बैरागी काइँला र काशीथाल तमोटलाई षडानन्द पुरस्कार प्रदान
नेपाल । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले साहित्य, कला, इतिहासलगायतका क्षेत्रमा योगदान पुर्याउनुभएका दुई सर्जकलाई सम्मान, पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानले मङ्गलबार राजधानीमा आबाल ब्रह्मचारी षडानन्दको १९१औँ जन्मजयन्ती र १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार, मुन्धुमविद् तिलविक्रम नेम्वाङ (वैरागी काइँला) र नेवार संस्कृति, भाषा तथा वाङ्मयका अध्येता सहप्राध्यापक काशीनाथ तमोटलाई पुरस्कृत गरिएको हो ।
कवि वैरागी काइँलालाई षडानन्द राष्ट्रिय पुरस्कार एक लाख रुपियाँ नगदसहित र सहप्राध्यापक काशीनाथ तमोटलाई ५१ हजार रुपियाँ नगदसहित षडानन्द क्षेत्रीय पुरस्कार प्रदान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष प्रा. चेतनाथ गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार शशि लुमुम्बुले मुन्धुमविद् साहित्यकार वैरागी काइँलाको जीवनीबारे प्रकाश पार्दै उहाँले सिङ्गै जीवन साहित्यका लागि अर्प...









