१ चैत्र २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

बेलायत जाने विद्यार्थीहरुको समस्या समाधान गर्न एनआरएनएद्वारा नेपाल सरकारको ध्यानाकर्षण

बेलायत जाने विद्यार्थीहरुको समस्या समाधान गर्न एनआरएनएद्वारा नेपाल सरकारको ध्यानाकर्षण

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड एनसीसीले बेलायतमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । गत विहीबार एनआरएनए एनसीसीकी सचिव अन्जु कुंवरले काठमाडौंस्थित शिक्षा मन्त्रालय पुगेर शिक्षामन्त्री विद्या भट्टराईलाई परिषदका तर्फबाट सुझावसहितको ज्ञापनपत्र बुझाएको एनआरएनएका अध्यक्ष शम्भुप्रसाद अर्यालले जानकारी दिए । परिषदले बेलायतमा अध्ययन पूरा गरी नेपाल फर्कन इच्छुक विद्यार्थीलाई आवश्यक वातावरण तथा प्रोत्साहन र नीतिगत सहायताको व्यवस्था गर्न समेत सरकारलाई समक्ष आग्रह गरेको छ । अध्यक्ष अर्याल र सचिव कुंवरले हस्ताक्षर गरेको ज्ञापनपत्रमा विभिन्न ५ बुंदामा ज्ञापनपत्रमा अध्ययनका लागि बेलायत आउने नेपाली विद्यार्थीका लागि सही र वास्तविक सूचना दिलाउन आवश्यक नीति बनाउन नेपाल सरकारलाई आग्रह गरिएको छ । ज्ञापनपत्र बुझ्दै शिक्षामन...
न्युजिल्याण्डमा दुतावास स्थापना गर्न एनआरएनएको आग्रह

न्युजिल्याण्डमा दुतावास स्थापना गर्न एनआरएनएको आग्रह

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डले नेपाली दुतावास स्थापनाको माग गर्दै गत सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । पटक-पटक माग गर्दा समेत सुनुवाई नभएको भन्दै परराष्ट्रमन्त्री डा. राणलाई मन्त्रालयमै पुगेर ज्ञापन पत्र बुझाएको हो । न्युजिल्याण्डमा रहेका नेपालीलाई दुतावास नहुँदा निकै समस्या भएकाले दुतावास स्थापना अपरिहार्य रहेको गैर आवासीय नेपाली संघ न्युजिल्याण्डका अध्यक्ष लाल केसीले बताए । न्युजिल्याण्डमा २० हजारभन्दा बढी र प्रशान्त द्वीप क्षेत्रमा करिब १० हजार नेपालीको बासोबास छ । न्युजिल्याण्डमा दुतावास स्थापना हुँदा ३० हजार नेपालीलाई सहज हुने अध्यक्ष केसीद्धारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । अष्ट्रेलियामा रहेको दूतावासले नै अहिलेसम्म न्युजिल्याण्डमा पनि काम गर्दै आएको छ। निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभा...
हमासका प्रमुख नेता इस्माइल हानिया मारिए

हमासका प्रमुख नेता इस्माइल हानिया मारिए

नेपाल । हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेलले इरानको राजधानी तेहरानमा गरेको एउटा आक्रमणमा मारिएको जनाएको छ । हमासले एउटा विज्ञप्ति जारी गर्दै इस्माइल हानियाको मृत्यु भएको पुष्टि गरेको हो। उनी ६२ वर्षका थिए । हमासका अनुसार तेहरानमा इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो । इजरेलले उक्त घटनाको जिम्मेवारी लिइसकेको छैन । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले इजरेललाई पछुतो लाग्ने बनाउने र इरानले आफ्नो भूमिको अखण्डता, प्रतिष्ठा र सम्मानको प्रतिरक्षा गर्ने उद्घोष गरेका छन् । –बीबीसीबाट ।...
जय नेपाल फाउन्डेशनले संविधान संशोधनको औचित्यबारे वेबिनार आयोजना गर्ने

जय नेपाल फाउन्डेशनले संविधान संशोधनको औचित्यबारे वेबिनार आयोजना गर्ने

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेशन अन्तर्गतको विश्व ज्ञान संजाल (ग्लोबल नलेज नेटवर्क) ले अगस्ट ३ तारिकका दिन ‘नेपालको संविधान संशोधनः औचित्य र आवश्यकता’ विषयक वेबिनार आयोजना गर्ने भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेले नयाँ सरकार बनाउँदा संविधान संशोधन गर्न सहमति गरेको भन्ने सन्दर्भमा यसको के कति औचित्य र आवश्यकता छ भन्ने विषयमा संस्थाले यो वेबिनार आयोजना गर्न लागेको पाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले बताए । वेबिनारमा संविधानविद् प्राडा विपिन अधिकारी, क्षेत्री एण्ड एसोसियट्स पीसीका संस्थापक खगेन्द्र जीसी र वरिष्ठ अधिवक्ता श्रीमती सविता भण्डारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमको सहजीकरण ग्लोबल नलेज नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले आयोजनले जनाएको छ । ...
अमेरिकाको टेक्ससमा एक नेपालीको हत्या

अमेरिकाको टेक्ससमा एक नेपालीको हत्या

अमेरिका । अमेरिकामा फेरि एउटा दुःखद घटना घटेको छ । टेक्ससको वेकोस्थित हाईवे ३५ मा रहेको भोलेरो ग्यास स्टोरमा काम गर्ने दीपक ओलीको आइतवार विहान बन्दुकधारीहरुले गोली हानी हत्या गरेका छन् । स्टोरमा रातीको काम गर्ने रुकुमको वॅाठीकोट गाउपालिका बडा नम्बर १० झुला गॅाउका ३० बर्षिय दिपक ओलीलाई स्टोर भित्रै गोली हानेर हत्याराहरु भागेका थिए । उनको परिवारमा बुबाआमा दुई भाईहरु, एक बहिनी, श्रीमति र एक छोरी रहेका छन् ।...
जहाज दुर्घटनाप्रति एनआरएनएद्वारा दुःख व्यक्त

जहाज दुर्घटनाप्रति एनआरएनएद्वारा दुःख व्यक्त

नेपाल । बुधवार काठमाण्डौमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुःख व्यक्त गरेको छ । संघको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी निधन भएकाहरु प्रति हार्दिक श्रदाञ्जली अर्पण गरेको हो । संघले निधन भएका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । संघले हवाई सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन जहाजहरुको नियमित परिक्षण, अनुगमन र सुरक्षा संयन्त्रलाई कडाइका साथ लागू गराउन सम्बन्धित सरोकारवालाहरुलाई अनरोध गरेको छ । सौर्य यअरको विमानस्थल काठमाण्डौै धावनमार्गमा दुर्घटना हुँदा १८ जना यात्रुको निधन भएको थियो । ...
बंगलादेशको विधार्थी आन्दोलन स्थगित

बंगलादेशको विधार्थी आन्दोलन स्थगित

नेपाल । सरकारी जागिरमा लागू गरिएको आरक्षणको विरोधमा उत्रिएका बंगलादेशका विद्यार्थीहरुले ४८ घण्टासम्मलाई आन्दोलन फिर्ता लिएका छन् । आइतबार बंगलादेशको सर्वोच्च अदालतले आरक्षण प्रणाली खारेजगरेसँगै उनीहरुको यस्तो निर्णय सोमबार आएको हो । विद्यार्थीरुले कर्फ्यू हटाउनुपर्ने, इन्टरनेट सेवा सुचारु गर्नुपर्ने लगायतका माग राखेर दुई दिने अल्टिमेटमसहित आन्दोलन स्थगत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सोमबार मात्रै बंगलादेशमा विपक्षी दलका ५०० भन्दा धेरै नेता कार्यकर्ताहरु पक्राउ परेका थिए । गत जेठबाट सुरु भएको विद्यार्थी आन्दोलनमा १५० बढीको मृत्यु भएको छ । सन् १९७१ मा स्वतन्त्र भएको बंगलादेशमा ३० प्रतिशत आरक्षण स्वतन्त्रता सेनानीका सन्तानलाई, १० प्रतिशत महिलालाई, १० प्रतिशत जिल्लालाई, पाँच प्रतिशत अल्पसंख्यकलाई र १ प्रतिशत अपांगता भएकालाई गरेर कुल १०० प्रतिशत जागिरमा ५६ प्रति...
औद्योगिक क्षेत्रमा लगानी गर्न एनआरएनए अभियन्ताहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

औद्योगिक क्षेत्रमा लगानी गर्न एनआरएनए अभियन्ताहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

नेपाल । नवनियुक्त प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपालीहरुलाई औधोगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार बालुवाटारमा गैरआवासीय नेपाली संघको एक प्रतिनिधिमण्डलसंगको भेटमा उक्त कुरा बताएका हुन् । ओलीले नेपालको समृद्धिका निम्ति औधोगिक लगानीमा केन्द्रित हुन एनआरएनलाई आह्वान गरे। ग़ैरआवासीय नेपाली नागरिकहरुको लागि संविधानले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार प्रयोजनको लागी आवश्यक ऐनमा परिमार्जन गर्ने तथा संयुक्त लगानीको एनआरएन डेभलपमेन्ट फण्ड संचालनको लागि आवश्यक निर्देशिका तत्कालै जारी गर्ने प्रतिबद्धता जनाए । ओलीले गैरआवासीय नेपाली संघ स्वतन्त्र र स्वायत्त संस्था भएकोले बाहिरी हस्तक्षेपका कारणले डराउन नपर्ने बताए । उनले संघको स्वतन्त्रता सुनिश्चित गर्न आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने बचन दिए । सरकारी निवास वालुवाटार पुगेको टोलीले प्रधानम...
आन्ध्र महासागर पार गर्ने क्रममा बेलायती तथा क्यानेडाली जोडीको मृत्यु

आन्ध्र महासागर पार गर्ने क्रममा बेलायती तथा क्यानेडाली जोडीको मृत्यु

नेपाल । आन्ध्र महासागर पार गर्ने क्रममा बेलायती तथा क्यानेडाली नागरिकहरुको जोडीको मृत्यु भएको छ । बीबीसीले उल्लेख गरे अनुसरा मृत्यु हुनेमा बेलायती महिला सारा प्याकउड र उनका क्यानेडाली श्रीमान ब्रेट क्लिबेरी रहेका छन् । उनीहरु पछिल्लो समयमा जुन १८ मा सार्वजनिक रुपमा देखिएका थिए । उनीहरु हराएको छ हप्तापछि उनीहरुको लाश भेटिएको हो । क्यानडाको नोभा स्कोटियामा उनीहरुलाई जुलाई १२ मा मृत भेटिएको थियो । २१ दिने यात्राको दौरानमा उनीहरु ३२२८ किलोमिटर पर रहेको अजुर क्षेत्रमा जाने क्रममा थिए । उनीहरुले सेलबोर्ड प्रयोग गरेर महासागर पार गर्ने कार्यक्रममा थिए ।...
उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उमेदवारको रूपमा बाइडेनको समर्थन

उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उमेदवारको रूपमा बाइडेनको समर्थन

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतीय चुनावको दौडबाट पछि हटेका छन् । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् । बाइडेन डेमोक्र्याटहरूको बढ्दो दबाबपछि राष्ट्रपतिको दौडबाट पछि हटेका​ हुन् । पूर्वराष्ट्रपति बिल क्लिन्टन र पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन्।...