राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जयन्ती मनाएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा परिषद्ले दिवंगत कवि लेखकहरूको सामूहिक जयन्ती, समस्यापूर्ति कवि सम्मेलन आयोजन गर्नुकासाथै राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित ‘युवावर्ष मोती पुरस्कार’ समेत प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार मुकुन्दशरण उपाध्यायलगायतले युवा साहित्यकार छन्दमणि त्रिपाठीलाई ‘युवावर्ष मोती पुरस्कार’ प्रदान गरे । प्रमुख अतिथि उपाध्यायले नेपाली शिक्षा परिषद्का संस्थापक गोपाल पाँडे असीमले सुरु गरेको यस संस्थामा आफू पहिले पनि सहभागी भएको स्मरण गर्दै संस्थाले गर्दै आएको कामको प्रशंसा गरे । उक्त अवसरमा साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीद्वारा लिखित ‘बा, आमा र म’ कृति पनि लोकार्पण गरियो । कार्यक्रममा साहित्यकार कोषराज न्यौपानेले गतवर्ष मोती जयन्ती...
पत्रकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ लोकार्पण

पत्रकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ लोकार्पण

नेपाल । पत्रकार एवं साहित्यकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ को लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, राजनीतिक विश्लेषक शङ्कर तिवारी, साहित्यकार अमर न्यौपाने, श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस्तकमा सात सालको क्रान्तिको कथा, उबेलाको जीवनको तस्बिर, सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको बताउनुभयो । समीक्षकद्वय शङ्कर तिवारी र अमर न्यौपानेले उपन्यासको ऐतिहासिक पक्षका साथै चितवनको बस्ती विकासको इतिहास, कांग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत केलाइएकोले उपन्यास पठनीय भएको चर्चा गर्नुभएको थियो । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले भन्नुभयो, “लेखक पराजुलीले पत्रकारितामा जस्तो राम्रो गर्नुभएको छ, आख्यानमा ...