केजरीवाल जुलाई १२ सम्म न्यायिक हिरासतमा
नेपाल । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा घोटाला प्रकरणमा दिल्लीको राउज एभिन्यू अदालतले जुलाई १२ सम्म न्यायिक हिरासतमा पठाएको छ ।
बुधबार, सीबीआईले रक्सी नीति सम्बन्धी घोटालामा सोधपुछ गरेपछि केजरीवाललाई तिहाड जेलबाट पक्राउ गरेको थियो । बुधबार राउज एभिन्यू अदालतका विशेष न्यायाधीश अमिताभ रावतले सीबीआईलाई उनलाई पक्राउ गर्न अनुमति दिएका थिए ।
पक्राउपछि सीबीआईले केजरीवालको रिमाण्ड अदालतसँग मागेको थियो । अदालतले सीबीआईलाई ३ दिन हिरासतमा पठाएको थियो । शनिबार केजरीवालको सीबीआई रिमाण्ड सकिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको हो ।
केजरीवाललाई यसअघि मार्च २१ मा मदिरा नीति घोटालासँग सम्बन्धित मनि लान्ड्रिंग मुद्दामा ईडीले गिरफ्तार गरेको थियो । राउज एभिन्यू अदालतले केजरीवाललाई जुन २० मा यस मुद्दामा जमानत दिएको थियो। तर ईडीले ट्रायल कोर्टको यो निर्णयलाई दिल्ली उच्च अदालत...








