१९ माघ २०८२, सोमबार

अन्तराष्ट्रिय/प्रवास

सभामै बिस्फोट हुँदा इरानमा १०३ जनाको मृत्यु

सभामै बिस्फोट हुँदा इरानमा १०३ जनाको मृत्यु

एजेन्सी । एक सभा चलिरहँदा इरानमा बुधबार दुःखद् घटना भएको छ । हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट हुँदा १०३ जना भन्दा बढीको मृत्यु भएको खबर आएको छ । घटनामा सयौं घाइते भएका छन् । चार वर्षअघि बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अमेरिकी हवाइ आक्रमणमा सुलेमानी मारिएका थिए । उनको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा दुई बिस्फोट भएका थिए ।...
रुस-युक्रेन युद्धमा परी थप ३ नेपालीको मृत्यु

रुस-युक्रेन युद्धमा परी थप ३ नेपालीको मृत्यु

नेपाल । रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रुस–युक्रेन युद्धमा ती नेपालीको मृत्यु भएको हो । स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए । यसअघि गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार ५ स्याङ्जाका पितम कार्की, मेलुङ ६ दोलखाका राजकुमार रोका, इलाम ५ इलामका गङ्गाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी प्राप्त भएको थियो ।...
वैदेशिक रोजगारीका लागि सहज बातावरण बनाऊः एनआरएनए

वैदेशिक रोजगारीका लागि सहज बातावरण बनाऊः एनआरएनए

नेपाल । ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षामा सहभागिताको माग गर्दै गत शुक्रबार भएको आन्दोलनका क्रममा भएको दुःखद् घटना प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुःख व्यक्त गरेको छ । एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तले विज्ञप्ति प्रकाशित गरी सबै एनआरएनहरुको भावनामा चोट पुगेको उल्लेद गर्दै मृतकका परिवानजनप्रति समवेदना प्रकट गरिएको छ । वैदेशिक रोजगारीका लागि सहज बातावरण बनाउन सरकारसमक्ष एनआरएनएले माग गरेको छ ।  ...
अष्ट्रेलियामा आँधीको आतंक

अष्ट्रेलियामा आँधीको आतंक

एजेन्सीहरु । अष्ट्रेलियामा आँधीको आतंकले त्रासको अवस्था सिर्जना भएको छ । क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउँदा ठूलो दुर्घटना निम्तिएको छ । चट्याङका कारण एक महिलाको मृत्यु भएको छ । आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको समाचारहरु आइरहेका छन् ।...
गाजामा युद्ध जारी, २० हजार प्यालेस्टाइनीको मृत्यु

गाजामा युद्ध जारी, २० हजार प्यालेस्टाइनीको मृत्यु

एजेन्सीहरु । गाजा क्षेत्रमा युद्ध जारी छ । हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही सुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको हो । गाजापट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८ अन्य घाइते भएका छन् । इजरायली नाकाबन्दीका कारण गाजावासीहरू बिजुली, खाद्यान्न, चिकित्सा आपूर्ति र आश्रयस्थलको अभावबाट पीडित छन् । ...
ठगी मुद्दाका फरार पासवान कतारमा पक्राउ

ठगी मुद्दाका फरार पासवान कतारमा पक्राउ

नेपाल । कतारमा पक्राउ परेका धनुषाका रजिन्द्र पासवानलाई नेपाल ल्याइएको छ । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय पासमान पक्राउ परेका हुन् । एनसीबी दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ सोमबार नेपाल ल्याइएको हो । पासमानलगायत व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकका एटिएम कार्डहरूमार्फत निकालेका थिए । अनुसन्धानको क्रममा पासवान वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुलेको थियो । ...
चार्ल्स युनिभर्सिटीमा गोली प्रहारबाट १४ जनाको मृत्यु

चार्ल्स युनिभर्सिटीमा गोली प्रहारबाट १४ जनाको मृत्यु

एजेन्सीहरु । बिहीबार चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य २४ जना घाइते भएका छन् । मानविकी संकाय (आर्टस् फ्याकल्टी) का एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा मानिसहरुको भागदौड मच्चिएको थियो । चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो । ...
तेस्रो पटक इजिप्टको राष्ट्रपतिमा अल-सिसी निर्वाचित

तेस्रो पटक इजिप्टको राष्ट्रपतिमा अल-सिसी निर्वाचित

एजेन्सीहरु । इजिप्टको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि अब्देल फतेह अल–सिसी निर्वाचित भएका छन्  । डिसेम्बर १० र १२ मा भएको चुनावको मत परिणामअनुसार उनी राष्ट्रपतिमा निर्वाचित भएको हुन् । सिसीले चुनावका क्रममा खसेको मतको ८९.६ प्रतिशत प्राप्त गरेका छन् । मतदानमा ३ करोड ९० लाखभन्दा बढी व्यक्ति सहभागी भएका थिए ।...
चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प, सयौंको मृत्यु

चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प, सयौंको मृत्यु

एजेन्सीहरु । चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको र २०० बढी घाइते भएको सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो ।
एनआरएनएको बैठकबाट सदस्य/सल्लाहकारहरु मनोनयन, अनुशासन र विधान समिति गठन

एनआरएनएको बैठकबाट सदस्य/सल्लाहकारहरु मनोनयन, अनुशासन र विधान समिति गठन

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) पदाधिकारी तथा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक गत आइतबार सम्पन्न भएको हो । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा अनलाइन माध्यममा भएको बैठकमा अन्तर्राष्ट्रिय सदस्यहरु मनोनयन, सल्लाहकार मनोनयन, अनुशासन र विधान समितिको गठन लगायतका एजेण्डमा छलफल भएको प्रवक्ता फणिन्द्र पन्तले जनाएका छन् । साथै संघको विधान अनुसार २१ जनालाई संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यमा मनोनित गरिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को पूर्ण बैठक आगामी जनवरी महिनाको २० र २१ गते नेपालमा भौतिक उपस्थितिमा हुने प्रवक्ता पन्तले जनाएका छन् । ...