जदौ पुरस्कार साहित्यकार डा. रामेश शुभेच्छुलाई प्रदान
नेपाल । नागार्जुन वाङ्मय प्रतिष्ठानले जदौ पुरस्कार साहित्यकार डा. रामेश शुभेच्छुलाई प्रदान गरेको छ । दाहाल यज्ञनिधिका ७२ औँ जन्मजयन्तीका अवसरमा नागार्जुनले शनिबार जदौ पुरस्कार २०७२ शुभेच्छुलाई प्रदान गरेको हो ।
नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षता र साहित्यकार, प्राज्ञ डा। तुलसी भट्टराईको प्रमुख प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा पुरस्कार शुभेच्छुलाई प्रदान गरेको हो ।
साहित्यकार डा. रमेश शुभेच्छुले दाहालका कृतिको खोज गरी उहाँको जीवनी व्यक्तित्व र कृतित्वलाई बाहिर ल्याउ खेलेको भूमिका उल्लेख्य रहेकाले उहाँलाई पुरस्कृत प्रतिभाका रुपमा छनोट गरिएको छनोट समितिका संयोजक मातृका पोखरेलले बताउनुभयो ।
कार्यक्रममा साहित्यकार प्रा। प्रयागराज वाशिष्टले दाहालका कविता र डा। विनोद मञ्जनले दाहालका निबन्धका बारेमा समीक्षा प्रस्तुत गर्नुभयो । भट्टराईले दाहाल परिवर्तन पक्षधर कवि भएको बत...









