आफ्नो देशको आयतन बुझौं, हरेक कुरामा मजाक नगरौं
-दिल निसानी मगर-
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको मुख्यालय काठमाडौंमा छ। र अहिले सार्कको अध्यक्षको भूमिका समेत नेपालले सम्हालिरहेको छ । त्यसकारण सार्क देशभित्र देखिएका द्वन्द्वहरूमा नेपालले वार्ताको लागि अनुरोध गरेर शान्तीको कामना गर्नु उसको अग्रणी भूमिका हो ।
र परराष्ट्रमन्त्रालय मार्फत भारत र पाकिस्तानलाई संयम हुनको लागि नेपालले अनुरोध गरेको पनि थियो । तर हामी नेपालीको दिमागमा किरा गाडिएर बसेको छ । यो किरा भित्र राजनीतिक पक्षधरता बिना कुनै पनि कुरा सकरात्मक तरिकाले लिन सक्ने क्षमता नै छैन ।
प्रम केपी ओलीमा शैलिगत समस्या छन् तर भारत पाकिस्तान वार्ताको लागि उपयुक्त भूगोल नेपाल हुन सक्छ। नेपालले त्यसको लागि सहजिकरण गर्न सक्छ। विगतमा पनि सन् २०१४ मा काठमाडौंमा आयोजित १८औं सार्क सम्मेलनमा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफबीच औपचारिक...









