१९ माघ २०८२, सोमबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीको आलोचना

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीको आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीलाई लिएर कडा आलोचना गरेका छन् । वासिङ्टनमा कोष सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इजरायलले गाजामाथि लगातारको बमबारीसँगै विश्वव्यापी समर्थन गुमाउन थालेको टिप्पणी गरे । यसअघि हमासले अक्टोबर ७ मा आक्रमण सुरु गरेदेखि नै इजरायललाई पूर्ण समर्थन गर्दै आएका राष्ट्रपति बाइडेनको पछिल्लो टिप्पणीलाई लिएर धेरैले आश्चर्य मानेका छन् । तर उनले अमेरिका अहिले पनि इजरायलको साथमै रहेको दोहोर्‍याएका छन् ।...
अस्ट्रेलियाको नयाँ नीतिः आप्रवासीको सङ्ख्या आधा घटाइने

अस्ट्रेलियाको नयाँ नीतिः आप्रवासीको सङ्ख्या आधा घटाइने

सिड्नी । अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घाउने जनाएको छ । देशको बिग्रिएको आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ । अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ। त्यो सङ्ख्या कोभिड महामारीअघिको जस्तै छ । नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसा दिने नियममा पनि त्यति सहज हुने छैन । अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको बताइन्छ । तर त्यहाँ दक्ष कामदारको अभाव छ र तिनलाई आकर्षित गर्न अस्ट्रेलिया संघर्षरत छ । सन् २०२३ को जुन महिनामा विदेशबाट पाँच लाख १० हजार मानिस अस्ट्रेलिया आएका थिए । त्यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो । (–ब...
अमेरिकामा फेरि अर्को गोली काण्ड, ३ जनाको मृत्यु

अमेरिकामा फेरि अर्को गोली काण्ड, ३ जनाको मृत्यु

– एजेन्सीहरुबाट । अमेरिकामा फेरि गोली काण्ड दोहोरिएको छ । जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन् । एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्‍याइएको छ । घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।...
गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव असफल

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव असफल

एजेन्सीहरु । गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो । सुरक्षा परिषद्‌का १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । मतदानमा यूके अनुपस्थित थियो भने फ्रान्सले प्रस्तावको पक्षमा मतदान गरेको थियो । सुरक्षा परिषद्‌का पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ । अमेरिकाले यूएईको प्रस्ताव “असन्तुलित” र अवास्तविक भएको बताएको छ । उसले प्रस्तावमा ‘बिनासर्त युद्धविराम’का लागि गरिएको अपिल र अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणको निन्दा नगरिएका कारण आफ्नो समर्थन नरहने बताएको छ । अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा १२०० जना मानिस...
पोर्चुगलको राजदूतमा नेपाल सर्वसम्मत, रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिबद्धता !

पोर्चुगलको राजदूतमा नेपाल सर्वसम्मत, रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिबद्धता !

नेपाल । पोर्चुगलका लागि सनिल नेपाल राजदुत नियुक्त हुने पक्का भएको छ । प्रस्तावित राजदूत नेपालको नाम संघीय संसदको संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो । संसदीय सुनवाइका क्रममा नेपालले चार वर्षे कार्यकालमा गर्ने आफ्नो योजना सुनाएका थिए । सरकारले पहिलो पटक पोर्चुगलमा दूतावास स्थापना गर्न लागेको हो । त्यहाँ २१ हजार नेपाली रहेको औपचारिक तथ्यांक छ । नेपालले पोर्चुगलमा रहेका नेपालीहरुको ज्ञान, सीप र क्षमतालाई नेपाल फर्काउन पहल गर्ने, पोर्चुगलबाट नेपालमा आउने पर्यटकको संख्या बढाउन पहल गर्ने, खेलाडीहरुको भ्रमणका लागि पहल गर्ने, नेपालमा लगानी बढाउन पहल गर्ने बताए । साथै उनले चर्चित फुटबल खेलाडी रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिवद्धता जनाए ।...
गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा राजु अधिकारी सम्मानित

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा राजु अधिकारी सम्मानित

नेपाल । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा स्थापित सो पुरष्कारबाट सम्मानित हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली हुन् । नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गरेको सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट ग्रहण गरे । स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप,ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न भई योगदान पुर्याउनु भएका डा अधिकारी सो पुरस्कारबाट सम्मानित भएका हुन् । स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, इीभ्म् खाद्य पदार्थ आदिमा आवश्यक पर्ने ...
फिलिपिन्स गयो दुईवटा शक्तिशाली भूकम्प

फिलिपिन्स गयो दुईवटा शक्तिशाली भूकम्प

एजेन्सीहरु । शनिबार राति फिलिपिन्सको दोस्रो ठूलो टापु मिन्डानाओमा दुईवटा शक्तिशाली भूकम्प गएका छन् । त्यहाँ ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले लेखेका छन् । भूकम्पको केन्द्रविन्दुभन्दा टाढा सहरका मानिसहरु पनि भवनबाट बाहिर निस्केर खुला ठाउँमा बसेका थिए । बुटुआन सहरमा बिरामीहरूलाई अस्पतालबाट बाहिर निकालिएको थियो । उक्त भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । ...
इजरायल र हमासबीच अस्थायी युद्धविराम लम्ब्याउने प्रयास

इजरायल र हमासबीच अस्थायी युद्धविराम लम्ब्याउने प्रयास

एजेन्सीहरु । इजरायल र हमासबीच अस्थायी युद्धविराम लम्ब्याउने प्रयास भइरहेको समाचारहरु सार्वजनिक भएका छन् । सम्भावित नयाँ सहमतिका लागि कतारमा वार्ताहरू भइरहेका हुन् । नयाँ सहमतिका विषयमा अमेरिका, इजरायल र इजिप्टका गुप्तचर प्रमुखहरूले कतारका प्रधानमन्त्रीसँग दोहामा छलफल गरेका छन् । युद्धविरामको क्रममा दुबै पक्षको नियन्त्रणमा रहेका व्यक्तिहरु धमाधम रिहा भइरहेका छन् तर हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीबारे हालसम्म स्पष्ट जानकारी आइसकेको छैन ।  ...
धमाधम बन्धक छाड्दै हमास र इजरायल, रेडक्रसलाई हस्तान्तरण

धमाधम बन्धक छाड्दै हमास र इजरायल, रेडक्रसलाई हस्तान्तरण

एजेन्सीहरु । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको हमासको गाजास्थित अल–कासम ब्रिगेड्सले जनाएको छ । यसपहिले इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले आफ्नो एक्स (ट्वीटर) अकाउन्टमार्फत दिएको जानकारीमा बन्धकको दोस्रो समूहका १७ जनालाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको थियो । आइडीएफले लेखेको छ, “१३ जना इजरायली र चार जना थाईसहित १७ जना बन्धकहरू इजिप्ट हुँदै इजरायलतर्फ लागेका छन् । यसपहिले इजरायलले अस्थायी युद्धविरामको तेस्रो दिन आफ्ना देशका थप १३ बन्धकहरू रिहा हुने तयारी भइरहेको जनाएको थियो । आइतवार मुक्त गर्ने भनिएका बन्धकहरूको तेस्रो समूहको सूची समेत इजरायलले शनिवार राती नै प्राप्त गरेको जनाएको थियो । अस्थायी युद्धबिरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सातजना विदेशी न...
बेपत्ता भएको १८ वर्षपछि मलेसियाबाट घर आए गोपाल घिमिरे

बेपत्ता भएको १८ वर्षपछि मलेसियाबाट घर आए गोपाल घिमिरे

नेपाल । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका झापाको मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उहाँकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आउनुभएका गोपाल शनिबार घर आइपुग्नुभएको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गर्नुभएका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताउनुभयो । “गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै ...