७ कार्तिक २०८२, शुक्रबार

भाषा/साहित्य

साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई रणस्मृति पुरस्कार प्रदान

साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई रणस्मृति पुरस्कार प्रदान

नेपाल । रणस्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई रणस्मृति पुरस्कार २०८२ प्रदान गरेको छ । सरुलाई दस हजार रूपियाँ नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । मध्यनेपाल नगरपालिका ३, सोतीपसल, लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएर चालिसको दशकदेखि नेपाली साहित्यमा निरन्तर लागिरहनुभएकी सरुको थुङ्गाथुङ्गा जिन्दगानी (गीत सङ्ग्रह), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ (कविता सङ्ग्रह), फूलहरूको आँधी (कविता सङ्ग्रह), किट्टी (बालकथा सङ्ग्रह) प्रकाशित छन् । कार्यक्रममा बोल्दै साहित्यकार काजी रोशनले नेपाली काव्य क्षेत्रमा कवि सरस्वती श्रेष्ठ सरुको उल्लेख्य योगदान रहेकाले उहाँको साहित्यिक सिर्जना र प्रतिभाको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको प्रष्ट पार्नुभयो । कार्यक्रममा रुद्रेपिपल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहोरा, निमित्त प्रधानाध...
साहित्यकार रमेश क्षितिजलाई ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ प्रदान

साहित्यकार रमेश क्षितिजलाई ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ प्रदान

नेपाल । साहित्यकार रमेश क्षितिजलाई ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ प्रदान गरिएको छ । प्रतिष्ठानले २०८१ सालमा प्रकाशित पुस्तकमध्येबाट चर्चित कवि तथा आख्यानकार क्षितिजको कथासङ्ग्रह ‘एउटा मायी नगरमा’ लाई उत्कृष्ट कृतिका रूपमा पुरस्कृत गरेको हो । प्रतिष्ठानले स्वदेशमै प्रकाशित नेपाली भाषाका विभिन्न विधाका उत्कृष्ट कृतिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले क्षितिजलाई नगद ३० हजार रुपियाँसहित सम्मानपत्र प्रदान गर्नुभयो । क्षितिजको यो पहिलो कथासङ्ग्रह हो । उहाँका यसअघि ‘पर्वत पर्वतमा बटुवा घाम’, ‘अर्को साँझ पर्खेर साँझमा’, घर फर्किरहेको मानिस कवितासङ्ग्रह र ‘आफैँ आफ्नो साथी भएँ’ गीतसङ्ग्रह प्रकाशित छन् । क्षितिजले आख्यानमा कविताको सर्वोच्चता कायम गरेको वरिष्ठ साहित्यकार प्रह्लाद पोखरेलले भनाइ छ । यसै गरी कार्यक्रममा साहित्यकार शशिविक्रम राणालाई ...
गोविन्दराज विनोदीको भ्रमण काव्य ‘यात्राको सुवास’ विमोचन

गोविन्दराज विनोदीको भ्रमण काव्य ‘यात्राको सुवास’ विमोचन

नेपाल । पठन संस्कृतिका १६ औँ शृङ्खलामा कविवर गोविन्दराज विनोदीको भ्रमण काव्य ‘यात्राको सुवास’ विमोचन गरिएको छ । यात्राको सुवास कविता, काव्य, बालसाहित्य, गजल र समालोचना विधामा विनोदीको २१ औँ कृति हो । उहाँका माहाकाव्य र खण्डकाव्य पनि प्रकाशनमा आइसकेका छन् । २०२१ सालदेखि निरन्तर सिर्जनामा लाग्नुभएका कवि विनोदीका हजारौँ फुटकर कविता, गजल, गीत, हाइकु, बालकविता, बालगीत, निबन्ध पनि प्रकाशनमा रहेका छन् । यात्राको सुवास भारत भ्रमणका सम्बन्धमा रचिएको कृति हो । यसको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी र कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले संयुक्त रूपमा विमोचन गर्नुभएको हो । सो अवसरमा बोल्दै कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले कवि विनोदी युगकै चेतनाको दियो भएको बताउनुभयो । “विनोदी गुरु यो युगकै चेतनाको दियो हुनुहुन्छ । उहाँले देखाएको गोरेटोमै अहिलेको काव्य अझै भन्नुपर्दा छन्दीय कविता अ...
कवि तथा संगीतकार प्रेमविनोद नन्दनको ९० वर्षको उमेरमा निधन

कवि तथा संगीतकार प्रेमविनोद नन्दनको ९० वर्षको उमेरमा निधन

नेपाल । कवि तथा संगीतकार प्रेम विनोद नन्दनको निधन भएको छ । लामो समयदेखि बिरामी हुनुभएको नन्दनको ९० वर्षको उमेरमा आइतबार राति ९ः२५ बजे उपचारका क्रममा चितवन मेकिडल कलेजमा निधन भएको नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानले जानकारी दिनुभयो । उहाँ लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट बिरामी हुनुहुन्थ्यो । केही समय यता त उहाँ थला परेर हिँड्डुल समेत गर्न सक्नुभएको थिएन । २०११ सालमै ‘झटारो’ गीतिसंग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य, क्षेत्रमा प्रवेश गर्नुभएका नन्दन गजल, कविता तथा अन्य काव्यमा पनि कलम चलाउने स्रष्टाका रुपमा चिनिनुहुन्छ । उहाँका दर्जनौ गीतहरु चलचित्र क्षेत्रमा ख्याती प्राप्त छन् । उहाँका गिती सग्रहहरु अञ्जली २०२३, सपनीवाट ब्यूझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐना भित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काब्य २०७४ र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित भ...
वामदेव गौतमलाई नेकपा एसमा तेस्रो बरियता

वामदेव गौतमलाई नेकपा एसमा तेस्रो बरियता

नेपाल । नेकपा (एस) को सातौ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको जिम्मेवारी दिएको छ । साथै वरिष्ठ गौतमलाई पार्टीका केन्द्रीय विभागको संयोजन गर्ने जिम्मेवारी तोकिएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौ सचिवाल वैठकले नेता गौतमलाई अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरियता तोकिएको हो। पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराउनु भएको छ । राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित हुनु भएका नेताहरूलाई जिम्मेवारी दिईएको प्रमुख ज्वालाले जानकारी दिनुभयो । ज्वालाका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ । त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र व...
साहित्यकार उमा सुवेदीको नयाँ पुस्तक ‘परिधि’ सार्वजनिक

साहित्यकार उमा सुवेदीको नयाँ पुस्तक ‘परिधि’ सार्वजनिक

नेपाल । कथा र उपन्यास विधामा कलम चलाउँदै आएकी साहित्यकार उमा सुवेदीको नयाँ पुस्तक ‘परिधि’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अभिनेत्री गौरी मल्ल, निबन्धकार कुमारी लामा, लेखक केशव दाहाल, कृतिकार सुवेदीसहितले उपन्यास सार्वजनिक गरे । कार्यक्रममा अभिनेत्री मल्लले ‘परिधि’भित्र तिलस्मी संसार सिर्जना गरिएको बताइन् । साहित्यकार दाहालले उपन्यासकारले विभिन्न पात्रका माध्यमबाट कल्पनाको विचित्र संसार स्थापना गर्न खोजेको बताए । निबन्धकार लामाले सुवेदीको उपन्यासले विषयवस्तुको उठान गहिरोसँग गरेको बताइन् । पारम्परिक कथा लेखनीभन्दा फरक प्रयोगवादी ढंगले उपन्यास ल्याइएको उनले उल्लेख गरिन् । कृतिकार सुवेदीले आफ्नो लेखन अनुभूति सुनाइन् । उपन्यास सांग्रिला प्रकाशनले बजारमा ल्याएको हो ।...
कविता: घर

कविता: घर

-आर. आर. चौलागाईं- जुन घरमा मेरो पसिना बगेको छ जुन घरमा मेरो रगत बगेको छ त्यही घरमा तिमी मलाई नआउनु भन्छौ । त्यो घर तिम्रो मात्रै होइन त्यो घर मेरो मात्रै होइन त्यो घर हामी सबैको हो त्यही घरमा तिमी मलाई नआउनु भन्छौ । जुन घरको लागि मेरो जीवनसाथीको जीवन सिद्धिएको छ जुन घरको लागि मेरो सिउँदो पुछिएको छ जुन घरको लागि मेरा छोरीहरूको रहर खरानी भएको छ त्यही घरमा तिमी मलाई नआउनु भन्छौ । त्यो घर यो देशको भविष्य हो त्यो घर नेपाली जनताको सपना हो त्यो घर मेरो पनि आँसु पुछ्ने आधार हो त्यही घरमा तिमी मलाई नआउनु भन्छौ । -हेटौंडा, मकवानपुर ।...
लघुकथा: को खाइ ? को खाइ ?

लघुकथा: को खाइ ? को खाइ ?

-आरसी रिजाल- आमाले हिजो बिहान बेलुकी खाना नखाएको कुरा श्रीमतिले श्रवणलाई सुनाइन् । श्रवणले -- कहिलेकाहीँ तिमी झर्केर बोलेको सुन्छु।आमाको चित्त दुखेको हो कि? आमा किन नखानु भएको भनी सोधेनौ? ८० बर्षे बुढी आमा बिरामी पर्लिन् भन्ने डर। श्रीमती -- नरम भएर कति चोटि भनेकी हुँ।मुख फुलाएर बस्नु भा'छ। हजुरले हो आमालाई बढी पुलपुल्याएको भनिन्। भोलिपल्ट श्रवण आमाको कोठामा खाना लिएर प्रबेस गर्छ्न् -- आमा तपाईंले हिजो खाना खानु भएको छैन रे! बुहारीले हिजोराती मलाई सुनाइन् । ल खानुस्।तपाईंले नखाने हो भने म पनि खान्न भने। आमाले-- भात त्यही राख्दे ।भोक लागेपछि म आफैं खान्छु।तँलाई अफिस जान ढिलो हुन्छ।तँ खाएर जा भनिन् । अनेक तिगड्म लगाउदा पनि केही नलागेपछि श्रवणले चम्चामा भात लिएर आमाको अनुहारमा हेर्दै -- २/३ पटक " को खाई ?को खाई? आमाले खाई । " भन्दै फकाउन लाग्यो। यो भनाई सुन्दा आमाको आँखा छच्लकिए । सायद ...
छोटो कविता: छल

छोटो कविता: छल

-लालगोपाल सुवेदी- एउटा देशको बाढी हो त्यो अर्को देशको बादल आकाश गरिरहन्छ छल धर्ती बदल्छे आँचल यही त हो कृष्णलीला यिनको, तिनको , उनको जसको पनि हरक्षण हरपल रातो , कालो, सेतो , पहेंलो- तिम्रो मेरो वस्त्र वस्त्र नै त हो नि निर्वस्त्रहरूको पनि अस्त्र !!! -अमेरिका ।
कविता: रङ

कविता: रङ

-सुदीपभद्र खनाल- आ आ रात लिएर आ तिमिरको सारा अँध्यारो घना कालो कर्कश क्रूरता कहरको जालो निरालो पना त्यै कालोपनबाट झिक्न म सकूँ आभा नयाँ कञ्चन जस्तै भर्भर अग्निकुण्ड बिचमा बन्छन् तपी कुन्दन आ ए दु:ख तँ आ लिएर युगका बाहूबली शून्यता काला क्रन्दन यातना घनघटा आडम्बरी कूटका सारा दु:ख पिएर सिर्जन सकूँ आभा नयाँ प्राञ्जल जस्तै पङ्कज पङ्ककै रसपिई सौन्दर्यले युक्त छ आ आ भोक तँ आ समस्त म निलूँ संसारकै कल्मष यस्तो प्यास चढोस् कि प्यूँन मसकूँ तृष्णा र ईर्स्या रिस सारा वीष पिएर बाँच्न म सकूँ आनन्दले हर्षित जस्तो घूँट लिएर कालकुटको छन् शान्त श्री शंकर आ आ ताप तँ आ म सूर्य सम हूँ ठण्डा हिमानी सरि पानीझैँ म बगूँ लिई सरसता दौडूँ म हावासरि मान्छेभित्र पवित्र प्राण म फुकूँ आधार भै पावन जस्तो जीवनदायिनी सकलको धर्ती छ सर्वोत्तम आ हे स्तुत्य सुभावना प्रकृतिकी दे त्याग गर्ने कला जाओ दम्भ ...