लघुकथा: प्रतिबद्धता
-आरसी रिजाल-
आमा घुँक्क घुँक्कगर्दै बिदेशमा रहेको छोरालाई भन्छिन् -- बुवा बित्नुभयो ! बाबू तँ तुरुन्त आइज!
छोराले --आमा भन्नासाथ यहाँ छुट्टी पाइदैन ।म त्यहाँ आउन ३/४ दिन लाग्छ।फेरि बुहारी सुत्केरी हुने महिना पर्यो। ऎल आउनजान र पितृकार्य गर्न ६/७ लाख खर्च हुन्छ। बरु कसैलाइ पचास हजार दिएर ढिकुरो पुजारीमा नियुक्ति गर्नु। यहाँ पनि बाहुन पाइने हुँदा विधि बिधान अनुसारको कर्म यहिँ गर्न सक्छु । देहलाई त्यागेर गएको आत्मा म यहीँ बोलाउछु भन्यो।
आमा -- हुँदैन छोरा मानिस जहाँ बितेको हो, कर्मकाण्ड त्यहीँ गर्नुपर्छ।नत्र बुवाको आत्मा भट्केर हामलाईनै पिर्नुहुन्छ।।बुहारीको हेरचाहको लागि कसैलाई जिम्मा लगाएर आइज।
छोरा -- तपाईं पिर नगर्नुस आमा। हाम्रो बुवाको पवित्र आत्मा क्रूर र निष्ठुरी हुनै सक्तैन।आमा हिजोआज त अर्धागिनी र छोरीहरुले पनि क्रिया बसेको देख्नु सुन्नु भएकै होला। तसर्थ आफ्नो अनुकुल र स...









