१ असार २०८२, आईतवार

अन्तर्वार्ता/विचार

सगरमाथाको काखबाट फर्किएर प्रधानमन्त्रीलाई विश्वप्रकाशको पत्र

सगरमाथाको काखबाट फर्किएर प्रधानमन्त्रीलाई विश्वप्रकाशको पत्र

-विश्वप्रकाश शर्मा- सम्माननिय प्रधानमन्त्री, केपि शर्मा ओलिज्यु `बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्´ रामकृष्ण ढकालको सुमधुर स्वरमा रहेको यो गीतले हामी हरेक नेपालीको भाव बोल्छ l तर रातदिन जो हिमालमै बस्छन् नि तिनको भावले चैं `सन्चले बाँच्न पाइयोस्´ भन्ने आग्रह बोलिरहेको हुन्छ l सगरमाथाको काखबाट राजधानी फर्किएपछि मैले सोचें, बजेट बन्ने बेलामा मलाई आफ्नै क्षेत्रको चिन्ता, अर्को साथिलाई आफ्नै ठाउँको पिर तब कतै हाम्रो सान र स्वाभिमानका प्रतिक हिमालहरुको पिडामा मल्हम कम त पुग्ने होइन ? त्यसैले यो दोस्रो पत्र म यहाँलाई लेख्दैछु । बेसक्याम्पबाट पठाएको पहिलो पत्र `जलवायु परिवर्तन र न्याय: नेपालले गर्नुपर्छ नेतृत्व´ भन्ने बिषयमा थियो l यो पत्र `हिमाली जीवन, हिमाली पर्यटन र सरकारसँगको अपेक्षा´ सँग सम्बन्धित छ । लुक्लादेखी बेसक्याम्पसम्म र बेसक्याम्पदेखि क्याम्प 3 को नजिकसम्म पुग्दैगर्दा मै...
यस्तो आयो नेपालको बजेटः पूर्णपाठ (दस्ताबेज)

यस्तो आयो नेपालको बजेटः पूर्णपाठ (दस्ताबेज)

जेठ १५ गते उपप्रधान तथा अर्थमन्त्री पौडेलले प्रस्तुत गर्नुभएको बजेटको पूर्णपाठ प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू, राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू, १. सार्वभौम नेपाली जनताको सर्वोच्च प्रतिनिधि संस्था सङ्घीय संसदको यस सम्मानित बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्न पाउँदा गर्वको अनुभूति गरेको छु। २. यस अवसरमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। ती आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने आदरणीय नेताहरू र आ-आफ्नो ठाउँबाट योगदान गर्नुहुने दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। ३. संविधानसभाबाट नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिएको छ। परिवर्तित कार्यसूचीले हामीलाई समृद्ध नेपाल, सुखी नेपालीको र...
सामूहिक राजीनामा: घुर्की कि सुधार !

सामूहिक राजीनामा: घुर्की कि सुधार !

-कुमार दाहाल- कर्मचारीतन्त्रको खराबी भनेको पेशाप्रतिको अहमता हो। यो अहमता राज्यको नीति र राजनीति दुवैको टेवामा संरक्षित हुन्छ। र कहिलेकाहीँ कर्मचारी तन्त्रको आवाज राजनीति र नीति भन्दा माथि हुन पुग्छ । यो आवाज जतिसुकै कर्कस भएपनि सबैको प्यारो हुने गर्छ ।यही कारण कर्मचारी तन्त्रलाई खराबी मध्यको राम्रो संयन्त्र मानिन्छ। कर्मचारीतन्त्रले आफ्नो खराबी कहाँ प्रयोग गर्दैछ भन्ने विज्ञता प्राय राजनीतिमा हुँदैन। किनकि राजनीति नेतृत्व यतिसम्म जटिलतामा पुग्दैन। उसको जटिलता भनेको राजनीति भित्रकै चक्रव्युह हो। प्राय कर्मचारी तन्त्रले यो चक्रव्युहबाट फाइदा लिने गर्छन। यस्तो फाइदा माथिल्ला पद तह र राजनीति पहुँच भएकाले बढी उपयोग गर्छन्। कहिलेकाहीँ यो उपयोग राजनीति नेतृत्वको लागि उपयोगितावाद पनि हुनसक्छ।( खुसी दिएर उपयोग गर्ने नीति) सारवान र कार्यविधिगत कानुन नीति निर्माणमा राजनीतिले कर्मचारीकै विज्ञता प्रय...
आफ्नो देशको आयतन बुझौं, हरेक कुरामा मजाक नगरौं

आफ्नो देशको आयतन बुझौं, हरेक कुरामा मजाक नगरौं

-दिल निसानी मगर- दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको मुख्यालय काठमाडौंमा छ। र अहिले सार्कको अध्यक्षको भूमिका समेत नेपालले सम्हालिरहेको छ । त्यसकारण सार्क देशभित्र देखिएका द्वन्द्वहरूमा नेपालले वार्ताको लागि अनुरोध गरेर शान्तीको कामना गर्नु उसको अग्रणी भूमिका हो । र परराष्ट्रमन्त्रालय मार्फत भारत र पाकिस्तानलाई संयम हुनको लागि नेपालले अनुरोध गरेको पनि थियो । तर हामी नेपालीको दिमागमा किरा गाडिएर बसेको छ । यो किरा भित्र राजनीतिक पक्षधरता बिना कुनै पनि कुरा सकरात्मक तरिकाले लिन सक्ने क्षमता नै छैन । प्रम केपी ओलीमा शैलिगत समस्या छन् तर भारत पाकिस्तान वार्ताको लागि उपयुक्त भूगोल नेपाल हुन सक्छ। नेपालले त्यसको लागि सहजिकरण गर्न सक्छ। विगतमा पनि सन् २०१४ मा काठमाडौंमा आयोजित १८औं सार्क सम्मेलनमा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफबीच औपचारिक...
कसरी महानगरलाई १ अर्ब भन्दा ठूलो क्षती हुन्थ्यो ?

कसरी महानगरलाई १ अर्ब भन्दा ठूलो क्षती हुन्थ्यो ?

–बालेन साह– कहिले यस्तो Partnership देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउदा सानो लगानीकर्ताले १०० कमाउने ? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो । यसको पुर्ण जानकारी नपाउँदा तपाईंलाई लाग्न सक्छ, जाबो नक्सापासकै कुरा त हो, कति लम्ब्याएको ! तर यो त्यति सामान्य छैन । यो भवन र नक्सापासको पछाडि धेरै कुरा छन् । कुनै एक घोटलाका लागि कसरी नीतिगत भ्रष्टाचार हुन्छ, कसरी कर्मचारीहरू परिचालन हुन्छन् र कसरी जनप्रतिनिधिहरू पनि प्रभावित बन्छन् भन्ने यो एक नक्सापासको विगत, वर्तमान र उद्देष्यले देखाउँन सक्छ । २०७३ मा १२ तलासम्मको स्वीकृति दिँदा तत्कालिन महानगर नेतृत्वले बार्षिक चौथो वर्षसम्म रू. ९८,३३,३३३ का दरले र पाचौ बर्ष रू. १,४३,७०,८३३ हुदै ३०औ बर्ष रू. ३,९०,१४,६६३ महानगरले प्राप्त गर्ने गरि सम्झौता गरेको थियो । जुन २ तला पार्किङ्ग सहित १२ तलासम्मको थियो । काठमाडौँको मुटुमा रहेक...
दस्तावेजः नेजा स्थापना दिवसको सन्देश

दस्तावेजः नेजा स्थापना दिवसको सन्देश

आज नेपाल अमेरिका पत्रकार संघ (नेजा) को स्थापना दिवस । सन् २००७ मा स्थापित संघले आफ्नो १८औं वर्ष पूरा गरेको छ । तत्कालीन समयमा कर्मदेशमा अग्रजहरूबाट आफ्ना पेसागत भावनालाई जोड्ने एउटा आधार जगको रुपमा नेजा खडा भएको थियो । नेपालमा रहँदा पत्रकारितामा सक्रिय अग्रजहरूले अमेरिकी राज्य भर्जिनियाबाट उत्तर अमेरिका (अमेरिका र क्यानाडा)मा रहेका नेपाली पत्रकारहरूलाई जोड्ने गरी थालनी गरेको नेजा आज उत्तर अमेरिकामा सक्रिय नेपाली मूलका पत्रकारहरूको छाता संस्थाको रुपमा उभिएको छ । भावनात्मक रुपमा नेपाल बाँचिरहेका र मनमा नेपाल बोकिरहेका नेपालीलाई नेपालसँग जोड्ने कार्यमा नेजाले संस्थागत भूमिका निर्वाह गर्दै आएको छ । व्यक्ति परिचयको अर्को आधारको रुपमा रहने एउटै पेसासँग जोडिएकाहरूलाई समेटेर संस्था निर्माण गर्ने कुराले कर्मभूमिमा ठूलो अर्थ बोकेको थियो र छ । नेजाका संस्थापकहरूले देखेको सपना, बुनेको सुरुवाती आधार अ...
विचौलिया महात्म्य !

विचौलिया महात्म्य !

–शारदाप्रसाद त्रिताल– हालै सत्तासाझेदार दलका एक महामन्त्रीले विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुन्छ भनेर बोल्नु भएकोमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । कसैले भाइरल हुन यसो भनेका हुन् भनेका छन् भने कसैले सत्ता साझेदार दलको महामन्त्री भएर यस्ता कुरा गर्न मिल्छ भन्ने प्रश्न पनि उठाएका छन् । तर महामन्त्रीले जे भन्नु भएको छ त्यो भने सतप्रतिशत सत्य हो । विगतदेखि नै यस्ता विषय बारम्बार आइरहेकै हुन् । राजकाजका हरेक क्षेत्रमा अहिले विचौलियाको विगविगी छ । सार्वजनिक संचार माध्यम र खासगरी आजकल सामाजिक सञ्जालमा यस्ता विषयहरु प्रशस्त आइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरुले पनि विचौलियाको भूमिका बारेमा उल्लेख गरेको पाइन्छ । सर्वोच्च अदालतमा समेत विचौलियाको विगविगी छ भनेर न्यायाधीशहरुद्वारा प्रस्तुत प्रतिवेदनहरुमा उल्लेख भएको पाइएको हो । खासगरी ठूलठूला खरीद, मह...
बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

–डा. कल्पना पुडासैनी– बाथरोग एक दीर्घ रोग हो र यो कयौं प्रकारको हुन्छ । प्रकार अनुसार रोगको लक्षण पनि अलग हुने गर्दछ । यद्यपि धेरैजसो बाथरोगमा सामान्यतया देखिने साझा लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो । रोगका अनेक लक्षणहरु हुन सक्छन । तर हाम्रो समाजमा मानिसहरु रोगको पहिचान भन्दा पनि अनुमानको भरमा घरेलु उपचार विधि अपनाउने गर्दछन् । जोर्नी दुख्ने समस्या बाथरोगको लक्षण हो तर जोर्नी दुख्ने वित्तिकै चिसोको कारणले वा खानपानको फेरबदलको कारणले दुखेको हुनसक्ने अनुमान लगाउँदै घरेलु उपचारमा मात्र सीमित रहँदा र समयमै रोगको पहिचान नहुँदा यसले समस्यालाई अरु बल्झाउने र जटिलतातर्फ उन्मुख गराउने काम गर्छ । त्यति मात्र होइन, जब दुखाई कम गर्ने उपाय स्वरुप अन्जानवश आफूखुशी अनेक औषधिहरुको प्रयोग हुन थाल्छ, त्यसले रोगीलाई अरु शिथिल मात्र बनाउँदैन, रोगलाई जटिल मोडतर्फ धकेल्न थाल्छ । फलस्वरुपः बिराम...
मृत्यु योजना: हामी कति तयार छौँ ?

मृत्यु योजना: हामी कति तयार छौँ ?

–आर सि पन्त– केहि महिना अघि हाम्रो पारिवारिक साथिको घरमा पारिवारिक शोक पर्यो, घरको एक मध्यम उमेरका पुरुषको हृदयाघातले मृत्यु, उमेर चालिसको दशक । पछि थाहा भयो , उनको धेरै स्टक, डिजिटल सम्पत्ति र अन्य मूल्यवान चीजहरू रहेछन, तर परिवार अझै सम्मपनि पासवर्ड र कागजात खोज्दै छन् । यहॉं लाखौ डलर कसरी परिवारले पहुचमा ल्याउने भनेर यो घटनाको तयारी अभावले शोकलाई झन् कष्टकर बनायो । यो घटना सुनेपछि हाम्रो परिवारमा पनि मृत्यु भयो भने के गर्ने भन्ने बारे ठट्टै भए पनि कुरा भएको थियो - मैले मेरो श्रीमतिलाई एकदिन सुत्ने बेला ओच्छानमा पल्ट्टिदा भने यदि भोलि बिहान म उठिन भने मेरो कामको म्यानेजरलाई सम्पर्क गर्नू, कामबाट पाउने जीवन बीमा र अन्य लाभका लागि लाखौ डलर छ, उनले पनि हास्दै भनिन्- मलाई केही भए मेरो खातामा यति डलर छ है ! हाँसोमा भएको यो कुराले असहज सत्य देखायो, हामी प्राय: यस्ता कुराकानी गरिरहिन्छ, तर यस...
प्रश्न के का लागि सोध्ने ? जनतालाई सुसूचित गर्न कि भ्यूज बढाउन ?

प्रश्न के का लागि सोध्ने ? जनतालाई सुसूचित गर्न कि भ्यूज बढाउन ?

–मनोज सत्याल– संघीय संसद सचिवालयले किशोर श्रेष्ठ र प्रकाश वलीको पास निलम्बन गर्ने अवस्था आउनु दुःखद छ। यस्तो अवस्था नआउनुपर्थ्यो। यो समाचार सङ्कलन गर्ने पत्रकारहरूका लागि कदापि राम्रो अवस्था हैन। तर यतिबेला हामीले हेर्नुपर्छ, संसदमा अहिले को गइरहेको छ ? पहिलो, पत्रकारहरू जो आफूले काम गर्ने पत्रपत्रिका, अनलाइन, टेलिभिजन जस्ता सञ्चारमाध्यमका लागि समाचार सङ्कलनका लागि गइरहेका छन्। जनताको सुसूचित हुन पाउने अधिकारका लागि काम गर्छन्। जनतालाई सूचना दिने उद्देश्यले वर्षौँदेखि सरकार र संसदको कामको खबरदारी गर्छन्। विधेयक निर्माणका चरणहरूमा हुनसक्ने गलत काम र खबरदारी गर्ने निकायमा रहेका व्यक्तिहरूलाई जिम्मेवार बनाउन रिपोर्टिङ गर्छन् । दोस्रो, कन्टेन्ट क्रियटरहरु। जो आफैँ मिडिया सञ्चालन गर्छन्। आफैँ कन्टेन्ट क्रियट गर्छन् र आफैँ विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा सामाग्रीहरू राख्छन्। उनीहरू ज...