लघुकथा: गुहे धन्दा
-आरसी रिजाल-
धेरैपछि मर्निङवाकमा सायमी बुढासंग भेटभयो। हामी सानो चिया पसलमा छिर्यौँ ।कुराको सुरुवात उनैले गरे -- सुन्नुस् रिजाल दाइ,हामि सरदर आयुमा पुग्नलाग्यौं। सन्तान आआफ्नो व्यबहारमा लागिहाले। पोहर चारदिन गृहलक्ष्मी बिमारीहुँदा भान्साको कामले आच्छुआच्छु पार्यो। त्यहिबेलादेखी साथीहरूलाई म जस्तो डिपिडेन्ट नहुनुस, श्रीमतिको काममा मज्जाले सघाउनुस्, पछि एक्लो हुँदा आफैलाई सहज हुन्छ । नत्र मन रुँदा पनि ङिच्च हाँसे झैं गर्नुपर्छ भन्दै आएको छु। यसपालि त झण्डै २० दिन पुर्ख्यौली घरमा एक्लै स्वयंपाक्यभै बिताएर आएँ।
मैले -- लक्ष्मीले कसरी एक्लै जान दिइन् त ? भने।
सायमीले -- बल्लतल्ल मनाएँ। हेर लक्ष्मी हामी दुबैलाई दैवले एक्कैचोटि उठाउने हैन।आखिर जो बाँच्छ त्यसले एक्लो हुँदाको न्यास्रोपन महसुस गर्नैपर्छ। ऎलेदेखी बेलाबेलामा छुट्टै बस्ने अभ्यास गर्दैजाँदा भबिस्यमा अपठ्यारो महसुस हुँदैन भनी सम्झाएँ...









