विचौलिया महात्म्य !
–शारदाप्रसाद त्रिताल–
हालै सत्तासाझेदार दलका एक महामन्त्रीले विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुन्छ भनेर बोल्नु भएकोमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
कसैले भाइरल हुन यसो भनेका हुन् भनेका छन् भने कसैले सत्ता साझेदार दलको महामन्त्री भएर यस्ता कुरा गर्न मिल्छ भन्ने प्रश्न पनि उठाएका छन् ।
तर महामन्त्रीले जे भन्नु भएको छ त्यो भने सतप्रतिशत सत्य हो ।
विगतदेखि नै यस्ता विषय बारम्बार आइरहेकै हुन् । राजकाजका हरेक क्षेत्रमा अहिले विचौलियाको विगविगी छ ।
सार्वजनिक संचार माध्यम र खासगरी आजकल सामाजिक सञ्जालमा यस्ता विषयहरु प्रशस्त आइरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरुले पनि विचौलियाको भूमिका बारेमा उल्लेख गरेको पाइन्छ ।
सर्वोच्च अदालतमा समेत विचौलियाको विगविगी छ भनेर न्यायाधीशहरुद्वारा प्रस्तुत प्रतिवेदनहरुमा उल्लेख भएको पाइएको हो ।
खासगरी ठूलठूला खरीद, मह...








