एनआरएनएको वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आइतवार देखि काठमाण्डौंमा सुरु भएको वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ-२०२४ सम्पन्न भएको छ ।
‘रूपान्तरण र एकताः सम्मानजनक श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नारासहित सम्पन्न कार्यक्रम पछि १३ बुँदे घोषणापत्र जारी गरिएको कार्यक्रम आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष डा. हेमराज शर्माले जानकारी दिनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आदी दर्जन भन्दा बढी मन्त्रीहरु विभिन्न शीर्षकको छलफलमा सहभागी हुनु भयो ।
संस्थाको वार्षिक साधारण सभा २०२४ को बन्द सत्रमा, विभिन्न देशबाट भौतिक तथा अनलाइन माध्यमबाट सहभागी प्रतिनिधिहरूबीच विविध छलफल भई वार्षिक संस्थागत प्रतिवेदन, आर्थिक प्रतिवेदन, क्षेत्रीय प्रतिवेदन लगायत सम्पूर्ण विषयहरुमा सर्वसम्मत रुपमा पारित भएको महासचिव गौरीराज जोशीले जानकारी ...









